मङ्गलबार, १३ असोज २०७७
samadhannews
Bardan Online

साहित्यकार अल्बर्ट कामु र उनका रचना

मङ्गलबार, २३ बैशाख २०७७

राजेन्द्र भण्डारी

‘माानिसमा घृणाका कुराहरु भन्दा प्रशंसनीय गुणहरु धेरै मात्रामा हुन्छन्’ यो वाणी प्रस्तुत गर्ने महान् व्यक्ति बिसौं शताब्दीका चिन्तक, लेखक, उपन्यासकार, निबन्धकार साथै दार्शनिक व्यक्तित्व अल्बर्ट कामु हुन् । उनी नोबेल पुरस्कार विजेता पनि हुन् । मानवीय चेतनामा रहेको विसंगतिलाई केलाउन सफल भएको भन्दै सन् १९५७ मा नोबेल पुरस्कारबाट सम्मानित भएका थिए ।

राजेन्द्र भण्डारी

आफ्नो चिन्तन र विचारको माध्यमबाट धार्मिक र आध्यात्मिक चेतना प्रदान गर्ने यिनले मानवतावादी जीवन दर्शन साथै मानवका सुख/दुःख, आरोह/अवरोहलाई अभिव्यक्त गरेका छन् । यिनले आफ्नोे दर्शनमा मानवीय एकता, कर्तव्य, जीवनका निस्सारता र विवशता साथै कष्टपूर्ण जीवन र मृत्युका बारेमा लेखेका छन् । विसंगतिवादी दर्शनका प्रवर्तक यिनले ‘द मिथ अफ सिसिफस’ नामक निबन्ध मार्फत सर्वप्रथम विसंगतिवादी दर्शनको पुष्ट्याइँ मात्र गरेका छैनन् कि यसलाई विश्वव्यापी समेत बनाएका छन् । यस दर्शनको विकासमा आफ्नोे सम्पूर्ण जीवनको ऊर्जालाई समर्पित गरेका यिनले मानिसको जीवनको सबैभन्दा ठूलो समस्याका रुपमा देखिएको आत्महत्याको कारण र समाधानका उपायलाई जुन ढंगबाट जन समक्ष प्रस्तुत गरेका छन् साहेद अरु दार्शनिक तथा साहित्कारले गरेका छैनन् ।

अल्बर्ट कामु

अल्बर्ट कामुको जन्म ७ नोभेम्बर १९१३ मा अल्जेरियाको मोन्डोभियाको एउटा गरिब परिवारमा भएको थियो । उनी श्रमिकका छोरा थिए । यिनको बाल्यकाल अल्जेरियामा नै बित्यो । त्यहीँ नै उनले बाल्यकालको शिक्षा पूरा गरे । प्रथम विश्वयुद्धमा आफ्नो बुबालाई गुमाउनुको पीडा यिनले ठूलै व्यहोरे । सानैदेखि खेलकुदमा रुचि राख्ने खासगरी फुटबललाई त्यागेर आफ्नो सम्पूर्ण ध्यान अध्ययन र चिन्तनमा नै लगाए । यसैक्रममा उनले अफ्रिकीहरुको सामाजिक अवस्था र जीवनशैली, ग्रिसेली दर्शन, क्रिस्चियन धर्मको साथै अल्जेरिया र युरोपेली संस्कृतिप्रति गहिरो अध्ययन र बहस प्रारम्भ गर्न थाले ।

सन् १९३६ मा अल्जियर्स विश्वविद्यालयबाट दर्शनशास्त्रमा स्नातक तह उत्तीर्ण गरेपछि केही समय पत्रकार, नाट्यमण्डलीको सदस्यको रुपमा रहेर काम गरे । विवाह र वैवाहिक संस्थाप्रतिको विरुद्धमा रहे पनि सन् १९३४ मा सिमोन हडमानसँगको वैवाहिक जीवन, पियानोवादक तथा गणितिज्ञसँगको दोस्रो विवाह र उनीबाट जन्मेका क्याथरिन र जिन २ सन्तानको बावजुद सिमोन द परेज बुवासँगको सम्बन्ध सुखद् नबनेपछि उनले तेस्रो वैवाहिक सम्बन्ध फ्रान्सिन फाउडरसँग गाँसे । तर पनि समग्ररुपमा उनको वैवाहिक जीवन त्यति सहज, सुखद् र सफल हुन सकेन ।


युरोप र अल्जेरियामा भएको रैथानेहरु बीचको असमानता विरुद्धको युद्धलाई देखेर सन् १९३५ को वसन्तमा फ्रान्सेली कम्युनिस्ट पार्टीलाई साथ दिए । उनले एक्सेटिजमको रुप साम्यवादमा देख्न सकिन्छ भनेर विद्यार्थी एकता, मजदुर एकता, हंगेरी क्रान्ति र पोल्यान्डमा भएको मजदुर विद्रोहलाई समेत समर्थन गर्न पुगेका थिए ।

स्टालिनप्रतिको सात्र्रको धारणालाई लिएर कम्युनिस्ट पार्टीलाई परित्याग गर्न पुगे । वैचारिक असहमतिको कारणले गर्दा उनले सात्र्रको अस्तित्ववादी चिन्तनप्रति असहमत हुँदै उनी नयाँ दर्शन र चिन्तनको खोजतर्फ लागे । यसरी उनले विभिन्न उतार चढाब र मतभेद पश्चात् नयाँ दर्शनको सृजना गरे जसको परिणाम विसंगतिवाद थियो । कामु र सात्र्रको मतभेदको कारणले त्यसबेलाको चर्चित पत्रिका कोम्ब्याट समेत बन्द भएको पाइन्छ ।


जब मानिसले जिउने कुनै ठोस आधार देख्दैन तब ऊसँग आत्महत्या सिवाय अर्को विकल्प हुँदैन अर्थात् आत्महत्यालाई नै स्वीकार गर्दछ । किनकि उसले जीवनलाई अत्यन्त जटिल र बोझिलो ठान्दछ । उसले लिने यस्तो निर्णय १ सचेत र सजग कदम हुनुको साथै ऊसँग अन्य कुनै विकल्प नै हँुदैन ।

कामुका २ दर्जनभन्दा बढी कृति प्रकाशित छन् । तीमध्ये द रङ साइड एड द राइट साइड, नेसेस, द स्ट््रेन्जर (द आउट साइडर), द प्लेग, द रिबेल, द फल, द मिथ अफ सिसियस निबन्ध, द फस्ट म्यान आदि उनका प्रसिद्ध कृतिहरु हुन् । सबै पुस्तकहरु उत्कृष्टताको सूचीमा रहे तापनि विश्वसमक्ष उनलाई परिचित गराउनमा द प्लेग, द स्ट््ेरन्जर (द आउट साइडर) र मिथ अफ सिसियसले महत्वपूर्ण भूमिका खेलेका थिए । कामुका अधिकांश पुस्तकहरुमा मानव जीवनका निस्सारता, शून्यता र व्यर्थताहरुलाई गम्भीर रुपमा विश्लेषण गरिएको देखिन्छ । यिनको पहिलो निबन्ध मार्फत् आत्महत्या १ सामाजिक र कानुनी दुर्घटना बन्छ तर त्यो एक नितान्त व्यक्तिगत मामला हो । मानिसहरु जति तीव्र जोडले बाँच्न चाहन्छन् त्यति नै भित्री र तीव्र रुपबाट मर्न पनि चाहन्छन् । यो नै आम मानिसको जीवनप्रतिको धारणालाई देखाएका छन् ।

कामुले मानिसमा आत्महत्याको ख्याल दिलको गहिरो तलाउबाट उत्पन्न हुने कुरा बताएका छन् । बानी बसिसकेको जीवनलाई चलाउनको लागि उसको अन्तर्आत्मामा उब्जेको आत्महत्याले मात्र हलचल ल्याउन सक्छ । जब मानिसले जिउने कुनै ठोस आधार देख्दैन तब ऊसँग आत्महत्या सिवाय अर्को विकल्प हुँदैन अर्थात् आत्महत्यालाई नै स्वीकार गर्दछ । किनकि उसले जीवनलाई अत्यन्त जटिल र बोझिलो ठान्दछ । उसले लिने यस्तो निर्णय १ सचेत र सजग कदम हुनुको साथै ऊसँग अन्य कुनै विकल्प नै हुँदैन । मानिसले यो कुरा बुझ्दैन कि आफ्नोे जीवन समाप्त गर्नु उसका लागि मनको निर्णय मात्र नभई शरीरको समेत सहभागिता यसमा रहेको हुन्छ । शरीर बाँच्न चाहन्छ तर जीवन भने अविरल मृत्युतर्फ दौडिरहेको हुन्छ । जीवन बाँच्न लायक छैन भने किन बाँच्ने ? भन्ने अप्रत्यक्ष रुपमा जीवनलाई किन समाप्त नगर्ने ? भन्ने निष्कर्ष आत्महत्याको सन्दर्भमा उठाएका छन् ।

सन् १९४२ मा प्रकाशित उपन्यास द स्ट्रेन्जरमा यानी द आउट साइडरमा आफूलाई जन्म दिने आमाको मृत्यु र अन्तिम विदाइमा समेत कुनै मानवीय संवेगहरु प्रस्तुत नगर्नेे, भगवानमाथि विश्वास नजाउने र मृत्युसँग कुनै भय नभएको साथै अमानवीय कार्य गर्ने फरक किसिमको पात्रको उपस्थितिमा संसार पूर्ण अर्थहीन छ भन्ने कुरा देखाएका छन् । साथै जसले अन्तिम सत्यको रुपमा मृत्युलाई देखेको र बुझेको छ उसलाई मानवीय संवेगहरुले प्रभाव पार्न सक्दैन । उसको निर्णयमा बाँच्न पाउने अवसरलाई समेत अस्वीकार गरी हाँसी हाँसी मृत्युलाई स्वीकार गर्न मानिसहरु पछि पर्दैन भन्ने विचार दिएका छन् ।
आत्मकथात्मक शैलीमा लेखिएको यो उपन्यासको कथा एउटा यस्तो पात्रको वरिपरि घुमेको हुन्छ जो मानिस भएर मानिस बन्न सकेको देखिदैन, समाजमा जन्मेर, समाजको मुल्य र मान्यतासँग परिचित हुन सक्दैन । मानिससँग बसेर मानिसका संवेगहरुलाई बुझ्दैन । यस्तै एकाकीपन, उक्साहट, विवशता र अनास्थाको निस्पट अन्धकार बाटोबाट वास्तविक जीवनको फराकिलो व्याकरणलाई खोज्ने प्रयास गर्दछ, तर उसले प्राप्त गर्न सक्दैन ।

कामुले आफ्नोे उमेरको २७ औं वसन्त पार पश्चात लेखेको महत्वपूर्ण निबन्धसंग्रह द मिथ अफ सिसिफस सन् १९४२ मा प्रकाशित भएकोे हो । यो पुस्तक विंसगतिवादी दर्शनको धरातलमा विसंगतिपूर्ण मानवीय जीवनका विविध आयाममाथि केस्रा केस्रा केलाइएको छ । यो पुस्तक विश्व साहित्यको आँगनमा विसंगतिवादी दार्शनिक चिन्तनको रुपमा यसले अद्धितीय स्थान बनाएको छ । यस पुस्तकले हामीले भन्ने गरेका मानव जीवनमा हुने मुल्यस्खलनको सजिव चित्रण गराएका छन् । यस पुस्तकमा कामुले मानवीय व्यर्थता र गरिमालाई उद्घोष गरेका छन् । यसमा कामुले मानवीय विसंगति, व्यर्थता, तर्क विर्तक आदि जस्ता मानवीय जीवनको अकल्पनीय घटनाहरु मानिसमा मात्र घट्दछ भन्ने विचारलाई बडो अर्थपूर्ण शैलीमा अर्थाएका छन् ।

पूरा सृष्टिमा मानिस मात्र त्यस्तो प्राणी हो, जो आफुलाई आफैले मार्दछ तर बाँकी सारा प्राणी आपैm मर्छन वा अरुलाई मार्छन् । वास्तवमा यस्तै विंसगतिपूर्ण घटनालाई विचारशील मानिसहरुले चिन्तन र मनन गर्न जरुरी छ । द मिथ अफ सिसिफसको भूमिकामा कामुले लेखेका छन् यो स्वभामिक र आवश्यक छ कि, हामी जीवनको अर्थ र गहिराइका बारेमा चिन्तन गरौँ । किनकि आत्महत्याको प्रश्नको सामना गर्न पनि जरुरी छ । हामी ईश्वरप्रति आस्था र विश्वास गरौं वा नगरौं, तर मानव जीवनमा आत्महत्या योग्य छैन । जीवन १ आमन्त्रण हो र बाँच्नु सिर्जना हो ।


द मिथ अफ सिसिफसको सबैभन्दा महत्वपूर्ण र चर्चित लेख नै सिसिफस हो । पौराणिक कालमा ग्रीसका गीर्वाणबाट श्राप प्राप्त सिसिफसले एउटा ढुंगालाई गुडाएर पहाडको चुचुरामा पूराउने कार्य निकै कष्टकर, निरर्थक र आशाविहीन कार्य हो । सिसिफस एक विसंगत नायक तथा विषम परिस्थितिमा नयाँ दिशा खोज्ने मानिस पनि हो भन्दै यिनले एउटा व्यर्थ श्रमले मानवीय अजेय स्वरुपको धारण गर्न सक्ने विचार व्यक्त गरेका छन् । यिनले मानवीय गरिमालाई वढो कलात्मक ढंग र मार्मिक शैलीमा उठाएका छन् ।


द प्लेग कामुको सन् १९४७ मा प्रकाशित विश्व चर्चित र विसंगतिवादलाई पुष्टि गर्ने कालजयी दार्शनिक उपन्यास हो । उक्त उपन्यासमा कामुले तत्कालीन समयमा फ्रान्सस्थित अल्जेरियाको ओरान सहरमा पैmलिएको प्लेग महामारी रोगको विरुद्धमा गरिएको जीवन र मृत्युको संघर्ष तथा मानवीय विवशतालाई संवेदनशीलताका साथ प्रस्तुत गरेका छन् । उनले मृत्यु, विवशता र दःुख मानवीय कमी कमजोरीहरु हुन् र यी ईश्वरबाट प्राप्त श्रापहरु होइनन् भन्ने कुरा स्वयं ईश्वरका दूतलाई समेत विश्वास दिलाउन सफल भएका छन् ।

दुःख, कष्ट र संकटको बेला भाग्ने होइन बरु अरुलाई बचाउने र सहयोग प्रदान गर्ने अभियानमा मानव जोडिनुपर्छ यही नै मानवको कर्तव्य हो, भनी मानव र मानवताको पक्षमा आफ्नो पात्रहरुलाई उपन्यासमा उभ्याएका छन् भने आफू स्वयं यो अभियानमा कट्टर रुपमा उभिएका छन् । वर्तमान विश्वमा देखिएको कोरोना भाइरसका विरुद्धमा विश्व लडिरहँदा कामुद्धारा लेखिएको यो पुस्तकको सन्दर्भ अझै बढेर गएको देखिन्छ ।

कामुको सन् १९५१ मा प्रकाशित महत्वपूर्ण पुस्तक द विद्रोही मा यिनले आतंक र क्रुरताकाे बलमा स्थापना गरिएको राज्य र राज्य सञ्चालनको हिस्रंक शैलीले न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्न सक्दैन भन्ने विचार प्रकट गरेका छन् । उक्त पुस्तक मार्फत कामुले अझ जोड दिएर भन्छन्, ‘विद्रोह जो अन्यायपूर्ण र विभेदकारी राज्य व्यवस्थालाई विस्थपित गरेर समानतामूलक र न्यायपूर्ण राज्य स्थापनाको गर्नको लागि गरिएको हुन्छ ।’

जब विद्रोहले हिंसालाई केन्द्रमा राखेर त्यसैमा आधारित सत्ता स्थापना गर्छ भने साविकको अवस्था भन्दा झन् कठोर अन्याय र चर्को दमनरुपी राज्यमा परिणत हुन्छ । जसलाई हटाउनको लागि विद्रोहको आवश्यक पर्छ फलतः विद्रोह गरिएको हुन्छ । उनले विद्रोहलाई मानवीय चेतनाको जागरण गराउने माध्यमका रुपमा लिएका छन् भने अर्को तर्फ विद्रोहको नाममा गरिएको मानवीय दमन र अपहरणलाई पूर्णत अस्विकार गरेका छन् । उनले आफु अल्जेरियन भएर पनि अल्जेरियाको स्वतन्त्रतामा सहभागी नभएर आलोचनाका पात्र वन्न पुगेका थिए ।

भनिन्छ, कामुले आफ्नोे दोस्रो श्रीमती फ्रान्किनको प्रतीकात्मक रुपमा द फलको सृजना गरेका हुन् । । सन् १९५६ मा प्रकाशित ‘द फल’ मा एक जना वकिलको जीवनलाई प्रस्तुत गरिएको छ, जसमा मानवीय पीडामा डुबिरहेकी महिलाको उद्धार गर्न नसक्दा वकिललाई आइपरेको संकटलाई प्रस्तुत गरिएको छ ।
सन् १९६० मा एक कार दुर्घटनामा कामुको मृत्यु भएको थियो । उनको मृत्युको साथ पहिलो मानिस नामक उपन्यासको अप्रकाशित पाण्डुलिपि उक्त मृत्युसँगै थियो । यो आत्माकथात्मक रुपमा लेखिएको उपन्यास उनको मृत्यु पश्चात प्रकाशित गरिएको थियो । यस उपन्यासमा आफ्नोे हराएको पिताको खोजीमा आशाका आँखाहरुको माध्यमबाट एउटा पुत्रले विताएका प्रतीतहरुलाई उजागर गरेका छन् । जुन पितालाई खोज्ने क्रममा समाधिमा पुग्दा उसले त्यहाँ केही पाउँदैन । केवल २९ वर्ष अगाडि देशको लागि लड्दा लड्दै प्राण वलिदान गरेको थियो भन्ने कुरा जान्दछ ।

यो उपन्यासमा पहिला को ? पिता, पुत्र ? वा अल्ेजेरिया निवासी, फ्रान्सेली निवासी या अन्य को हो ? तर त्यो निर्धन मानिसको मृत्युको साथ सबै नाम निशान मेटिन्छ । केही बाँकी छैन् । यो उपन्यासले हामी पाठकलाई पनि उत्तर खोज्नको लागि सदैव प्रेरित गर्दछ ।


वर्तमान समयमा अल्वर्ट कामुको विचारको महत्वपूर्ण असर विश्व साहित्यको बगँैचामा रहेको छ । विशेष गरी कामुको चिन्तनलाई तीन मुख्य विचारधारामा देख्न सकिन्छ । प्रथम, अर्थहीनता (एब्सर्डिटी), दोस्रो, मानवीय संवेदना एवम् मृत्युको सत्यता र तेस्रो पहिलो र दोस्रो अवस्थाको बीच अर्थात भय, डर र त्रासको अवस्थाको बिचमा उभिएर मानव सदैव जीवनको आनन्द र खुशीको अदम्य खोज गर्नु छ भन्ने सन्दर्भ महान साहित्यकार अल्वर्ट कामु विश्व साहित्यको उर्वर भूमिमा आफ्नो सुन्दर र सुगन्धित फुलहरु रोपेर गएका छन । जुन कामुको साहित्यको विशेषता पनि हो । यही साहित्यिक विशेषताका वास्नाले आज विश्व साहित्य गौरवान्वित र ओजिलो भएको छ । साथै वर्तमान सन्र्दभमा विश्वबाट मानवता, सौहार्दता र समानता जस्ता मानवीय भावनाका अंगहरुमा मानवद्धारा नै चोट पूराउँदै आएको अवस्था कामुद्धारा व्यक्त यो भनाइले विश्वका मानिसहरु बिच आपसी मेलमिलाप, सहयोग र समझदारीको भावनालाई अझ नजिक बनाउने विश्वास लिइएको छ । ‘मेरो अगाडि नहिँड, म पछ्याउन नसकूँला, मेरो पछाडि नहिँड म नेतृत्व गर्न नसकूँला, बस म सँगै हिँड, साथी बन ।’

सम्बन्धित खबर