बिहिबार, १८ असार २०७७
samadhannews
nepal telecome

विज्ञान शिक्षकले गर्‍याे वेबिनार

मङ्गलबार, २३ बैशाख २०७७
9840 पटक पढिएको

वैशाख

विज्ञान शिक्षक समाज नेपाल, गण्डकी प्रदेश तथा पोखरा एस्ट्रोनोमिकल सोसाइटीको सहकार्यमा आउट अफ द वर्ल्ड नामक एक दिने वेबिनार प्रशिक्षण सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले विज्ञान क्षेत्रको विकासमा विज्ञान शिक्षक समाज नेपाल, गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको बताउँदै आगामी दिनमा समाजले थालेका उपलब्धिमूलक कार्यमा संस्थासँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता समेत जाहेर गरिन् ।

कार्यक्रम संयाेजक एवं विज्ञान शिक्षक समाज नेपाल, गण्डकी प्रदेशका अध्यक्ष राजकुमार ढकालले समाजले वर्तमान अवस्थामा विध्यार्थी, शिक्षक, अभिभावक र आम जनसमुदायका लागि स्यानिटाइजर बनाउने तरिकाका साथै अन्य सचेतना अभिबृद्दिका लागि हाल सम्म २९ वटा डिजिटल सामग्री निर्माण गरि प्रसारण गरेको बताए ।

आगामी दिनका विध्यालय खुलेपछि हरेक विध्यालयमा स्यानिटाइजर निर्माण गर्ने, मनोवैज्ञानिक परामर्श दिने साथै त्यसका लागि स्थानीय तहसँग समन्वय गर्ने समेत जानकारी गराए । त्यसका लागि आफ्ना शिक्षकहरुलाई तयार पार्न यस्तै भर्चुअल विधिको प्रयोग गरी शिक्षकलाई तालिम प्रदान गराउन सामाजिक विकास मन्त्रालयलाइ अनुरोध समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै पूर्व विज्ञान मन्त्री गणेश शाहले विज्ञान शिक्षक समाज नेपालले वर्तमान विषम परिस्थितिमा पनि निकै सकारात्मक कार्यहरु गर्दै आइरहेको भनी प्रशंसा गर्दै आगामी दिनहरुमा सहकार्य गरी अगाडि बढन सामाजिक विकास मन्त्रीलाई अनुरोध गरे ।

कार्यक्रममा कोरोना भाइरस ( कोभिड १९) ले पारेको प्रभाव र असरबारे केन्द्रित रही केन्द्रले कोभिड १९ क्याम्पेन बारे जानकारी सहितको छलफल चलाएको थियो ।

छलफलमा केन्द्रीय अध्यक्ष खीलकुमार प्रधान, सचिव मनोज आचार्य, कोषाध्यक्ष देवेन्द्रकुमार कर्ण, सूचना अधिकारी डम्बरुप्रसाद पोखरेल, ईन्द्रलोचन चौधरी, गोपी पौडेल लगायत केन्द्रीय सदस्यहरु र सातै प्रदेशका अध्यक्षहरुको सहभागिता थियो ।

जुम एप मार्फत सम्पन्न गरिएको वेबिनारमा ९७ जना विज्ञानकर्मीहरुको सहभागिता थियो । कार्यक्रम सञ्चालन गण्डकी प्रदेशका सूचना संयोजक सुदिप आचार्यले गरेका थिए । पोखरा एस्ट्रोनोमिकल सोसाइटीको अनुसन्धानकर्मी अभियान्ता महेश ठकुरी र सबिन गौतमले अन्तरिक्ष सम्बन्धी महत्वपूर्ण जानकारी सहितको प्रस्तुतीकरण राखेका थिए ।

सम्बन्धित खबर