मङ्गलबार, २० जेठ २०७७
samadhannews
nepal telecome

पाेखराकाे बेतेनीमा पहिरोले घर पुरियाे

शनिबार, १० जेठ २०७७
5140 पटक पढिएको


समाधान संवाददाता

पोखरा

लगातारको वर्षाका कारण पोखरा महानगरपालिका-२८ बेतनीमा शुक्रबार राति पहिरोमा परी १ घर कभत्किएको छ ।

स्थानीय बिर्खबहादुर गुरुङको ढुंगा माटोले बनेको २ तले टिनको छाना भएको कच्चि घर पहिरोको कारण पुरिएर पूर्ण क्षति भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

डिएसपी राजेन्द्रबाबु रेग्मीका अनुसार घर माथि खनेको मोटर बाटोको माटोले घर पुरिएको छ । घरमा रहेका फर्निचर, लत्ताकपडा, अन्नपात, भाँडावर्तन पुरिएर क्षति भएको उनले बताए ।

सम्बन्धित खबर