वीर अस्पतालमा निर्माणाधीन भवनको ‘लिफ्ट’ चुडिँदा २ को मृत्यु

समाधान संवाददाता २०७५ फागुन १० गते १७:०४

समाधान संवाददाता, समाधान

वीर अस्पतालको छेउमा निर्माणाधीन ९ तले सर्जिकल भवनकाे सामान बोक्ने लिफ्ट (होइस्ट) बिहीबार साँझ चुडिँदा २ जनाको ज्यान गएको छ । उक्त भवनमा अहिले छैठौं तलाको निर्माण जारी छ ।

घटनामा परी दुई मजदुरको ज्यान गएको र एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरी रहेका छन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । के कारणले लिफ्ट चुँडियो भन्ने खुल्न सकेको छैन ।

Advertisement

तपाईको प्रतिक्रिया