बिहिबार, २५ असार २०७७
samadhannews
nepal telecome

काेराेनाले विश्वभर ३ लाख ६९ हजारकाे मृत्यु

आइतबार, १८ जेठ २०७७
1530 पटक पढिएको

पाेखरा

काेराेना संक्रमणपछि विश्वभर ३ लाख ६८ हजार ७ सय ११ जनाको मृत्यु भएकाे छ ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सबैभन्दा बढी १ लाख ३ हजार ७ सय ५८ जनाको मृत्यु भएकाे छ।

बेलायतमा ३८ हजार ४ सय ५८, इटालीमा ३३ हजार ३ सय ४०, ब्राजिलमा २८ हजार ८ सय ३४ जनाको मृत्यु भइसकेको छ।

विश्वभर कोरोना संक्रमितको संख्या ६० लाख ५४ हजार १ सय ८७ पुगेको छ। अमेरिकामा सबैभन्दा बढी १७ लाख ६९ हजार ७ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ।

ब्राजिलमा ४ लाख ९८ हजार ४ सय ४०, रुसमा ३ लाख ९६ हजार ५ सय ७५, बेलायतमा २ लाख ७४ हजार २ सय १९, स्पेनमा २ लाख ३९ हजार २ सय २८, इटालीमा २ लाख ३२ हजार ६ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर २५ लाख ६२ हजार १ सय ९१ जना संक्रमित अहिले संक्रमणमुक्त भइसकेका छन्। अमेरिकामा ४ लाख १६ हजार ४ सय ६१, ब्राजिलमा २ लाख ८ सय ९२, रुसमा १ लाख ६७ हजार ४ सय ६९, जर्मनीमा १ लाख ६४ हजार ९ सय ८ जना संक्रमणमुक्त भएका छन्।

सम्बन्धित खबर