बिहिबार, २५ असार २०७७
samadhannews
nepal telecome

जिएट समूहबाट स्वास्थ्य सुरक्षा सामग्री सहयोग

मङ्गलबार, २० जेठ २०७७
3550 पटक पढिएको

समाधान संवाददाता

पोखरा, २० जेठ

जि एट समूहले एम्बुलेन्स चालक तथा स्वयम्सेवकलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

कोभिड—१९ को बढ्दो संक्रमण र उच्चजोखिमको परिस्थितिलाई मध्यनजर गर्दै यसको रोकथाम र नियन्त्रणमा पूर्व सावधानी अपनाउनका लागि जि एट समूहले एम्बुलेन्स चालक तथा स्वयम्सेवकलाई सुरक्षा सामग्री सहयोग गरेको हो।

एम्वुलेन्स सञ्चालन र स्वयंसेवकको भूमिका खेलका संघ संस्थालाई जोरो नाप्ने थर्मल गन, पिपिई केएन नाइन फाइप माक्स, पञ्जा सहयोग गरेको जि एट समूहका संयोजक राजु कायस्थले जानकारी दिए ।

स्वास्थ्य सुरक्षा समाग्री समाज कल्याण समिति रामबजार, भिन्तुना युवा क्लब नदीपुर, मानव मिलन संस्था, मिया पाटन समाज, नभप्रभात स्कूल नयाँबजार, युनाइटेड क्लब नदिपुर, सिद्धार्थ क्लब, डेभिटफल युवा क्लबलाई हस्तान्तण गरिएको थियो ।

कार्यक्रममा बोल्दै पोखरा महानगर पालिका वडा नं. ३ का वडा सदस्य रविन कायस्थले महामारीको बेलामा अत्यावश्यक सामग्री सहयोग गरेर उदाहरणीय कार्य गरेको बताए ।

सिद्धार्थ क्लबकी अध्यक्ष पार्वती माकाजुले यो सामग्रीले एम्बुलेन्स चालक सुरक्षित भएर सेवा प्रभाव गर्न सहयोग पुगेको बताइन् ।

विगत ३० वर्ष देखि आफ्ना बाल्यकालका साथीहरुको समूहले हरेक विपतको वेला सहयोग गर्दै आएको छ  । समूहमा राजु कायस्थ, श्यामकाजी श्रेष्ठ, सुनिल ताम्राकार, कविन्द्र श्रेष्ठ, विवेक शाक्य, अनिल शाक्य, उत्तम श्रेष्ठ, पुरषोत्तम श्रेष्ठ, निशेष उपाध्याय,  भीम गुरुङ(युके), केशर गुरुङ (हङ्कङ), सुरज श्रेष्ठ(युके), डा.विदुर केसी रहेका छन् । यो अभियानलाई शिक्षा गुरुङ(हङ्कङ), तेज गुरुङ मुन्ना(युके) दिपन श्रेष्ठ(अष्ट्रेलिया) ले पनि सहयोग गरेका थिए ।

जी एट समूहका संयोजक राजु कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य श्यामकाजी श्रेष्ठले स्वागत सिद्धार्थ क्लबका पूर्व अध्यक्ष सुमन श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर