मङ्गलबार, ३० असार २०७७
samadhannews
nepal telecome

विश्वभर काेराेनाले ४ लाख ३२ हजारकाे मृत्यु

सोमबार, ०१ असार २०७७
1490 पटक पढिएको

पाेखरा

विश्वभर काेराेनाका कारण ४ लाख ३२ हजार ६ सय ३२ जनाकाे मृत्यु भएकाे छ ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख १५ हजार ७ सय २९ छ।

ब्राजिलमा ४३ हजार ३ सय ३२, बेलायतमा ४१ हजार ७ सय ८३, इटालीमा ३४ हजार ३ सय ४५, फ्रान्समा २९ हजार ४ सय १० संक्रमितको मृत्यु भएको छ।

विश्वभर ७८ लाख ८७ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा सबैभन्दा बढी २० लाख ९३ हजार ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा ८ लाख ६७ हजार ६ सय २४ जनामा संक्रमण पुष्टि भएको छ। रुसमा ५ लाख २८ हजार २ सय ६७, भारतमा ३ लाख २० हजार ९ सय २२, बेलायतमा २ लाख ९७ हजार ३ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ३७ लाख ६३ हजार १ सय ७९ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक ५ लाख ६१ हजार ८ सय १६ जना छन्। त्यस्तै, ब्राजिलमा ४ लाख ६८ हजार ८ सय ४३, रुसमा २ लाख ७९ हजार ५ सय ३६, इटालीमा १ लाख ७६ हजार ३ सय ७० जना संक्रमणमुक्त भएका छन्।

सम्बन्धित खबर