मङ्गलबार, ३० असार २०७७
samadhannews
nepal telecome

पोखरा न्यूरोडमा फेवा चिकेन प्वाइन्टको शाखा

आइतबार, १४ असार २०७७
24450 पटक पढिएको

समाधान संवाददाता

चिकेन आइटमको माग बढेपछि फेवा चिकेन प्वाइन्टले आफ्नो सेवा विस्तार गरेको छ ।

गएको २ वर्षदेखि पोखरा–१७ बराल फिडमा सञ्चालित प्वाइन्टले बजारमा चिकेनको फ्राई, ग्रिल र स्टीम परिकारहरुको माग बढेपछि न्यूरोडस्थित भाटभटेनी सुपरमार्केटको आडमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

फेवा चिकन प्वोइन्ट सञ्चालन गर्दै आएका युवा उद्यमी सूर्यप्रसाद बरालबाहेक नयाँ शाखामा अरु २ युवाले लगानी गरेका छन् । नेपालमै उद्यमी बनाै‌ भन्ने मान्यताका साथ ३ जना मिलेर १ करोड लगानीमा नयाँ शाखा खोलेको सञ्चालक बरालले जानकारी दिए । नयाँ शाखामा प्रकाश सुवेदी र बालकृष्ण सिग्देलको पनि लगानी छ ।

कोरोनाले सिर्जित समस्यालाई मध्यनजर गर्दै उच्च सतर्कताका साथ ग्राहकलाई २ मिटर सामाजिक कायम गराउँदै सेवा दिइरहेको उनले बताए । सेवाग्राहीलाई सेनिटाइजर प्रयोग गर्न लागएर आफैले लैजाने (टेक अवे) सुविधा पनि प्रदान गरिएको सञ्चालक बरालले जानकारी दिए ।

‘भविष्यमा समयको माग अनुसार परिस्कृत गर्दै लैजान्छौं,’ संचालक बरालले भने । अहिले चिकेन प्वाइन्ट रेष्टुरेण्टमा ३० जनाले रोजगारी पाएका छन् । आफ्नै ब्यवसायिक कृषि फर्मबाट उत्पादित मासु उपभोक्ताको भान्सासम्म पु¥याउन पाउँदा सन्तुष्ट र खुशी रहेको सञ्चालक बरालले बताए ।

व्यवसायिक कृषितर्फ आफ्नै दाना उत्पादन, ह्याचरी सहितको ३५ हजार क्षमताको हिल प्वाईन्ट पोल्ट्री फार्म सञ्चालन गर्दै आएका बरालले स्वस्थ्यकर कुखुराको मासुका छुट्टाछुट्टै परिकार उपलब्ध गराउँदै आएका छन् ।

सम्बन्धित खबर