मङ्गलबार, ३० असार २०७७
samadhannews
nepal telecome

पुरञ्चौरका दुर्गादत्तद्वारा राष्ट्रपति र प्रधानमन्त्रीमाथि अश्लिल टिप्पणी

सोमबार, १५ असार २०७७
50830 पटक पढिएको

समाधान संवाददाता

पोखरा महानगरपालिका वडा नम्बर १९ पुरञ्चौरका बासिन्दा दुुर्गादत्त बास्तोलाले सामाजिक सञ्जालमा देशका राष्ट्रपति र प्रधानमन्त्री माथि पटक पटक अश्लिल शब्द प्रयोग गरेर स्टाटस लेख्दै आएका छन् ।

दुर्गादत्तकाे गाउकाे घर

उनले सामाजिक सञ्जाल फेसबुकमा गरेका केही पोष्टका स्क्रिन सटहरु समाधानलाई प्राप्त भएका छन् । ती पोष्टमा लेखिएका शब्द यति अश्लिल र अभद्र छन् की ती पोष्टहरु हामीले जस्ताको तस्तै प्रकाशन गर्न असमर्थ भएका छौं । फोटोमा राखिएका स्क्रिन सटमा रहेका अत्यन्तै आपत्तिजनक शब्दहरुलाई ब्लर गरेर प्रकाशन गरिएको छ ।

दुर्गादत्तले पाेष्ट गरेका स्टाटस, यसमा रहेकाे निकै आापत्तिजनक एउटा शब्द ब्लर गरिएकाे छ ।

उनले लेखेका पोष्टका बारेमा जिल्ला प्रहरी कार्यालय कास्की पनि जानकार छ । यद्यपी अहिलेसम्म कुनै कानुनी कारवाही शुरु गरेको छैन ।

उनले लेखेको स्टाटसमा समर्थन गर्नेहरुको भन्दा उनलाई यस्तो नलेख्न सुझाव दिनेहरु धेरैछन् । कतिपयले उनलाई आफ्ना चेलीबेटीलाई यिनले कस्तो व्यवहार गर्छन् होला भनेर प्रश्न समेत गरेका छन् ।

सम्बन्धित खबर