सोमबार, २२ असार २०७७
samadhannews
nepal telecome

पाेखरा अस्पताल र आविष्कार क्लिनिक मर्ज

मङ्गलबार, १६ असार २०७७
9380 पटक पढिएको

पाेखरा पोखरा अस्पताल प्रालि र आविष्कार क्लिनिक एन्ड इएनटी केयर सेन्टरबीच मर्जर सम्झौता भएको छ ।

अस्पतालका तर्फबाट अध्यक्ष प्राडा गोपीप्रसाद हिराचन र आविष्कार क्लिनिकका तर्फबाट डा. कृष्ण बोगटीले सम्झौतापत्रमा साेमबार हस्ताक्षर गरेका छन् ।

यो सँगै आविष्कार क्लिनिकबाट बिरामीहरुले लिँदै आएकाे सेवा ईन्द्र चोकस्थित पाेखरा अस्पताल प्रालिबाट प्रदान हुने पोखरा अस्पताल प्रा लिका अध्यक्ष प्राडा गोपीप्रसाद हिराचनले बताए ।

आविष्कार क्लिनिकका सञ्चालकद्वय नाक कान घाँटीरोग विशेषज्ञ डा. सञ्जय कोइराला र एनेस्थेयोलोजिस्ट डा कृष्ण बोगटीलाई अध्यक्ष हिराचनले स्वागत गरे ।

साउन १ गते देखि पोखरा अस्पतालबाट डा काेइराला र बाेगटीले पूर्णकालीन रुपमा काम गर्ने भएका छन् ।


सम्बन्धित खबर