बिहिबार, २९ साउन २०७७
samadhannews
Bardan Online

महिला र पुरुषमा दृष्टिकोण किन फरक ?

बिहिबार, २५ असार २०७७
4450 पटक पढिएको

डिलकुमारी पौडेल

भनिन्छ महिला र पुरुष एक रथका दुई पांग्रा हुन् । यर्थाथमा हो पनि।तर सैद्धान्तिक रुपमा भनेर मात्र रथका पांग्रा सधै एकनासले गुडिरहन सक्दैनन् ।जहाँ अगाडिको पांग्राभन्दा पछाडिकोबलियो छ भनेर अर्कोलाई महत्व दिइएन भने अर्कोमा अवश्य खिया नलाग्ला भन्न सकिँदैन ।

सायद भनाइमा नै सत्यता भइदिएको भए आज कैयाै‌ यातना र भौतिक, शारीरिक, मानसिक पीडा महिलाले खेप्नुपर्दैनथ्यो होला । समाजमा महिलाको विकास महिलासितमात्र जोडिएको हुँदैन । यो विकासमा प्रत्यक्ष पुरुष नि जोडिएको हुन्छ ।

त्यसैले यही मान्यतालाई आत्मसात गर्दै सन् १९९० को दशकसँगै पुरुषको संलग्नता आवश्यकता ठान्दै परिवार, समुदाय र समाजको विकाससँग लैंगिक पक्ष सम्बन्धित छ भन्ने ठानियो । लैंगिक विकासको अवधारणा पुरुष विरोधी अवधारणा भने अवश्य हैन ।

जहाँसम्म समस्याको समाधान हुँदैन त्यहाँसम्म बोल्नुपर्ने आवाज उठाउनु पर्ने रहर हैन बाध्यता हो ।

यसले जो पीडित छन् उनीहरुलाई समानतामा ल्याउनवकालत गरेको मानिन्छ ।तर हाम्रो समाजमा सदियौं अगाडिबाट नै पितृसतात्मक मान्यता मौलाउँदै आएको र हाल सम्म पनि निमिट्यान्न हुन नसकेकाले जति पनि महिला अधिकारकर्मी, राजनीतिकर्मी र समाजसेवीहरुले वकालत गरिरहनुपर्ने भएको छ ।

समाजमा महिला अधिकारका कुराहरु बारम्बार दोहोरीरहदा कति अधिकार अधिकार भनेर उफ्रेका, कति अधिकार चाहिएको होला भन्ने जनमानस प्रशस्त भेटिन्छन् । जहाँसम्म समस्याको समाधान हुदैन त्यहाँ सम्म बोल्नुपर्ने आवाज उठाउनु पर्ने रहर हैन बाध्यता हो ।

यो कुरा जनमानसले अनुभव गरोस् । जस्तै कुनै शिक्षकले विद्यार्थीको कापी चेक गर्दा एकपटकमा मिलाए सर्लक्क ठिक दिन मिल्छ ।तर पटकपटक गल्ती भए रातो मसीले यहाँ सुधार गर भनेर गल्ती भएको ठाउँमा सकेत गरिरहन पर्छ । तर विद्यार्थीले कति रातो लगाएको भनेर भन्न मिल्दैन जबसम्म उसले बारम्बार गल्ती दोहो¥याइरहन्छ ।महिला हत्या,बलात्कार अनि अन्य समस्या पनि यस्तै उदाहरण हुन् ।

भौतिक रुपमा भएका घटनाभन्दा बढी अरु मानसिक पीडाको वजन बढी खेप्नुपरेको छ । हुन ती यी समस्या भनिरहँदा सबै पुरुषबाट मात्र सिर्जित हुन भन्न मिल्दैन । तर कतिपय यस्ता कुराहरु छन् जुन नितान्त पुरुषबाट मात्र पीडित हुनु परेको छ ।

जस्तो एउटा पुरुषले कुनै एउटा महिलालाई माया गरेको नाटक गरेर या मिलेमतोमा एक दिन डेटिङ लगेर शारीरिक मानसिक प्यास मेटाएपछि अर्को दिन त्यही केटीबारे टिकाटिप्पणी गरेको देखिन्छ ।

यसरी बोलिदिन्छ कि मैले त त्यो केटिलााई सजिलै प्रयोग गरेँ । तिमीहरु पनि प्रयास गर । कति बिडम्बना त्यो केटा भोलिदेखि सन्त भयो । तर त्यो केटी त्यो केटाले प्रयोग गरेको दिनबाट व्यभिचारी भई ।दुबैको संलग्नतामा भएको कुरा केटी व्यभिचारी तर केटा सन्त । यसरी नै पुरुषहरु खोक्रो आदर्श सजिलै देखाइरहेका हुन्छन् ।

एउटा महिलालाई व्यभिचारी बनाउने के महिला नै हो कि उही भलादमी पुरुष हो ? आखिर महिलाको प्यास मेटाएर महिलालाई नै नाम राख्ने पुरुष कति महान ? एउटाले नाम राख्यो अनि फलानी महिला त यस्ती रहिछे फलानासँग हिँडेकी ।

अरेबाबा त्यो महिलालाई लिएर हिँड्ने षुरुष ? खै उसका बारे टिका टिप्पणी ? त्यस्तै गरी एउटासँग प्रेम गरेकी युवतीका प्रेम ब्रेक भयो र अर्को केटा माग्न आयो भने त्यो केटी अर्कैसँग लागेकी हो बिग्रेकी हो भनेर हुन लागेको विवाह पनि भाँचिने आदि तर त्यही केटीसँग हिँडेको केटालाई केटीसँग हिँडेर बिग्रेको भनिँदैन । भएन भनेर उल्टो उल्टो आरोप किन ?

लगभग एक महिना अगाडि युएईबाट आएका १०६ महिलामध्ये ९४ महिला गर्भवती भएको समाचार आयो । तिनले पाएका बच्चाहरुलाई के नाम राख्लान् या तिनीहरुलाई राष्ट्रिय भान्जाभान्जी राख्नु पर्ने भो भनेर खिल्ली उडाइरहँदा कताकता मनमा नमिठो लाग्यो ।

हामी पुरुष नै सही भएको भए ती महिला कसरी व्यभिचारी हुन्थिन् ? त्यसैले म तिनै महिलाकहाँ बास बस्छु भनेर त्यहीं बास बसे ।

यो कुरा साँचो होला कि के होला भनेर कौतुहलता पनि भयो ।यस्तो भान भयो कि विदेशमा बस्ने महिला त्यस्तै हुँदा रहेछन् कि ?त्यो साँचो भए पनि सहानुभूति पनि प्रकट गर्न सकिन्थ्यो होला ।

पतिंरलाई धुले हावामा उडाए झै गरी उडाइयो ।यो वाक्य आएन कि कस्ता दुष्ट पुरुष जो महिलालाई विचल्ली पारेर छाडे । तर यर्थाथमा ती महिला आफ्नै श्रीमानसँग घुम्न या उतै बसेका र कोभिड १९ को कारणले उनीहरुका श्रीमानबाटै नेपाल पठाइएका रहेछन् ।

यर्थाथ कुरा नबुझी कति हतार महिलालाई होच्याइयो ।साँच्चै अवैध गर्भ लिएर आएको भए पनि ती महिलालाई त्यो अवस्थामा पु¥याउने को ?खै त तिनीहरुका बारेमा टिका टिप्पणी ? यस्ता ज्वलन्त उदाहरण समाजमा धेरै देखिन्छन् ।यसै प्रसंगमा गौतम बुद्धको कथा प्रस्तुत गर्न मन लाग्यो ।एक दिन गौतम बुद्ध घुम्दै जादा एउटा गाउँ पुगेछन् ।

गाउँ पुग्दा साँझ परेको थियो । उनी बास खोज्ने तरखरमा थिए । गाउँको छेउमा एकजना विधवा महिलाको घर थियो ।

गौतम बुद्ध तिनै महिलाको घरमा बस्ने विचार गरे तर बाटोमा जो भेटिन्थे तिनीहरुले ती महिलाको यसरी टिप्पणी गरे कि ती महिला व्यभिचारी हुन् र उनको घर नबस्ने सल्लाह दिए । तर गौतम बुद्धले ती मानिसलाई यसरी जवाफ दिए कि ती महिलालाई व्यभिचारी बनाउने को ?

हामी पुरुष नै सही भएको भए ती महिला कसरी व्यभिचारी हुन्थिन् ? त्यसैले म तिनै महिलाकहाँ बास बस्छु भनेर त्यहीं बास बसे ।

पुरुष संलग्नता भएको ठाउँमा पनि महिलालाई नै किन दोष ?यसो भनिरहँदा पुरै महिलावाद अभिव्यक्ति भनेर मात्र भन्न नमिल्ला तर उल्लेखित कुरा भने झुठो भन्न मिल्दैन ।

नाारीको मन कोमल हुन्छ भन्नुको अर्थ यो हैन कि महिला एक मन्द मुस्कानमा उनीले सारा शरीर सुम्पिन सक्छिन् भनेर ।यति हल्का पनि नसोचियोस् कि जति बेला पनि प्रयोग गर्न पाइन्छ भनेर ।

सबैको आ आफ्नै मूल्य र मान्यता हुन्छ । प्रत्येक व्यवहारमा महिलालाई हेर्ने दृष्टिकोण किन फरक ? एक्काइसौं शताब्दी सम्म आइपुग्दासम्म हाम्रो रहनसहन,खानपान र भेषभुषा बदलियो तर सोच बदलिएन ।आखिर यो कहिलेसम्म ?

सम्बन्धित खबर