मङ्गलबार, १३ असोज २०७७
samadhannews
Bardan Online

कोइराला परिवारद्वारा मातापिताको नाममा अक्षयकोष

सोमबार, १९ साउन २०७७

स्याङ्जा

मातापिताको स्मृतिमा स्याङ्जाको पुतलीबजार १३ कुलबाँधकाे एक कोइराला परिवारले स्थानीय विद्यालयमा अक्षय कोष स्थापना गरेको छ ।

पिता प्रजापति कोइराला र माता नर्मदाको नाममा गाउँकै दियालो आधारभूत विद्यालयमा ५१ हजार १ सय ५१ रुपैयाँ राशिको अक्षयकोष स्थापना गरिएको जेठा छोरा ठाकुरप्रसाद कोइरालाले बताए ।

४ छोरा ठाकुर, ज्योतिराम, हरिप्रसाद र पुरुषोत्तम, छोरी रामकुमारी पौडेलले उक्त कोष स्थापना गरेका हुन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेशमबहादुर खत्रीलाई ४ दाजुभाइले सोमबार उक्त रकम हस्तान्तरण गरेका छन् । माता नर्मदाको वार्षिक पुण्यतिथिको अवसर पारेर उक्त रकम हस्तान्तरण गरिएको हो । गरिब तथा जेहेन्दार छात्रछात्रालाई बर्सेनि उक्त कोषबाट छात्रवृत्ति प्रदान गरिने उक्त विद्यालयका प्रधानाध्यापक समेत रहेका साइँला छोरा हरिप्रसाद कोइरालाले बताए ।

अक्षयकोषकोबाट प्राप्त ब्याजबाट कसरी छात्रवृत्ति प्रदान गर्ने भन्ने बारेमा व्यवस्थापन समितिको बैठकले निक्र्याेल गर्ने अध्यक्ष खत्रीले बताए । उनका अनुसार यसका लागि अलग्गै नियमावली बनाइने छ ।

सम्बन्धित खबर