आइतबार, ११ असोज २०७७
samadhannews
Bardan Online

बिदा भए अर्थमन्त्री खतिवडा

शुक्रबार, १९ भदौ २०७७

समाधान संवाददाता

अर्थमन्त्री युवराज खतिवडा अर्थमन्त्रालयबाट बिदा भएका छन् । अर्थमन्त्रालयबाट बिदाई भएलगत्तै प्रधानमन्त्रीलाई भेट्न गएका खतिवडाले राजीनामा बुझाएका छन् ।

राजीनामा बुझाएसँगै खतिवडाकाे साँढे २ वर्षे कार्यकाल समाप्त भएकाे छ । उनी ६ महिला बिना सांसद मन्त्री बने । यसअघिका २ वर्ष राष्ट्रिय सभाका सदस्य बनेर मन्त्री बनेका थिए ।

अर्थमन्त्रालयमा आयाेजित बिदाई कार्यक्रममा उनले आफूले जग बसालेर गएकाे र याे जगलाई व्यवस्थित गर्ने दायित्व मन्त्रालयका कर्मचारीकै भएकाे बताएका थिए ।

पछिल्लाे समय उनले सञ्चार मन्त्रालयकाे समेत जिम्मेबारी सम्हाल्दै सरकारकाे प्रवक्ताकाे भूमिका समेत निभाएका थिए ।

सम्बन्धित खबर