सोमबार, ०५ असोज २०७७
samadhannews
Bardan Online

रिया चक्रवर्ती गिरफ्तार

मङ्गलबार, २३ भदौ २०७७

एजेन्सी

भारतीय अभिनेत्री रिया चक्रवर्तीलाई लागु आैषध सम्बन्धि अनुसन्धान गर्ने सस्था नार्काेटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले पक्राउ गरेको छ ।

अभिनेता सुशान्त सिंहको मृत्यु मामिलामा लागुऔषधको विषय देखिएपछि गएको केही दिनदेखि एनसीबीले उनीसँग सोधपुछ गरिरहेको थियो । रियाका भाइ शौविक चक्रवर्तीलाई एनसीबीले यसअघि नै पक्राउ गरिसकेको छ ।

गएको ५ सेप्टेम्बरमा शौविक चक्रवर्ती र सुशान्त सिंह राजपूतका व्यवस्थापक रहेका स्यामुएल मिरान्डालाई एनसीबीको टिमले पक्राउ गरेको थियो ।  

बलिवुड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको विषयमा यो तेस्रो पक्राउ हो । 

सुशान्तको मृत्युको विषयमा सीबीआईले जाँच गरिरहेको छ तर रियालाई एनसीबीले लागुऔषध लेनदेनको विषयमा पक्राउ गरेको हो ।  

सुशान्त सिंह राजपूतकाे मृत्यु प्रकरणकाे जाँच तीन केन्द्रीय एजेन्सीले गरिरहेका छन् । पैसाकाे लेनदेनकाे विषयमा ईडी, मृत्युकाे विषयमा सीबीआई र लागुऔषधसँग जाेडिएकाे मामिलाकाे जाँच एनसीबीले गरिरहेकाे छ । 

सम्बन्धित खबर