मङ्गलबार, १३ असोज २०७७
samadhannews
Bardan Online

रेडियो बाराहीका सबै कर्मचारी क्वारेन्टाइनमा

बुधबार, ३१ भदौ २०७७

समाधान संवाददाता, पोखरा

समाचार शाखामा कार्यरत पत्रकार गोविन्द सुवेदीलाई कोरोना पुष्टि भएपछि रेडियो बाराहीका १५ कर्मचारी क्वारेन्टाइनमा बसेका छन् । टक शोसमेत चलाउने सुवेदीलाई कोरोना देखिएपछि ४ जना रेडियोमै आवसीय रुपमा र अरु होम क्वारेन्टाइनमा बसेको रेडियोका कार्यकारी निर्देशक रमेश पौडेलले जानकारी दिए ।

‘रेडियो बन्द हुनुहुँदैन । २ जना प्राविधिक र २ जना समाचार पढ्ने त्यहीँ आवसीय रुपमा बस्नुभएको छ । अरु घरमै बसेका छौं,’ कार्यकारी निर्देशक पौडेलले भने । पत्रकार सुवेदीमा बुधबार बिहान कोरोना पुष्टि भएको हो । सामान्य ज्वरो आएपछि उनले ३ दिन पहिला स्वाब दिएका थिए ।

उनी अहिले पोखराको गैरापाटनस्थित डेरामै बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । सुवेदी नयाँ पत्रिकाका लागि पोखराबाट काम गर्छन् । आफ्नो सम्पर्कमा रहेकाहरुलाई सुरक्षित बस्नआग्रह गरेका छन् ।

पत्रकार सुवेदीले फेसबुकमा लेखेका छन् : ज्वरो आएपछि स्वाव दिएँ । रिपोर्ट आउँदासम्म धेरै सुधार भइसकेको छ । सम्पूर्ण शुभेच्छुक र शुभचिन्तक ज्युहरुमा ढुक्क रहन आग्रह गर्दछु । कोरोनालाई छिट्टै जित्ने छु । तै पनि जो जो नजिक रहनुभयो सुरक्षित रहनुहोला ।

सम्बन्धित खबर