मङ्गलबार, १३ असोज २०७७
samadhannews
Bardan Online

गण्डकीमा आज ६२ संक्रमित थपिए, कास्कीमा सबैभन्दा धेरै

बुधबार, ३१ भदौ २०७७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा बुधबार ६२ जनामा कोरोना पुष्टि भएको छ । पोखराका २ प्रयोगशाला र काठमाडौंको ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा ६ जिल्लाका ६२ जनामा पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोना पुष्टि हुनेमा कास्कीका ३८, गोरखाका १३, तनहुँका ६, बागलुङका ३, नवलपुर र स्याङ्जाका १/१ जना छन् । योसहित प्रदेशभर संक्रमितको संख्या ३१ सय ७८ पुगेको छ । १९ सय ३५ जना निको भएका छन् ।

प्रदेशभर ३१ संक्रमितको मृत्यु भएको छ । कास्कीका १०, गोरखाका ६, नवलपुरका ५, तनहुँका ४, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

सम्बन्धित खबर