काेराेनाबाट विश्वभर सवा ४ लाख २४ हजारकाे मृत्यु

समाधान संवाददाता २०७७ जेठ ३१ गते ६:४६

पाेखरा

विश्वभर काेराेना संक्रमणबाट ४ लाख २४ हजार ७ सय ७५ जनाकाे मृत्यु भएको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सबैभन्दा धेरै १ लाख १४ हजार ६ सय १३ जनाकाे मृत्यु भएकाे छ।

Advertisement

ब्राजिलमा ४१ हजार ८ सय २८, बेलायतमा ४१ हजार ५ सय ६६, इटालीमा ३४ हजार २ सय २३, फ्रान्समा २९ हजार ३ सय ७७, स्पेनमा २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ।

यसैगरी विश्वभर ७६ लाख २० हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा सबैभन्दा बढी २० लाख ४४ हजार ५ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

ब्राजिलमा ८ लाख २८ हजार ८ सय १०, रुसमा ५ लाख १० हजार ७ सय ६१, भारतमा २ लाख ९७ हजार ५ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ३६ लाख ६ हजार ४ सय २ जना संक्रमणमुक्त भएका छन्।

संक्रमणमुक्त हुनेहरुमा अमेरिकामा ५ लाख ४७ हजार ३ सय ८६, ब्राजिलमा ४ लाख ४४ हजार ९ सय ७३, रुसमा २ लाख ६८ हजार ८ सय ६२ जना छन्।

तपाईको प्रतिक्रिया