बुधबार, ०५ कार्तिक २०७७
samadhannews
Baba Hardware Header add

विदेशमा कोरोना संक्रमणबाट २४४ नेपालीको निधन

सोमबार, ०५ असोज २०७७

काठमाडौं, रासस

कोरोना भाइरस संक्रमणबाट विदेशमा रहेका २४४ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विभिन्न १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् ।

कोरोनामन कारण नेपालसहित विश्वभर जम्मा ६४५ नेपालीको निधन भएको संघले जनाएको छ । गत साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना संक्रमणदर सामान्य रूपमा वृद्धि भएको समितिका संयोजक सञ्जीव सापकोटाले जानकारी दिए । समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोनाका कारण हालसम्म अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् । विदेशमा अलपत्र परेका ६९ हजार नेपालीको उद्धार गरिएको छ । संघ, विदेशस्थित दूतावास तथा नियोगको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २८९ जनाको उद्धार गरिएको जनाइएको छ ।

सम्बन्धित खबर