शुक्रबार, १४ कार्तिक २०७७
samadhannews
Baba Hardware Header add

यौन दुर्व्यवहारः सजाय कार्यान्वयनमा बाधा किन ?

सोमबार, ०५ असोज २०७७

निरु केसी

प्राचीन धर्मग्रन्थ महाभारतकी प्रमुख नारीपात्र द्रौपदी पाँच पुरुषकी साझा पत्नी थिइन् । जुवा काण्डमा दुर्योधनले द्रौपदीलाई वेश्याको उपमा दिँदै अपमान गर्यो र आफ्नो काखमा (जाँघमा) राख्न खोज्यो । उसको भाइ दुशासनले राजसभामा उनको कपाल लुछेर नांगै पार्न खोज्यो । द्रौपदीले दुशासनसँग बदला नलिएसम्म उसले लुछेको केश नबाँध्ने निर्णय गरिन् ।

भीमसेनले दुशासनलाई मारेर उसको छातीको रगत पिउने र दुर्योधनको जाँघ च्यातेर मार्न वचनबद्ध भए । यसरी महाभारतको विशाल युद्धको एउटा घटक स्त्रीत्वको हरण र अपमानको बदला पनि थियो । आखिर युद्धमा त्यस्तै भयो, द्रौपदी र भीमसेनको प्रतिज्ञा पुरा भएसँगै युद्ध समाप्त भयो । दुराचारीको साथसाथमा लाखौं वीर योद्धाको मृत्यु भएर एक युगको अन्त्य भएको थियो ।

नेपालमा भने निर्मला पन्त घटनाको उदाहरणले कानुनी राज्यको उपहास गरिरहने भयो । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन र कारवाही गर्ने वचन दिएका प्रधानमन्त्री केपी शर्मा ओलीको ओजपूर्ण भाषण जनताले बिर्सेका छैनन् । तर उनको पतिबद्धता समेत फेल भएको उक्त घटना मजाक उडाउने विषय बन्यो

अर्का वीरयोद्दा देवव्रत अथवा भिष्मले अम्बा,अम्बालिका र अम्बिका गरी तीन कन्यालाई उनीहरुको स्वयंवरको दिन अपहरण गरेका थिए । भिष्म प्रतिज्ञाको कारण उनले ती कन्याहरुको विवाह आफ्ना भाइसित गराउन खोजे । अम्बा उक्त विवाह मान्न तयार भइनन् ।

उनको नारीअस्तित्व माथि खेलवाड भयो । यसको बदला लिन उनी कठोर तपस्या गरी अर्को जन्म लिइन् । कुरु युद्धमा महिला उपस्थिति बर्जित थियो । तेस्रो लिंगी बनेर भीष्मलाई मार्न युद्धभूमि गएकी अम्बालाई देखेपछि भीष्मले हतियार छाडेका थिए । इच्छा मृत्युको बरदान पाएका देवव्रतले महिला अपहरण र नारी अस्मिता उपहासको सजाय स्वरुप युद्धभूमिमा एक वर्षसम्म दर्दपूर्ण पीडा भोगेर प्राण त्याग गरेका थिए ।

माथिका घटनाले के शिक्षा दिन खोजेको छ भने नारी अस्मिता, अस्तित्वको हरण र यौन हिंसाका घटनाको परिणाम सुखद हुँदैन । बलात्कार यौन हिंसा र दुव्र्यवहारका घटना जघन्य अक्षम्य र आपराधिक हुन् । आज पनि संसारका विभिन्न देशहरुमा जबरजस्ती करणी,यौन हिंसा तथा दुव्र्यवहार विरुद्धको सजाय मृत्युदण्ड हुनेगर्छ ।

नेपालमा भने निर्मला पन्त घटनाको उदाहरणले कानुनी राज्यको उपहास गरिरहने भयो । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन र कारवाही गर्ने वचन दिएका प्रधानमन्त्री केपी शर्मा ओलीको ओजपूर्ण भाषण जनताले अझै विर्षेका छैनन् । तर उनको पतिबद्धता समेत फेल भएको उक्त घटना मजाक उडाउने विषय बन्यो ।

यस्तो विभत्स घटनामा आफैले बोलेको सरकार प्रमुखको वचन पानीको फोका सरी फुटेको देख्दा देशको न्यायिक अंग सडिसकेको आभाष हुन्छ । यस्ता घटनालेकेही समय मुलुकमा हलचल पैदा गराउँछन् नतिजा हात लाग्यो शून्य ।यद्यपि त्यस्ता घटना अहिले पनि भइरहेका छन् ।

भदौ महिनामा मात्रै पोखरा, काठमाडौं, लमजुङलगायतका स्थानमा गरी दर्जन बढी बाल यौन दुव्र्यवहार र जवरजस्ती करणीका घटना घटेका छन् । घटना उस्तै कहाली लाग्दा,सुन्दै असह्य हुने खालका ।

७८ वर्षीय बृद्धबाट ४ वर्षीय बालिकालाई ललाइफकाई यौन दुव्र्यवहार, ९ वर्षीया बालिकालाई छिमेकीबाट महिनौंदेखि बलात्कार, आफ्नै बुबाबाट नाबालिका बलात्कार, भूपू सैनिकबाट किशोरी बलात्कार, आफ्नै कार्यालयका कर्मचारीलाई वर्षौँदेखि डर धम्की दिँदै बलात्कार, एकै व्यक्तिबाट ३ जना बालिका बलात्कार । आखिर कतातर्फ जाँदै छ नेपाली समाज ? यस्ता घटना न्यूनीकरण हुनुको साटो किन बढिरहेका छन् ?

ढिलो चाँडो दोषीलाई कारवाही पक्कै हुनुपर्छ । देशमा कानुन छ लिखित दस्ताबेजको रुपमा, कार्यान्वयनको पाटो अर्को छ । निर्मला पन्त जस्ता कयौं चेली आजपनि बलात्कार र हत्याका शिकार भएका छन् । दण्डहीनता,नैतिक शिक्षाको अभाव वा कानुनी सचेतनाको अभावको कारण यस्ता घटना बढिरहेका छन् त ?

समाजमा भन्ने गरिन्छ– यस्ता कार्य गर्नेलाई त मृत्युदण्ड दिइनु पर्छ । आजीवन कारावास वा जन्मकैद हुनुपर्छ । अपराधीको लिंगछेदन गरी नांगै सहर घुमाइनु पर्छ तर आवेग र आक्रोशले मात्र काम हुँदैन । अपराधीले अपराध गर्ने वेलामा यसको सजाय भोग्नुपर्छ है भन्ने बिर्सन्छन् या प्रमाण नष्ट गरेर उन्मुक्ति पाइन्छ भन्ने सोच्छन् । परिणामस्वरुप एउटा अपराध लुकाउन खोज्दा अर्को अपराधको जन्म भैसकेको हुन्छ

पाप धुरीबाट कराउँछ भने झैंआखिर एक न एक दिन कर्मको सजाय भोग्नै पर्छ अपराधीले । देशमा कानुन त छ तर किन अपराध गर्न पछि हट्दैन मानिस ? कानुनी व्यवस्था यस्तो छ नेपालको ।

जबरजस्ती करणी गर्नेलाई निम्न, बमोजिम कैद हुनेछ

१. १० वर्षभन्दा मुनिकी बालिका भए १० देखि १५ वर्ष

२. १० देखि १४ वर्षभन्दा कम उमेरकी बालिका भए ८ देखि १२ वर्ष

३. १४ देखि १६ वर्षभन्दा कम उमेरकी बालिका भए ६ देखि १० वर्ष

४. १६ देखि २० वर्ष कम उमेरकी महिला भए ५ देखि ८ वर्ष

५. २० वर्षभन्दा बढीकी महिला भए ५ देखि ७ वर्ष

६. लोग्नेले स्वास्नीलाई जबरजस्ती करणी गरेमा ३ देखि ५ वर्ष

हाडनाता करणी

१ आफूलाई जन्माउने आमालाई जबरजस्ती करणी गर्नेलाई जन्मकैद

२. एकै बाबुआमाबाट जन्मेका दिदी बहिनी वा छोरीको करणी गर्नेलाई १० वर्ष कैद

३. एकै हाँगोका ३ पुस्तासम्मको नातामा करणी भएमा ६ वर्ष कैद सजाय हुनेछ

आसयकरणी वा यौन दुव्र्यवहारका प्रकार र सजाय

१. शारीरिक यौन दुर्व्यवहार

अनावश्यक हुने, अँगालो हाल्ने,बाटो छेक्ने, चिमोट्ने,धाप मार्ने आदि

२. मौखिक यौन दुर्व्यवहार

अपमानित टिप्पणी गर्ने, फोहोर शब्द बोल्ने जिस्क्याउने,यौनजन्य चुट्किला भन्ने, प्रस्ताव राख्ने, आमन्त्रण र सोको लागि दबाब दिने

३. लिखित यौन दुर्व्यवहार

फोहोर उत्तेजक चित्रहरु देखाउने, यौनजन्य सामग्री वितरण गर्ने

४. आचरणजन्य यौन दुर्व्यवहार

घुरेर हेर्ने,आँखा घुमाउने, यौनजन्य अश्लील इशारा गर्ने

सजाय

यौन दुर्व्यवहार गर्नेलाई १ वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना हुनेछ

क्षतिपूर्ति स्वरुप पीडित व्यक्तिलाई मनासिफ जरिवाना पीडकबाट भराइन्छ ।

यसरी कानुनी भाषामा बालिका बलात्कार,जवरजस्ती करणी,हाडनाता करणी,बालयौन दुव्र्यवहार अति घृणित र निन्दनीय कार्य हुन् ।

समाजमा भन्ने गरिन्छ– यस्ता कार्य गर्नेलाई त मृत्युदण्ड दिइनु पर्छ । आजीवन कारावास वा जन्मकैद हुनुपर्छ । अपराधीको लिंगछेदन गरी नांगै सहर घुमाइनु पर्छ तर आवेग र आक्रोशले मात्र काम हुँदैन । अपराधीले अपराध गर्ने वेलामा यसको सजाय भोग्नुपर्छ है भन्ने बिर्सन्छन् या प्रमाण नष्ट गरेर उन्मुक्ति पाइन्छ भन्ने सोच्छन् । परिणामस्वरुप एउटा अपराध लुकाउन खोज्दा अर्को अपराधको जन्म भैसकेको हुन्छ ।

देशमा कोभिड महामारीको कारण जारी लकडाउनले महिला हिंसा,जबरजस्ती करणी,यौन दुव्र्यवहारका घटनाहरु व्यापक बढेका छन् । बालबालिकाहरु घरभित्रै हुनेहुँदा उनीहरु झन् बढी हिंसाका सिकार बन्ने गरेका छन् ।

सात महिने बालिका समेत आफ्नै बाबु र आफन्तबाट बलात्कृत छन् । बन्दाबन्दीको समयाबधि थपिँदै जाँदा यौनजन्य हिंसामा बृद्धि हुनुका साथै वैवाहिक वलात्कारका घटना समेत आउने गरेको राष्ट्रिय महिला आयोगले जानकारी दिएको छ । तर तत्काल कानुनी कार्वाहीमा जान नसक्दा र प्रमाणहरु सुरक्षित हुन नसक्दा न्यायमा पहुँच चुनौतीपूर्ण बनेको छ ।

समाज पीडितमैत्री नहुँदा अधिकांश घटना बाहिर आउँदैनन् । प्रथमतः पीडित स्वयंले आफूमाथि भएको दुव्र्यवहार बाहिर भन्न सकिरहेका हुँदैनन् । किनकि उनीहरुलाई पीडकले विभिन्न डर,धम्की वा प्रलोभनमा पारेका हुन्छन् । अर्कोतर्फ आफूमा गुज्रिएको घटनाको परिणाम के हुने हो भन्ने डरले अरुलाई भन्न सकिरहेका हुँदैनन् । त्यस्तै आफ्नो र परिवारको बदनामीको डरले पनि ती कुरा बाहिर आउँदैनन् ।

परिवार वा समाजका व्यक्तिले पनि सकेसम्म यस्ता घटना घर वा समाजभित्रै थामथुम पार्न खोजेका हुन्छन् । हाडनाता करणी र बाल यौन दुव्र्यवहारको सवालमा झन् यस्ता घटना गुपचुप नै हुन्छन् । अपराधीले दिएका यातना चोट र बेइज्जत भन्दा कैयौँ गुणा कम क्षतिपूर्तिमा भित्रभित्रै मिलापत्र गराइन्छ ।

कानुनी राज्यको उपहास र न्यायको अवशानको गतिलो उदाहरण हो रञ्जन कोइराला काण्ड । जुन तरिकाबाट सजाय भोगिरहेका डिआइजी कोइरालालाई सर्वाेच्चको आदेशमा जेलमुक्त गरियो त्यसको चर्को विरोध जनताबाट भइरहेको छ । मोटो रकममा न्यायको मोलमोलाई हुन्छ भने सम्पन्न मानिसले समाजमा जुनसुकै हर्कत गर्दै नहिँड्लान् भन्न सकिन्न ।

पहिलो कुरा नेपालको कानुन नै खुकुलो छ । दोस्रो कुरा फरार अभियुक्त समाउनै महाभारतको नाटक रचना हुन्छ । बल्ल बल्ल कानुनको दायरामा ल्याउन खोज्यो विभिन्न सामाजिक, राजनीतिक, आर्थिक पहुँचको आडमा उन्मुक्ति ?

आज अन्य महिला बालबालिकामाथि दुव्र्यवहार गर्नेले भोलि आफ्ना दिदीबहिनीलाई दुव्र्यवहार नगर्ला ?आज सानोतिनो घटना सम्झेर अपराधीलाई यो मेरो आफन्त, छिमेकी वा एउटै राजनीतिक आस्थाको मान्छे भनेर बचावट गरिन्छ भोलि त्यही प्रवृत्ति विकास हुँदै जान्छ । अपराधीको उन्मुक्ति समाजको बाधा हो तसर्थ घटनालाई पुरुषवादी नजरले हेर्नु र आरोपितलाई बचाउने काम कसैबाट गरिनु हुँदैन ।

कानुनमा उल्लेख छ, यस्ता घटनाबाट जोगिनको लागि वा आफ्नो करणी हुनबाट जोगिन विभिन्न उपाय अपनाउँदा बलात्कृत भएर रिस थाम्न नसकी पीडकलाई मारेमा सजाय हुनेछैन । तसर्थ आफ्नो रक्षाको लागि हदैसम्मको प्रतिकार गर्न सकिनेबारे जनचेतना जगाउनुपर्छ । टोल टोल वा विद्यालयमा यौन शिक्षा र यौन दुव्र्यवहार विरुद्धका चेतनामूलक शिक्षा दिइनुपर्छ

बरु घटनालाई जतिसक्दो चाँडो सम्बन्धित निकायमा पेस गर्नुपर्छ । समाजका अगुवा जनप्रतिनिधि, अधिकारवादी संस्था एवम् सम्बद्ध निकायले उद्धार र उपचारको कानुनी कार्वाहीमा जुट्नुपर्छ । पीडितलाई उचित क्षतिपूर्ति र पीडकलाई सजाय दिलाउनुपर्छ । घटना हुन नदिन र घटनाबाट बच्न पूर्वसतर्कता अपनाउनुपर्छ ।

सबै महिला तथा बालिकाहरुलाई आत्मरक्षा,किशोरी शिक्षा तथा सुरक्षाका कार्यक्रम सञ्चालन गरिनुपर्छ । आफ्नो सुरक्षा गर्न नसक्ने बालबालिकालाई घरपरिवार वा आफन्तबाट निगरानी साथ र निरन्तर सहयोग हुनुपर्छ ।

सुरक्षाका विविध उपाय अपनाउँदा पनि यस्ता घटनाउन्मुख समयमा के गर्न सकिन्छ त ?

कानुनमा उल्लेख छ, यस्ता घटनाबाट जोगिनको लागि वा आफ्नो करणी हुनबाट जोगिन विभिन्न उपाय अपनाउँदा बलात्कृत भएर रिस थाम्न नसकी पीडकलाई मारेमा सजाय हुनेछैन । तसर्थ आफ्नो रक्षाको लागि हदैसम्मको प्रतिकार गर्न सकिनेबारे जनचेतना जगाउनुपर्छ । टोल टोल वा विद्यालयमा यौन शिक्षा र यौन दुव्र्यवहार विरुद्धका चेतनामूलक शिक्षा दिइनुपर्छ ।

जबरजस्ती करणीको मुद्दा परेमा पीडितको लागि दण्डित साथै क्षतिपूर्र्ति पनि दिलाइन्छ । कसुरदारको सम्पत्तिबाट पीडितलाई क्षतिपूर्ति भराइन्छ भने उसको सम्पत्ति नभए महिला तथा बालबालिका कार्यालय (स्थानीय तह, सामाजिक विकास शाखा)बाट दिलाइन्छ ।

व्यक्तिको मानहानि, दुव्र्यवहार र हिंसाको चोट कुनै आर्थिक क्षतिपूर्तिले भरिन सक्दैन तसर्थ यस्ता घटना घट्न नदिन हामी सबैको पहल हुनुपर्छ । कानुनको पालना गर्नु गराउनु हामी सबैको कर्तव्य पनि हो।

विवेक र अनुशासन नै यस्तो एउटा हतियार हो जसले मानिसलाई खराब काम गर्नबाट जोगाउँछ । प्रेम, सद्धभाव र नैतिकताले भरिएको समाजमा अराजक तत्वको निष्कृयता हुन्छ ।

nirukcashru@gmail.com

सम्बन्धित खबर