आइतबार, ०९ कार्तिक २०७७
samadhannews
Baba Hardware Header add

पर्यटनः शून्यबाट सुरु गरौं

बुधबार, ०७ असोज २०७७

दीपेन्द्र पहारी

सन् २०१९ को डिसेम्बर महिनामा छिमेकी मुलुक चाइनामा पहिलोपल्ट कोरोना भाइरस देखिँदा नेपालमा पनि त्यसले असर पु¥याउला भन्ने कसैले पनि सोचेका थिएनन् ।

यद्यपि गत चैतको पहिलो सातादेखिनै जनजीवनको चहलपहल कम भइसकेको थियो । त्यसपछि त इटली, अमेरिका, बेलायत हुँदै नेपालमा पनि कोरोनाले आतंक मच्याउने संकेत देखेपछि सरकारले चैत ११ गतेबाट लकडाउनको घोषणा ग¥यो ।

हुन त कोरोनाको कहरले विश्व नै आक्रान्त भइरहेको बेला नेपाल मात्रै अछुतो कहाँ हुन्थ्यो र ? शैक्षिक, आर्थिक, सामाजिक लगायत क्रियाकलाप ठप्प भए । यसले सबै क्षेत्रलाई असर गरेपनि पर्यटन क्षेत्र बढी मारमा प¥यो ।

सरकारले २० लाख पर्यटक भित्र्याउने योजना स्वरुप, भिजिट नेपाल २०२० को घोषणा गरेर औपचारिक उद्घाटनसमेत भइसकेको थियो । तर कोरोनाको कारण देखाई धमाधम पर्यटकले आफ्नोे बुकिङ क्यान्सिल गर्न थाले । नेपालमै भएका विदेशी पर्यटकलाई पनि सम्बन्धित दुतावासले केही दिनमा नै चार्टर विमान मार्फत घर फर्कने चाँजोपाजो मिलाए ।

त्यसपछि त पर्यटकीय हब भनेर चिनिएका काठमाडौंको ठमेल, पोखराको लेकसाइडर चितवनको सौराहा पर्यटक नहुँदा सुनसान छन् । रोजगारी गुमेपछि पर्यटन मजदुर पनि घर फर्कन बाध्यछन् ।

सरकारकै २०२० को योजनालाई सफल बनाउन बैंकबाट ऋण समेत लिएर सेवा विस्तार गरेका पर्यटन व्यवसायीलाई भूकम्प, नाकाबन्दी, हिमआँधीपछि अर्को पीडा थपिदियो, लकडाउनले ।

अधिकांश होटेल रेस्टुराँ भाडामा लिएर सञ्चालित थिए । पर्यटक नभएपनि बिजुली पानीको महसुल, सरकारलाई कर र केही हदसम्म मजदुरलाई न्यूनतम तलब दिएर केही व्यवसायी १/२ महिनासम्म पर्खिए ।

पाहुनाको पर्खाइ कति टिठ लाग्दो र लामो हुन्छ, त्यो कुर्नेलाई नै थाहा हुन्छ । त्यसमाथि यो पर्खाइ कति लामो हुन्छ भन्ने अहिले नै यकीन गर्न सकिँदैन । हुनत भाइरस विरुद्धकोभ्याक्सीन नै अन्तिम उपाय होला । तर हामीजस्तो अविकसित मुलुकका लागि भ्याक्सिन पाउन धेरै समय कुर्नुपर्ने हुन्छ ।

धान्न नसक्ने भएपछि कतिले त सदाका लागि व्यवसाय नै बन्द गर्नुपर्ने बाध्यता आइलाग्यो र सँगसँगै धेरै पर्यटन मजदुर पनि यो क्षेत्रबाट पलायन हुनुप¥यो ।पर्यटन क्षेत्र ठप्प भएपछि यसैमा आश्रित अन्य क्षेत्र पनि प्रभावित भए ।

नराम्ररी प्रभावित बनेको त देशकै कृषि क्षेत्र हो, जसको उत्पादनले बजार पाएन ।अंकको हिसाबले कति खर्ब क्षति भयो भनेर लेखाजोखा गर्ने बेला होइन होला । अहिले त, कोमामा रहेको पर्यटनलाई कसरी आइसियुबाट निकालेर सञ्चो बनाउने भन्ने तर्फ सरकार, निजी क्षेत्र साथै सम्बन्धित निकाय सबै एकजुट भएर अघि बढ्नुको विकल्प छैन ।

भिजिट नेपाल २०२० बाट करिब ६ महिनाको प्रतिफल लिने बेला अधिकांश पर्यटन व्यवसायी बैंकको ऋण कसरी तिर्ने भन्ने चिन्तामा छन् ।यसमा निजी क्षेत्र मात्र नभई सरकार समेत उतिकै जिम्मेवार भएर अति प्रभावित पर्यटन व्यवसायीलाई मध्यनजर गरी यस क्षेत्रमागरेको ऋण लगानीको ब्याज तथा कर रकममा समयसापेक्ष सहुलियतका साथै पर्यटनमैत्री उदार अर्थनीति ल्याई थला परेको पर्यटनको घाऊमा मल्हम लगाउनु आजको तड्कारो आवश्यकता हो ।

देशको समृद्धिको एक मूल आधार पर्यटन हो । संस्कृति र प्रकृतिले धनी देश नेपालमा पर्यटन क्षेत्रलाई जोगाई राखे भविष्यमा यसले समृद्धिको ढोका खोल्ने नै छ ।

पाहुनाको पर्खाइ कति टिठ लाग्दो र लामो हुन्छ, त्यो कुर्नेलाई नै थाहा हुन्छ । त्यसमाथि यो पर्खाइ कति लामो हुन्छ भन्ने अहिले नै यकीन गर्न सकिँदैन । हुनत भाइरस विरुद्धकोभ्याक्सीन नै अन्तिम उपाय होला । तर हामीजस्तो अविकसित मुलुकका लागि भ्याक्सिन पाउन धेरै समय कुर्नुपर्ने हुन्छ ।

त्यतिबेलासम्म धेरै ढिला भइसकेको हुन्छ । स्वास्थ्यको प्रोटोकल पूर्ण रुपमा पालना गरी भियतनाममा होटेल तथा रेस्टुराँ चलेकाछन् । थाइल्यान्डमा त पर्यटकीय गतिविधि चलायमान भइसकेको छ । जापानमा, त्यहाँको सरकारले आर्थिक मन्दी हुने संकेत देखेर आन्तरिक पर्यटनका प्याकेज नै बनाएर पर्यटनव्यँुत्याएको छ ।

त्यसैगरी कोरोनाभाइरस सुरुभएको देश चाइनामा पनि प्राय सबैजसो पर्यटकीय गन्तव्य खुलिसकेका छन् । सुरु नगरी लक्ष्यमा पुगिँदैन,तसर्थ आन्तरिक पर्यटनमार्फत नै शून्यबाट सुरु गर्नुबाहेक अर्को विकल्प हामीसँग छैन ।

त्यसै त छ महिनामा करीब २५ प्रतिशत पर्यटन व्यवसायी पलायन भइसके । अझ यो स्थिती रहिरहे, अर्को छ महिनामा थप २५ प्रतिशत व्यवसायी पलायन हुनेछन् । यसलाई रोक्न पनि पर्यटन क्षेत्र चलायमान गराउनु एक अनिवार्य सर्त हो ।

कोरोनाले पर्यटन क्षेत्रलाई यतिसम्म क्षति पुर्‍याउला भन्ने कल्पना कसैले पनि गरेका थिएनन् । होटेल क्षेत्रमा प्रति महिना करीब २ अर्बको क्षति भइरहेको छ ।

योसँगै अन्य यातायात, ट्राभल, ट्रेकिङ, होमस्टे आदी को हिसाब गर्दा त ठूलो क्षति व्यहोरिरहेको छ,पर्यटन क्षेत्रले । एक विदेशी पर्यटक नेपाल आउँदा करिब एक दर्जन नेपालीले छोटैै समयका लागि भएपनि रोजगारी पाउने थिए तर हाल उनीहरु पनि बेरोजगार छन् ।

पछिल्लो छ महिनायता कोरोनाका कारणले क्षतिग्रस्त भएको पर्यटन फेरि लयमा फर्कन पक्कै पनि केही समय लाग्छ नै । अझ विदेशी पर्यटकको आगमनको त तत्काल सम्भावना नै छैन । त्यसमा पनि पहिलाको जस्तो मास टुरिजमको परिकल्पना नै नगर्दा हुन्छ ।

त्यसै त छ महिनामा करीब २५ प्रतिशत पर्यटन व्यवसायी पलायन भइसके । अझ यो स्थिती रहिरहे, अर्को छ महिनामा थप २५ प्रतिशत व्यवसायी पलायन हुनेछन् । यसलाई रोक्न पनि पर्यटन क्षेत्र चलायमान गराउनु एक अनिवार्य सर्त हो ।

सयौं वर्षको इतिहास बोकेका विश्वका चर्चित पर्यटकीय क्षेत्रहरु यसरी एकैपटक बन्द भएको सम्भवतः यो पहिलो घटना हो । जसका लागि विश्व पर्यटन लगायत नेपालको पर्यटन क्षेत्र पनि उठ्नै नसक्ने गरी घाइते भएको छ । तर यही नैराश्यता बीच ६ महिनाको क्षतिलाई सम्झँदै एकजुट भई उठ्ने बेला आएको छ ।

तबमात्र पर्यटन क्षेत्र लयतर्फ फर्कने सम्भावना रहन्छ । यसमा पर्यटन क्षेत्रलाई जीवन्त राख्न निजी क्षेत्रको सक्रियता, सम्बन्धित निकायको तदारुकतासँगै राज्य पक्षको जिम्मेवारी उत्तिकै महत्वपूर्ण छ ।

सम्बन्धित खबर