आइतबार, ०९ कार्तिक २०७७
samadhannews
Baba Hardware Header add

निरीह विश्वविद्यालयका टुहुरा विद्यार्थी

शुक्रबार, ०९ असोज २०७७

सामना रेग्मी

सार्स र स्पेनीस फ्लूको बारेमा राम्रो जानकार नभएता पनि पछिल्लो समयको कोरोनालाइ राम्रोसँग जान्ने अवसर मिल्यो । हतास मनस्थिति, भयावह नठानेर मजबुत आत्मबल भएको खण्डमा कोरोनाबाट जोगिन सकिन्छ ।

कोरोनाको बारेमा सुन्दा, भोग्दा हाउगुजी ठानिए पनि आफ्नो मन र मस्तिष्कलाई सम्हालेको खण्डमा सकारात्मक दिशातर्फ जान सकिन्छ ।

पहिलेपहिले गाउँगाउँमा नयाँ मान्छे आए घोचो लिएर बस्ने युवा अहिले माक्स र सेनेटाइजरको प्रयोगमा जोड दिँदै आएका छन् । कोरोनाको कारण पछिल्लो समयमा माक्स तथा सनेटाइजरको व्यापार व्यवसाय राम्रोसँग फस्टाएको छ ।

जसरी तिज बित्यो त्यसै गरी दसै‌ँतिहारको पनि विदा हुनेछ । हाम्रा दिन पनि यही हर्ष न विस्मातमा बित्नेछ । चीन अझै सुरक्षित छैन, रुस अमेरिका ब्राजिलले आफूलाई सम्हाल्नै धौधौ छ । स्पेन र इटालीले धन्नै आफ्नो अस्तित्वनै गुमाएका थिए । यो दसैंको टीका अब इन्टरनेटबाट लगाउनुपर्ने देखिएको छ ।

सहरी क्षेत्रमा बढ्दो प्रकोपको कारण भय र त्रासका कारण भाडावर्तन बोकेर काठमाडौंबाट गाउँ फर्केका युवाहरुले परिवारसँग सामीप्यता जोडेको पनि अहिले ६ महिना बितेको छ । तर पनि कोरोनाको आयु सकिने छाँटकाट देखिएको छैन । उल्टै सिंगो मानव जगतमा भयको डेरा जमाएर बसेको छ ।

चीन र रसिया दाहिना भएमा मैले दसैं तिहार मनाएर पठाउनु पर्ला भन्ने सोंच बनाएको थिएँ । रहर भरिने गरी थकान र चिन्ता मेटिने गरी उल्लासमय ढंगले वर्ष दिनमा आउने दसंै तिहार मनाउने योजना बनाएको थिएँ ।

हाम्रा चाडपर्वहरु वास्तवमा नै हामी विद्यार्थीको निम्ति सबैभन्दा बढी उत्साहित हुने र स्कुल छँदा छुटेका दौतरीसँग जोडिएर रमाइलो गर्ने माध्यम हुन् । तर यसपटक आफ्नै घरको बन्द कोठाभित्र बसेको ६ महिना बितिसक्दा पनि पल्लो गाउँको साथीलाई धित मर्नेगरी आँखा जुधाएर बालापन खोल्न पाएको छैन । मलाई के राम्रैसँग थाहा छ ।

जसरी तिज बित्यो त्यसै गरी दसै‌ँतिहारको पनि विदा हुनेछ । हाम्रा दिन पनि यही हर्ष न विस्मातमा बित्नेछ । चीन अझै सुरक्षित छैन, रुस अमेरिका ब्राजिलले आफूलाई सम्हाल्नै धौधौ छ । स्पेन र इटालीले धन्नै आफ्नो अस्तित्वनै गुमाएका थिए । यो दसैंको टीका अब इन्टरनेटबाट लगाउनुपर्ने देखिएको छ ।

मेरा आफन्तले मलाई आशिर्वाद कोरोना अब सधैका लागि मानव जगतबाट हटी जाओस् भनी दिनुहुनेछ । किनकी म मात्र बाँचेर के गर्नु जब मानव अस्तित्व नै नामेट हुने गरी भयावह दिन दुई गुणा रात चौ गुणाको दरले बढेको छ ।

म अहिले नेसनल ओपन कलेज काठमाडौंमा बिबिए आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुँ । कोरोनाले नगिज्याउँदासम्म सातौं सेमेस्टरको परीक्षाका लागि जुटेकी थिएँ, त्यति बेला चीनको कोरोना भारत हुँदै नेपाल छिरेको खबरले भविश्य कोर्दै गरेको मेरो कलमले भोलीको परीक्षाको सामना गर्न नपाउने समाचार फेसबुकको भित्तामा छरपस्ट लेखिएका थिए ।

यस्तो महामारीमा राजधानी बस्न उचित नहुने ठानी पोखरा हानिए । अकश्मात बतास चले झै होस हवास उड्ने गरी खबरहरु समाचार बन्न थाले । सबैको नजर सरकार र स्वास्थ्य क्षेत्रतर्फ केन्द्रीत हुन थाले । आफन्तहरुको गाउँबाट फोन आउन थाल्यो ।

बैंकको इन्टर्न बिचमै स्थगन गरेर फिर्ती हुनुपर्ने भयो । रिपोर्टको निम्ति दिन नपुग्दै त्यसै छोड्नु मेरो अल्छिपना नभएर ज्यान जोगाउने बाध्यता थियो ।

विचरा मेरो विश्वविद्यालयले अस्ति मात्रै पदाधिकारी नभएको दुखद वार्षिकोत्सव मनायो । आजसम्म सरकारले कुनै नियुक्ति दिन सकेको छैन । कठ्ठै त्यो भिसी र रजिस्ट्रारका कुर्सी पनि मक्किए होलान् । सायद आफै एक्लो बन्द कोठामा रुँदै पो छ कि ।

न आजसम्म मेरो आन्तरिक मूल्यांकन भएको छ, न बैंकको फाइनल रिपोर्ट नै आएको छ । यही दोधारमा अल्झिएको छ, आज म जस्ता धेरै विद्यार्थीको भविश्य । मात्र म एक प्रतिनिधि पात्र बनेकी छु ।

म सकसमै बाँचेकी छु, अनि सँगै पढेकी पनि । कुन पढुँ दोधारमा छु, विगतमा छुटेको परिक्षाको तयारी गरुँ या सातौं तहको घोकु वा आठौं तहको अनलाइन कक्षामा सहभागी बनौं । यस्तो जटिलताले गाजेको भद्रगोलबाट म कस्तो जनशक्तिमा रुपान्तरण हुने हो ।

देशको भार मात्र बन्ने त होइन ? अनि परिवारको बोझ पो बन्ने हुँ कि भन्ने चिन्ता छ । यस्तै खैलाबैलाले न पढेको बुझ्छु न परिवारसँग खित्का छोडेर छोडेर हास्न नै सक्छु, न पिरले पुस्तक बाहिरको जिन्दगी जिउन नै सक्छु ।

उता शिक्षकको टोकसो यता पढाइको बेरुचि, परिवारको गनगन, लकडाउनले कलेज जान नपाउनु, पुस्तकको अभावले आफ्नो क्षमता तौलने तराजुमा आँखा छोपेको भानमा छु ।

विचरा मेरो विश्वविद्यालयले अस्ति मात्रै पदाधिकारी नभएको दुखद वार्षिकोत्सव मनायो । आजसम्म सरकारले कुनै नियुक्ति दिन सकेको छैन । कठ्ठै त्यो भिसी र रजिस्ट्रारका कुर्सी पनि मक्किए होलान् । सायद आफै एक्लो बन्द कोठामा रुँदै पो छ कि ।

लाचार सरकार भनू या निरीह विश्वविद्यालय विद्यार्थी त त्यसै टुहुरा नै थिए, झन् ‘पोले माथि फकुन्डो’ बन्दै कोरोना ठिंग उभिएर अर्को बज्रपात थपिएको छ । न कुनै शैक्षिक क्यालेन्डर, न कुनै विषम परिस्थितिको सहज निर्णय, यस्तो उदेकलाग्दो विश्व विद्यालयको गोल्ड मेडलिस्टको दौडमा आतुर एक निरीह विद्यार्थी हुँ म ।

साथीहरुसँग फोन म्यासेन्जरमा यी र यस्तै विषयमा कुरा हुने गरेका छन । प्रायःले आफ्नो गाउँले जीवन र अनुभूति थपथाप गरेर सुनाउछन ।

फोटो खिच्नकै लागि भए पनि हातमा हसिया र पिठ्युँमा डोको बोकेको तस्विर माई डेमा पोस्ट्याउन भ्याएकै हुन्छन । भारी बोकाइले नै थाहा हुन्छ कटाई कस्तो छ भन्ने तर पनि लभ रियाक्ट त दिनै पर्‍यो साथीको मर्दन राख्नकै निम्ति ।

क्यान्टिनको अंकलले पकाएको परौठा अनि बैंक जानु अगाडि अन्टीले पकाएको एकनासे दाल भात तरकारी सम्झँदा पनि मुख रसाएर आउँछ । बाटोमा साथीहरूसँग हात समाएर हल्लाउँदै गफ गरेका हरपल सम्झिएर एक्लै कोठामा मुस्कुराउँदा गुन्जयमान हुन्छ ।

गुनासै गुनासोले भरिएका मनहरु फुकाएर धक पुग्ने गरी संगीहरुलाई पहिलो भेटमै नछुटिने अंकमाल गर्ने मेरो तीब्र इच्छा कहिले पूरा होला । यही प्रतीक्षामा लामो सुस्केरा हाल्दै बसेकी छु ।

मलाई विश्वास छ, अब छिट्टै मेरो विश्वविद्यालयले अभिभावक पाउने छ । अनि मेरो भविष्यसँग जोडिएका निर्णयहरुमा अभिभावकको देब्रे छातिको खल्तिको रातो कलमले हस्ताक्षर गरेर सुनौलो ज्योति छर्नेछ, बस यही पर्खाइमा छु ।

सम्बन्धित खबर