बुधबार, ०५ कार्तिक २०७७
samadhannews
Baba Hardware Header add

फोर्स मोटर्स र माछापुच्छ्रे बै‌ंकबीच सम्झौता

शुक्रबार, २३ असोज २०७७

समाधान संवाददाता, पोखरा

फोर्स मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालि र माछापुच्छ्रे बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

बिहीबार एक सम्झौतापत्रमा आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुवबहादुर थापा र माछापुच्छ्रे बैंकका गण्डकी प्रदेश प्रमुख दिनेश दवाडीले हस्ताक्षरण गरेका छन् ।

आयामले बिगत ६ वर्षदेखि नेपालमा फोर्स मोटर्सका गाडीहरु बिक्री गरिरहेको छ ।

काठमाडौं, हेटौंडा, पोखरा र इटहरीमा आयामको आफ्नै शोरुम छन् भने नेपालका विभिन्न सहरमा डिलर नेटवर्क विस्तार गरी फोर्सका गाडी बिक्री भइरहेको र बैंकसँगको सम्झौताले ग्राहकलाई थप सुविधा उपलब्ध हुनेहिमालय अर्गनाइजेसन र आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुव थापाले बताए ।

फोर्स मोटर्सका गाडी खरिद गर्ने ग्राहकलाई बैंकले देशभरका शाखाबाट सहज रुपमा ७५ प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध गराउने बैंकका प्रदेश प्रमुख दिनेश दवाडीले बताए ।

हिमालय अर्गनाइजेसन पोखराको प्रतिष्ठित व्यावसायिक घराना भएकाले अन्य व्यावसायिक क्षेत्रमा पनि सहकार्य गर्न सकिने शाखा प्रवन्धक प्रदीप श्रेष्ठले बताए ।

धेरै सिट क्षमता, इन्जिनको वारेन्टी ३ वर्ष वा ३ लाख किमी, मर्सिडिज इन्जिनको लाइसेन्स प्राप्त लगायतका विशेषताले फोर्स मोटर्सप्रति ग्राहकको आकर्षण बढेको निर्देशक निरन केसीले बताए ।

सम्बन्धित खबर