बुधबार, ०५ कार्तिक २०७७
samadhannews
Baba Hardware Header add

डाक्टर केसी र सरकारबीच सहमति !

शुक्रबार, २३ असोज २०७७

समाधान संवादाता, काठमाण्डाैं ।

सरकार र आमरण अनसनरत डा. गोविन्द केसीबीच सहमति भएको छ । श्राेतका अनुसार उनले मागे बमाेजिमकाे माग पुरा गरिएकाे छैन् । यद्यपी सबै मागलाई घुमाउराे पाराले सम्बाेधन गरिएकाे छ ।

दुबै वार्ता टोलीले सहमतिलाई औपचारिकता दिएपछि आजै अनसन तोड्ने तयारी रहेको उच्च स्रोतले बताएको छ । शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार नै सहमति नजिक पुगिसकेका थिए ।

स्रोतका अनुसार विश्वविद्यालय, आईओएम, काउन्सिल र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड ऐनमै राख्ने र ऐन संशोधन नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्ति गर्ने सहमति भएको अनलाइन खबरले समाचार ब्रेक गरेकाे छ ।


सम्बन्धित खबर