सोमबार, ०३ कार्तिक २०७७
samadhannews
Baba Hardware Header add

बलात्कार, प्रवृत्ति र मृत्युदण्ड

शुक्रबार, ३० असोज २०७७

बद्रीप्रसाद वाग्ले

पछिल्लो समयमा महिला र बालबालिमकामाथि हिंसा बलात्कारजस्ता जघन्य अपराध दिनानुदिन बढ्दै गएको घटनाले सञ्चार माध्यममा प्रमुख स्थान पाउन थालेपछि आएका प्रतिनिधिमूलक भनाइ हुन् ।

भर्खरै मात्र कैलालीमा आफ्नै बुबाबाट ११ वर्षीय छोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।

बझाङको मस्टा गाउँपालिका २ की १२ वर्षीय बालिका सम्झना विकको बलात्कार पछि हत्या भयो ।

बलात्कारीको यौनांग छेदन गर्नु पर्ने, मुत्यु दण्ड दिनु पर्ने भन्ने मागसहित सडकमा समेत आवाज आउन थालेका छन् ।

माइतीघर मण्डलामा धेरै समयदेखि बलात्कारका अपराधीलाई फाँसी दे भनेर नारा गुन्जेको छ ।

निर्मला पन्तको न्यायकालागि सडकदेखि सदन सम्म तात्यो ।बलात्कारका घटनाहरुमा यसरी दबाबसिर्जना हुँदासमेत कमी आएको छैन भने अवस्था जहाँको त्यहिँ छ आखिर किन ?

मुत्युदण्ड वा कडा कानुन बनाएर मात्र बलात्कारका घटनाको समस्या समाधान नहुन सक्छ भन्ने मानसिकताबाट अलि बाहिर निस्कनै पर्दछ।

त्यसका लागि यसका केहि मनोवैज्ञानिक कारणहरुले प्रभाव पारिरहेको समेत हेरिनु पर्ने हुन्छ ।

सर्वप्रथम मानिसले बलात्कार तथा हत्याजस्तो जघन्य अपराध गर्न किन तयार भयो खोजिनु पर्दछ ।

पहिलो भनेको विद्यमान कानुन कार्यान्वयनमा नै हामी चुक्यौं ।यहाँ खुलेआम अपराधका घटना भएका छन् । तर ती घटनाका अपराधीलाई कानुनी दायरा हामीले ल्याएनौं।

मान, पद, प्रतिष्ठा र शक्तिको दुरुपयोग गरी हामीले अपराधीलाई पूर्णरुपमा कानुनी कारवाहीमा लैजान दिएनौं जसले गर्दा अपराध गरेपनि म सुरक्षित छु भन्ने मनोविज्ञानले काम गरेको छ।

विगतको द्वन्द्वको सही व्यवस्थापन गर्न सकेनौं । लामो द्वन्द्वको हिंसात्मक घटना प्रत्यक्ष तथा परोक्ष रुपामा भोगेका त्यतिबेलाका बालबालिका तथा किशोर किशोरी अहिले वयस्क भएका छन्।

मान, सम्मान, आदर, माया, ममता लगायतका विषय हाम्रो पाठ्यक्रमले समेट्न सकेन । धामिक विश्वास र आस्था कम हुँदै गयो । जसले गर्दा मानिसमा अपराध गर्न हुँदैन भन्ने भावना घुसाउन सकिएन ।

उनीहरुको मानसिकतामानै विगतको जघन्य घटनाहरु उनीहरुको मानस पटलमा खेलिरहेको हुन्छ ।

द्वन्द्वको समयमा विछिप्त भएको मन र भावनालाई सामान्यीकरण गर्न कुनै काम गर्न सकेनौं जस्ले गर्दा समाजमा हिंसात्मक घटनामा बढ्दै गएको छ ।

मानिसलाई नैतिकवान र सद्गुणमा लगाउने अर्को माध्यम भनेको नैतिक शिक्षानै हो ।

हाम्रो शिक्षा प्रणालीमा नैतिक शिक्षाको ठूलो अभाव छ । खराब आचरण भनेको के हो र यसबाट कसरी सुरक्षित हुने ?

मान, सम्मान, आदर, माया, ममता लगायतका विषय हाम्रो पाठ्यक्रमले समेट्न सकेन । धामिक विश्वास र आस्था कम हुँदै गयो । जसले गर्दा मानिसमा अपराध गर्न हुँदैन भन्ने भावना घुसाउन सकिएन ।

साइकोपथ (असामाजिक व्यक्तित्व), यस्ता व्यक्तिले आफ्नो घरपरिवार र समाजमा जो सुकैलाई पनि दुख दिने, सानो सानो कुरामा पनि ठूलो बदला लिन खोज्ने, हत्या बलात्कार गर्न समेत पछि नपर्ने भएको हुँदा उनीहरु जस्तोसुकै जघन्य अपराध गर्न पनि पछि पर्दैनन् ।

अर्कोतर्फ मेनिया जस्तो कडा मानसिक रोग लागेको व्यक्ति पनि सधै उत्तेजित हुन्छन् ।

सामान्य रुपमा हेर्दा यस्ता व्यक्ति रोगी जस्ता पनि देखिँदैनन् तर उनीहरुको व्यवहार र विचार भने अव्यहारिक र अनौठो किसिमको हुन्छ ।

यस्ता व्यक्तिमा यौन चाहना पनि तीब्र हुन्छ जसलाई उनीहरु नियन्त्रण गर्न सक्दैन र बलात्कार समेत गर्न सक्छ ।

यौन तथा प्रोनोग्राफीको लतमा लागेका व्यक्तिहरु यौनप्रति अतिनै आशक्त हुन्छन् ।

उनीहरुले यौनप्यास मेटाउन प्रोनोग्राफी तथा साइबर सेक्सको सहयोग लिएका हुन्छन् ।

किशोर अवस्थामा आउने शारीरिक परिवर्तनसँगै सेक्स हर्मोन बढ्दा उनीहरुमा यौन चाहना बढ्छ जसले गर्दा लहैलहैमा चेतना गुमाइ बलात्कार गर्न पुग्छन् भने वयस्कले आफ्नो यौन पाट्नरसँग यौन सन्तुष्टि लिन नसकी यौन कुण्ठाका कारण धैर्य गुमाएर बलात्कार गर्न पुग्छ ।

त्यस्ता सेक्स भिडियोमा बाबु छोरी, दाजु बहिनी, आमा छोरा, शिक्षक विद्यार्थी, समूह सेक्स आदि प्रसस्त पाइन्छन् ।

जसले गर्दा उनीहरुको भावनामै हाडनाता करणीजस्ता विषय सामान्य हुन आउँछ र यौनको प्यास मेटाउन जुनसुकै समयमा जो कसैलाई बलात्कार गर्न सक्छन्।

जब यौन प्यास मेटिन्छ उनीहरुले आफन्तको अवस्था विछिप्त भएको पाउछन् र उक्त घटना लुकाउन हत्या समेत गरेका हुन सक्छन् ।

किशोर अवस्थामा आउने शारीरिक परिवर्तनसँगै सेक्स हर्मोन बढ्दा उनीहरुमा यौन चाहना बढ्छ जसले गर्दा लहैलहैमा चेतना गुमाइ बलात्कार गर्न पुग्छन् भने वयस्कले आफ्नो यौन पाट्नरसँग यौन सन्तुष्टि लिन नसकी यौन कुण्ठाका कारण धैर्य गुमाएर बलात्कार गर्न पुग्छ ।

अर्कोतर्फ लागु पदार्थको कुलतमा फसेको तथा नसाको सुरमा भएको व्यक्तिले पनि धैर्य गुमाइ बलात्कार जस्तो जघन्य अपराध गर्न सक्छ भने सानै उमेरमा आफू स्वयं यौन दुव्र्यवहारको सिकार भएको व्यक्ति पछि गएर यौन अपराध गर्न सक्छ।

यी र यस्ता घटनाबाट विचलित भएको हाम्रो समाजमा के बलात्कार तथा हत्या रोक्न मृत्युदण्ड आवश्यक हो ?

विश्वको इतिहास हेर्ने हो भने को मृत्यदण्ड दिइएका देशमा अपराध सुन्य छ या घटेको छ ?

एम्नेस्टी इन्टरनेसनलका अनुसार सन् २०१९ मा ६ सय ५७ जनालाई मृत्युदण्ड दिएको घटना बाहिर आएको बताएको छ ।

अर्कोतर्फ सन् २०१९ सम्म आइपुग्दा विश्वका १ सय ६ देशहरुका कानुनले सबै अपराधका लागि मृत्युदण्ड खारेज गरेका छन ।

यसरी हेर्दा विश्वका १ सय ४२ भन्दा बढी देशहरुले कानुन वा अभ्यासमा मृत्युदण्ड प्रावधान अस्वीकृत गरेका छन्।

बलात्कार तथा जघन्य अपराध न्यूनीकरणका लागि विद्यमान कानुनको कार्यान्यवन नै प्रमुख चुनौती हो ।

हामीले विद्यमान कानुनलाईनै पूर्ण कार्यान्वयको अभ्यासमा ल्याउन सकेका छैनौं ।

अर्कोतर्फ यौन समस्याबाट विचलित भएका व्यक्तिहरुको मानसिक तथा मनोसामाजिक समस्या निवारण गरी स्वस्थ बनाउनु, बालबालिका र किशोर किशोरीलाई नैतिक तथा व्यावहारिक शिक्षामा जोड दिन, नैतिकवान नागरिक बनाउन सकेमा बलात्कारजस्ता जघन्य अपधारबाट कुनै पनि व्यक्ति सुरक्षित हुन सक्छन् ।

यौन तथा प्रोनोग्राफीको पहुँचबाट किशोर किशोरीलाई टाढा राख्न तथा कुलत र लागु पदार्थको सेवनबाट नागरिकलाई बचाउन सकेमा अवश्य नै बलात्कार र यौन हिंसाबाट महिलालाई बचाउन सकिन्छ ।

स्वस्थ मानसिकता भएको व्यक्तिले समाज स्वीकार्य व्यवहार गर्छ । उसले कुनै कार्य गर्नुभन्दा अगाडि उक्त कार्यले ल्याउने परिणामको विचार गरेको हुन्छ तथा ठीक बेठीक छ्ट्याउन सक्छ ।

विश्वमानै टेस्टेड भएको मृत्युदण्ड सम्बन्धी कानुन विश्वबाटनै हट्दै गएको वर्तमान सन्दर्भमा हाम्रो देशमा बसहको सहतमा आउनुले कतै हामी मुख्य समस्याभन्दा बाहिर बहकिएका त छैनौं ?

मृत्युदण्ड मात्रै बलात्कार तथा हिंसा अन्त्यको अचुक उपाय होइन ।हामीले यो सवालमा पनि ख्याल गर्नु पर्दछ कि हरेक पुरुष सम्भावित बलात्कारी हुँदैन ।

यसको मतलब हामीलाई जन्म दिने बाबु आफ्नो दाजुभाइ सबैलाई बलात्कारीको रुपमा हेर्नु हुँदैन।

नेपालमा मृत्युदण्ड सम्वन्धी कानुनको बहस चल्नु र कानुन बन्नुभन्दा पनि मनोसामाजिक समस्यामा भएका व्यक्तिसँग उचित विमर्श गरी आपराधिक मानसिकताबाट बाहिर निकाल्नु र विद्यमान कानुन कार्यान्वयन गर्नु आजको आवश्यकता हो ।

सम्बन्धित खबर