सोमबार, ०३ कार्तिक २०७७
samadhannews
Baba Hardware Header add

जावा मोटरसाइकलको बिक्री सुरुवात

शुक्रबार, ३० असोज २०७७

समाधान संवाददाता,पोखरा

क्लासिक लिजेन्ड्सले नेपालमा जावा मोटरसाइकलको औपचारिक रुपमा बिक्री थालेको छ ।

नेपालमा महिन्द्रा टु व्हिलर्स एन्ड जेनेरेटर्सको आधिकारिक बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा डिलरसिपका बिक्रीकक्षहरूको बिक्री सुरुआत गरेको हो ।

भर्चुअल रुपमा मोटर साइकलको बजार प्रवेश कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले नेपालका मोटर साइकल चालक (राइडिङ समूह), जावाप्रेमीहरूको लामो समयदेखि प्रतीक्षा पूरा भएको बताए ।

क्लासिक मोटरसाइकल ल्याउन पाउँदा कम्पनीउत्साहित भएको उल्लेख गर्दै उनले मोटरसाइकलले मोटर रेसहरूमा प्रभुत्व जमाएर विश्वभरी थुप्रंै पदक जितेको धारणा राखे ।

‘जाभाको पुनर्जीवनका पछाडी रहेको क्लासिक लेजेन्ड्सले धेरै पक्षहरूलाई कायमै राखेको छ,’ निर्देशक श्रेष्ठले भने, ‘आधुनिक प्रविधिले भरिएको क्लासिक लुकको जाभा भरपर्दो, अतुलनीय, अटुट एक क्लासिक र लिजेन्ड्री मोटरसाइकल हो ।’

अग्नि समूहका सबै क्लासिक लिजेन्ड्ससँग साझेदारी गरेर नेपालमा लिजेन्ड्सलाई अन्ततः नेपालमा ल्याउन पाएकोमा अत्यन्तै गर्वित भएको उनले उल्लेख गरे ।

कार्यक्रममा सञ्जय गुप्ता, सागरिक श्रेष्ठले बोलेका थिए । जावा सिगंल च्यानल एबिएस मोडलको मुल्य ६ लाख ४८ हजार ५ सय कायम गरिएको छ ।

अर्को भेरिएन्ट जावा डुअल च्यानल एबिएसको मूल्य ६ लाख ७६ हजार ५सय रुपैयाँ तोकिएको छ । मोडल जावा फोर्टी टु भरियन्टमा आएका छन् ।

काठमाडौं, पोखरा, इटहरी, धरान, नारायणगढ, लाहन, बुटवल लगायत स्थानमा बिक्री कक्षहरू पूर्ण सञ्चालनमा आएसँगै ग्राहकहरूले जावा र जावा फोर्टी टु गरी दुई प्रतिष्ठित मोडलहरूको बुकिङ र टेस्ट–राइड गर्न पाउने भएका छन् ।

सम्बन्धित खबर