शुक्रबार, १२ मङि्सर २०७७
samadhannews
Baba Hardware Header add

गण्डकीमा थप १ संक्रमितको मृत्यु

सोमबार, ०३ कार्तिक २०७७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । बागलुङ नगरपालिका १३ की ४८ वर्षीया महिलाको आइतबार मृत्यु भएको हो । उनको कुश्मा नगरपालिका ५ मा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार उनको रिपोर्ट आइतबार पोजेटिभ आएको थियो । ती महिलामा मधुमेहको समस्या थियो ।

योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १६, नवलपुर र तनहुँका ९/९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३, म्याग्दीका १ जना छन् ।

सम्बन्धित खबर