शुक्रबार, १२ मङि्सर २०७७
samadhannews
Baba Hardware Header add

गण्डकीमा थपिए ९१ संक्रमित, कास्कीका ७१ जना

सोमबार, ०३ कार्तिक २०७७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा ९१ जना संक्रमित थपिएका छन् । प्रदेशको ३ जिल्लामा ९१ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

थपिनेमा कास्कीका ७१ जना छन् । कास्कीका ७१ संक्रमितमध्ये ५ जना चरक मेमोरियल अस्पतालका हुन् ।

तनहुँमा १८ र लमजुङमा २ जना थपिएका छन् । यससँगै गण्डकीमा संक्रमितको संख्या ५ हजार ९ सय ८ पुगेको छ ।

३ हजार ४ सय ९९ जना निको भएका छन् भने ५३ जनाको ज्यान गएको छ ।

सम्बन्धित खबर