शुक्रबार, १२ मङि्सर २०७७
samadhannews
Baba Hardware Header add

गण्डकी मेडिकल कलेजमा पोखरा २२ का संक्रमितको मृत्यु

मङ्गलबार, ०४ कार्तिक २०७७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १ संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका २२ का ४४ वर्षे पुरुषको गण्डकी मेडिकल कलेजमा आज मृत्यु भएको हो ।

सोमबार कोरोना पुष्टि भएका ती पुरुषमा निमोनिया र श्वासप्रश्वासको समस्या थियो । योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

मृत्यु हुनेमा कास्कीका १७, नवलपुरका १०, तनहुँका ९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३, म्याग्दीका १ जना छन् ।

सम्बन्धित खबर