शुक्रबार, १२ मङि्सर २०७७
samadhannews
Baba Hardware Header add

तारकाङमा बन्यो वडाको भवन

बुधबार, ०५ कार्तिक २०७७

समाधान संवाददाता,पोखरा

कास्कीको मादी गाउँपालिका वडा नम्बर ४ तारकाङमा वडा कार्यालय भवनको निर्माण कार्य पूरा भएको छ ।

जिल्ला समन्वय समिति कास्कीबाट ३५ लाख १२ हजार १ सय २३ र गाउँपालिकाको २३ लाख ४१ हजार ४ सय १४ समेत गरी कुल ५८ लाख ५३ हजार ५ सय ३८ रुपैयाँको लागतमा कार्यालय निर्माण गरिएको अध्यक्ष सत्यराज सापकोटाले जानकारी दिए ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले भवनको उद्घाटन गर्दै स्थानीय सरकारलाई जनताले साथ दिएको कारण वडा कार्यालय छिटो निर्माण भएको बताए ।

उनले नयाँ भवनसंगै जनतालाई छिटो र सहज तरिकाले सेवा प्रवाह हुने विश्वास व्यक्त गरे ।

मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले पालिकामा निर्माणधिन ७ वडा कार्यालयहरु मध्ये सबै भन्दा छिटो भवन निर्माण भएको बताए ।

उनले जिल्ला समन्वय समितिको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत बजेटबाट मादीका ७ वडा कार्यालयहरु निर्माण भइरहेको जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी नवराज बराल, जिल्ला समन्वय समित कास्कीका सदस्य वृहस्पति सापकोटा, नेकपा कास्की जिल्ला सदस्य बुद्विसागर सापकोटा, नेकपा मादी गाउँपालिका संयोजक कृष्णराज दाहाल, नेपाली काँग्रेस मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ, मादी ११ का वडा अध्यक्ष मित्रबहादुर गुरुङ, भवन निर्माण समितिका संयोजक पुण्य सापकोटा, वडा सदस्य शिव सापकोटा, वडा सचिव बलराम सापकोटा लगायतले भवन निर्माणको बारेमा बोलेका थिए ।

१५ रोपनी क्षेत्रफलको वडा कार्यालय निर्माणको लागि स्थानीय १८ जना जग्गादाताले निशुल्क रुपमा जग्गा उपलब्ध गराएका थिए ।

ती जग्गादाताहरुलाई कार्यक्रममा दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

सम्बन्धित खबर