किसानले बेचे १० लाखको गुलाब

कृष्ण आचार्य (रासस)
पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ ।
प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाबको उत्पादन हुन नसके पनि व्यावसायिक रुपमा फूलको खेती गर्ने केही किसान पनि छन् । उनीहरुले उत्पादन गरेको गुलाबले बजारको माग केही हिस्सा मात्र पूरा गर्न सकेको छ ।
गुलाबको कम उत्पादन भइरहेपनि चितवनका १ युवा किसानले भने ३ महिनाको अवधिमा रु १० लाखको गुलाब बिक्री गरेका छन् । १५ कट्ठा जग्गामा गुलाब खेती गरेका भरतपुर महानगरपालिका–१८ गुन्जानगरका प्रकाश पन्तले ३ महिको अवधिमा रु १० लाखको फूल बिक्री गरेका हुन । रु १० लाखको गुलाब बिक्री गर्दा खर्च कटाएर रु ३ लाख फाइदा भएको बताएका उनकाे फार्ममा यतिबेला ढकमक्क गुलाब फुलेका छन् ।
“दैनिक १ हजार देखि १ हजार २ सय स्टिक गुलाब उत्पादन हुने गरेको छ, पन्तले भने, वैशाखमा लगाइएको बिरुवाले मङ्सिरबाट उत्पादन दिन थालेको हो ।” प्रणय दिवसको अवसमा चितवनमा मात्रै २० हजार स्टीक गुलाबको माग रहेको फ्लोरिकल्चर एशोसियशन नेपाल चितवन शाखाका अध्यक्षसमेत रहेका उनले बताए।
बिरुवा रोपेको ६ महिनाबाट ४ वर्षसम्म उत्पादन लिन सकिने गुलाबको उत्पादन मङ्सिरमा थोरै भए पनि पुस र माघमा भने राम्रो उत्पादन भएको उनकाे भनाइ थियो । गुलाबको होलसेल मूल्य प्रति स्टिक रु १४-१५ पर्छ । “गुलाब उत्पादन गर्न खर्चिलो छ, पन्तले भने”, एउटा बिरुवाको रु १ सय पर्छ ।” हल्याण्डबाट ल्याएको माउबोटलाई उहाँले ‘ग्राफ्टिङ’ गरेर आफ्नै फार्ममा बिरुवा तयार गर्नुभएको हो । यो याममा गुलाब प्रायः भारतबाट आयात हुन्छ ।
“नेपालमा उत्पादन गर्नसके बजारको कुनै समस्या छैन । २० देखि ३० डिग्री तापक्रम र करीब १२ घण्टा उज्यालो भयो भने गुलाब राम्रो फुल्छ । चितवनको मौसमअनुसार उज्यालो पुग्ने बेला तापक्रम बढी हुने र तापक्रम ठिक्क हुने बेला उज्यालो पुग्दैन”, पन्तले भने, “मौसमको अनुकूलता नमिल्ने भएका कारण जति उत्पादन हुुनुपर्ने हो त्यो अनुपातमा हुन सकेको छैन ।”
विदेशमा बत्तीको व्यवस्था गरेर उज्यालो बनाइएको हुन्छ, त्यो प्रविधि जोड्न खर्चिलो छ, १ किसानले मात्रै सम्भव छैन भन्दै उहाँले प्रविधिमा पछाडि परेकै कारण गुलाब खेती क्रमशः घटदै गएको जानकारी दिए । विदेशबाट ठूलो परिमाणमा गुलाब आयात भइरहँदा पनि राज्यले गुलाब खेतीतर्फ ध्यान नदिएको पन्तको गुनासो थियो । चितवनमा गुलाबखेती गर्ने किसान न्यून छन् । नारायणगढमा गुलाबलगायतको फूलको व्यापार गर्ने आधा दर्जन पसल छन् । गुलाबको फूल घर तथा होटलको सजावट, विवाह, जन्मदिनलगायत विभिन्न शुभकार्यमा प्रयोग गरिन्छ ।
नेपालमा वैशाखदेखि मङ्सिरसम्म स्वदेशी उत्पादनले गुलाबको माग धान्ने गरे पनि यसबाहेकको अवधिमा भारतलगायत देशवाट आयात हुने गरेको छ । पन्तले गुलाबसँगै गोदावरी र ग्ल्याडिओलस फूलको खेती गर्नुभएको छ । उहाँले उत्पादन गरेको फूल चितवन, पोखरा र काठमाडौँलगायतका शहरमा खपत हुने गरेको छ ।








रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया