बच्चा बोकेकी महिलामाथि लाठी हान्ने इन्स्पेक्टरको इन्चार्ज खोसियो

समाधान संवाददाता, काठमाडाैं
गत बिहीबार बच्चा बोकेकी महिलामाथि लाठी हान्ने इन्स्पेक्टर देवीप्रसाद पौडेल ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेल तानिएका छन्।
नेपाली सेनाबाट बर्खास्तमा परेका जर्नेल हेम खत्रीको घरमा बच्चा बोकेकी हेमा श्रेष्ठमाथि इन्स्पेक्टर पौडेलले अमानवीय तरिकाले लाठी प्रहार गरेका थिए।
उक्त घटनाको भिडिओ सार्वजनिक भएपछि महानगरीय प्रहरी परिसर ललितपुरले एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरी गत शुक्रबार देखि छानबिन सुरू गरेको थियो।
उक्त टोलीले शनिबार महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा इन्चार्ज रहेका इन्स्पेक्टर पौडेलको सट्टामा अर्का इन्स्पेक्टर सुजित ओझालाई पठाइसकेको एसपी सिंहले बताइन्।
‘हामीले उनलाई जावलाखेलमा बोलाएर भैंसेपाटीमा अर्का इन्सपेक्टर पठाइसक्यौं,’ सिंहले भनिन्,’छानविनको म्याद भोलिसम्म हो। घटनाका प्रत्यक्षदर्शीहरुसँग कुराकानी गर्दैछौं।’









निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
‘निर्वाचनको विकल्प छैन’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया