शुक्रबार, १९ मङि्सर २०७७
samadhannews
Baba Hardware Header add

बल्झिरहने नेपाल–भारत सम्बन्ध

शनिबार, ०६ मङि्सर २०७७

पश्चिम नेपालको भूभागलाई भारत सरकारले आफ्नो नक्सामा समावेश गरेर प्रकाशन गरेपछि दुई देशको सम्बन्धजटिल मोडमा छ ।

राजेन्द्र भण्डारी

एसियाका २ठूला देशचीन र भारतकोबीचमा रहेको नेपाललाई विभिन्न धर्मशास्त्र तथा पुराणमाप्राचीनभूमि भनेर वर्णन गरिएको छ ।

करिब १३ करोड वर्ष अगाडि यहाँकापर्वत शृंखलाबनेका र १करोड वर्षभन्दा अगाडिदेखि मानवबसोबास गरेको तथ्य भेटिएका छन् ।

नेपालको प्रमाणिक इतिहासको सुरुआतदेखि नै नेपाली जनता जनताबीचको भावनात्मक एकता र मानसिक सम्मिलन भएको स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, सनातनदेखि हिन्दु अधिराज्यबाट धर्म निरपेक्ष राज्यमा रुपान्तरण भईआज समावेशी र पूर्ण लोकतान्त्रिक राष्ट्र बनेको छ ।

यही भावनात्मक एकता र मानसिक सम्मिलनप्रतिको समर्पण हाम्रो राष्ट्रियता हो । साथै पहिचान, वीरता, आत्मसम्मान र स्वाभिमान पनिहो ।

नेपाली राष्ट्रियता एवंराष्ट्रिय आत्मसम्मानको रक्षाका लागि धेरै नेपाली वीर योद्धाहरुको अविस्मरणीय त्याग र बलिदानको इतिहास छ । हामी नेपाली स्वाभिमान र आत्मसम्मानका साथ बाँच्न चाहन्छौं । यही हाम्रो विगत हो । यही हाम्रो वर्तमानहो र भविष्य पनि हो ।

सम्बन्धका आरोह र अवरोह

स्वतन्त्र र अविभाज्य देशनेपालउत्तर तर्फबाटचिनियाँ र दक्षिण तर्फबाट भारतीय जाति भेट हुने पवित्र स्थल हो । यी २ देशबीचकोऐतिहासिक, सांस्कृतिक, धार्मिक र भौगोलिकआयामभित्र पौराणिक कालदेखिको घनिष्ट सम्बन्धको कालखण्डलाई सजाइएको पाइन्छ ।

अनादिकालमा सीताको विवाह अयोध्याका राजकुमार रामसँग, गौतमबुद्धको जन्म र बुद्धत्व प्राप्ति, किराँतकालमा अर्जुनको शस्त्रास्त्रको तालिम,शैव बौद्धादिको मीलनभूमि र भारतवर्षका अजय नक्षत्रहरुको योगदानमा निर्मित सांस्कृतिक तथा धार्मिक तपोभूमिको रूपमा चिचिनु आदि सन्दर्भले नेपाल भारत सम्बन्धको इतिहासलाई वर्तमान समक्ष परिचय गराएको छ ।

भारतको वैशालीबाट लिच्छवीहरुको आगमनसँगै सांस्कृतिक तथा व्यापारिकसम्बन्धका चित्रहरु कोरिनु,मल्ल राजाहरुकोेसमेत मूलथलो दक्षिण समतल भारतीय भूमि हुनु र नेपालतथाभारतमाचलेको संस्कृतिको क्यानभास एउटै हुनु, भारतका भट्टहरुलाई पुजारी बनाउनुसाथै उनीहरुकै सहयोगमा नेपाली समाजलाई निर्देशित गर्नु आदि सुमधुर सम्बन्धका पाटाहरु हुन् ।

नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले उत्तरको तुलनामा दक्षिणतर्फको सम्बन्धलाई विशेष सतर्कताको नीतिदिव्योपदेशमा उल्लेख गरेका थिए ।

राणा शासनकालमा भारतमा शासन गरेर बसेका अंग्रेजको विश्वास जित्न र शासनकाल लम्बाउने रणनीतिमा सीमित राखिएको सम्बन्ध राणा प्रधानमन्त्री जंगबहादुरले भारतीय प्रहरीको विद्रोहमा गरेको सैन्य सहयोगबाट प्राप्त नयाँ भूमिले दुई देशको सम्बन्धमा प्रभाव पारेकोथियो ।

भारतीय स्वतन्त्रता संग्राममा बिपी कोइरालाको नेतृत्वमा भएको राजनीतिक सहभागिता र नेपालमा भएका आन्दोलनमा भारतको सहयोगी भूमिका पनि उत्तिकै स्मरणीय छ ।

विसं२०१७ सालपुस १ गतेको राजनीतिक परिवर्तन पश्चात्सन् १९६५ को सन्धि, राजा महेन्द्रको चीनप्रतिको झुकाव र शान्ति क्षेत्रको प्रस्ताव तथा पञ्चायतशासनकालको अन्त्यतिर लगाइएको नाकाबन्दी साथै संविधानसभाबाट संविधान जारी गर्ने समयमा नाकाबन्दीसहित भारतले खेलेको अभिनय असल मित्रको तुलनामा एउटा वाधकको रुपमा महसुस गर्न सकिन्छ।

१२बुँदे सम्झौता,दोस्रो जन आन्दोलनमा पु¥याएको सहयोग र नेपालको विकासका लागि सञ्चालन गरिएकाविविधअभियानमा सहकार्यका हातहरु उपलब्ध गराउँदै आउनु प्रशंसाका पक्षहरु हुन् ।

वर्तमान समयमा करिब ६० लाखभन्दा बढी नेपाली नागरिक भारतका विभिन्न सहरमा तथा हजारौं भारतीयहरु नेपाली बजारमा कामगर्दै आइरहेको अवस्थामा भारत नेपालबीच नियमित उच्चस्तरीय भेटघाट, भ्रमण तथा यात्राहरु हुँदै गर्दायी २ देशबीचको सम्बन्धको आकाशमा देखिएका काला वादलहरु पूर्णरूपमा हट्न सकेका छैनन् ।

सम्बन्धका अधिकांश बिम्बहरु तिक्तता र असमझदारीका प्रतीकका रुपमा रहँदै गर्दा सीमाना, जनताबीचको प्रत्यक्ष र साझा सम्बन्ध, संस्कृति र सम्पर्क साथै नाता आदिले गर्दा यो सम्बन्ध अद्वितीय छ ।

सम्बन्धविग्रनुका कारण

पौराणिक इतिहासको साक्षी, वर्तमान परिस्थिति र सन् १९५० को शान्ति तथा मैत्री सन्धिको पृष्ठभूमिबाट हुर्कँदै आएकोनेपाल र भारतबीचको सम्बन्धको यात्राले अभैm कयौंमाइलको अजम्बरी यात्रा गर्नु पर्ने अवस्थामा २ देशको राजनीतिक वृत्तमा आ आफ्नै स्वार्थका बिम्बहरु हुनु दुखद पक्ष हो ।

एउटा स्वतन्त्र राष्ट्रकोे हैसियतमा नेपालले आफ्ना आन्तरिक तथा वाह्य क्रियाकलाप छिमेकी राष्ट्रको अखण्डतामा प्रभाव नपर्ने गरी गर्न पाउनु पर्ने अधिकारम यो र त्यो बाहनामा हस्तक्षेप गर्ने सोच भारतीय शासकमा हुनु सम्बन्ध प्रगाढ नबन्नु पछाडिको कारक तत्व हो ।

सीमाको अभिलेखीकरण तथा रेकर्ड पद्धति अवैज्ञानिक हुनु, दुवैतर्फको अनुगमन चुस्त र दुरूस्त हुन नसक्नु, जलस्रोतमा एकाधिकार गर्न खोज्नु साथै सीमा क्षेत्रमा एकतर्फी ढंगबाट निर्माण गरिएका सडक तथा बाँध आदिले पारेको असरले सम्बन्धलाई झन् चिसो बनाउने काम गरेको छ ।

पारवाहन सुविधामा गरिएको व्यवहार, नेपालको चीनसँगको सम्बन्ध, भारतीय सञ्चारमाध्यमले खेलेको नकारात्मक भूमिका साथै विगतमा गरिएका सन्धि र सम्झौताप्रति नेपाली जनताको धारणा सकारात्मक बन्न नसक्नुले सम्बन्धमा अविश्वासका बाछिटा देखा परेकाछन् ।

भारतले एकोहोरोरुपमा भारतीय मानचित्रमा कालापानीदेखि लिम्पियाधुरा हुँदै लिपुलेकसम्मको भूगागलाई समावेश गरे पश्चातकोविवादले दुई देशको सम्बन्धलाई इतिहासकै सबैभन्दा जटिल मोडमा उभ्याइदिएको छ ।

पछिल्ला चर्चित भ्रमण

करिब एकवर्षदेखि प्राय संवादहीनताको अवस्थामा रहेको नेपाल भारत सम्बन्धमा भारतीय अनुसन्धान तथा विश्लेषण संस्थाको प्रमुख सामन्तकुमार गोयल र सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको शान्त भम्रणले दुई देशको सम्बन्धमा नयाँ आशाको किरण थप्न सफल भएको महसुस भएको छ ।

भलै देशभित्रको राजनीतिक वृत्तमा यो भ्रमणलाई लिएर राजनीतिका विद्यार्थीदेखि लिएर धुरन्धरहरुले आआफ्नै ढंगबाट टिका÷टिप्पणी नगरेका होइनन् । तर पनि यी दुवै जनाको भ्रमणले नेपाल र भारत सम्बन्धलाई अगाडि बढाउने सन्दर्भमा केही महत्वपूर्ण र अमूर्त छाप भने अवश्य छोडेको छ ।

विशेष गरेर यो भ्रमणको वास्तविकता के थियो? कसरी तयार भयो ? भन्ने बारेमा कि प्रधानमन्त्री केपी ओलीलाई थाहा होला, कि नरेन्द्र मोदीलाई नै ज्ञात होला । तर आम चिन्तकहरुले उनीहरुको अभिव्यक्तिलाई नै आधार मानेर निश्कर्ष निकाल्ने हो ।

उनीहरुको भ्रमणको अवधिमा व्यक्त गरेका अभिव्यक्तिहरुले नेपाल भारत सम्बन्धलाई जटिल बनाउने क््िरmयाकलापहरुलाई तत्काल रोक्ने, सम्बन्धलाई अभैm प्रगाढ बनाउदै लैजानु पर्ने साथै वार्ता, संवाद तथा सहकार्यको आधारमा समस्यालाई समाधान गर्नुपर्ने कुरामा जोड दिइएको देखिन्छ । जुन अत्यन्त सकारात्मक पनि हो ।

यसैको निरन्तरता स्वरुप निकट भविष्यमा विदेश सचिव र विदेशमन्त्रीको भ्रमणको तयारी दिल्लीले गरिरहेको जानकारी भारतीय पत्रिकामा उल्लेख गरिएको छ ।

सम्बन्ध सुधारको बाटो

भनिन्छ, सबै थोक परिवर्तन हुन्छ र गर्न सकिन्छ, तर हामीले छिमेकी परिवर्तन गर्न सक्दैनौं ।

यही मान्यताभित्र हाम्रो स्वाभिमान, आत्मसम्मान र अखण्डतालाई जोगाउनु छ । आपसी विश्वास र सद्भावअभिवृद्धि गरेर सुन्दर भविष्य सुनिश्चित गर्नु पनि परेको छ । यही नै वर्तमान समयको माग हो ।

अर्थहीन तथा तर्कहीन वाणी प्रतिस्पर्धाले समस्या समाधान गर्दैन भन्ने यथार्थलाई मध्यनजर गर्दै नेपाल अत्यन्तै संयमित भई भारतसँग विगतदेखि हालसम्मका समस्यालाई समाधानतर्फ उन्मुख गराउने जिम्मेवारी समयले नेपालको काँधमा बोकाइदिएको छ ।

यतिमात्र होइन नेपाल भारत सम्बन्धको विशाल फाँटमा देखिएका समस्याका थुम्काहरूलाई कुटनीतिका औजारमार्पmत दुबैलाई स्वीकार हुने गरी समस्याको इपिसेन्टरमा उभिएर सम्माउने अभियानको प्रारम्भ नेपालले नै गर्न जरुरी छ ।

हिजो र आजको भारत आकाश जमीनको फरक छ । आज ऊसँग अथाह अवसर छन् । भारत विश्व राजनीतिलाई नै चुनौती दिनसक्ने उदाउँदो शक्ति पनि हो । यदि विश्वमा भारतले आप्mनो उपस्थितिलाई गौरवमय बनाउने हो भने उसले सर्वप्रथमआप्mना छिमेकी राष्ट्रहरूसँगको सम्बन्धमा व्यापक सुधार गर्न आवश्यक छ ।

त्यसमा नेपालसँगको सम्बन्धलाई विशेष प्राथमिकता दिनअपरिहार्य छ । भारतले पाकिस्तान, इरान, रसियासँग कस्तो नीतिबनाउँछ ?

त्यो भारतको आफ्नो नीति हो,जुन हाम्रालागि अर्थ नराख्न सक्छ । तर नेपाल भारत सम्बन्धको दिशालाईअन्तर्राष्ट्रिय सम्बन्धका पुस्तकमा लेखिएका परिभाषालाई आधार बनाएर मात्र अगाडि बढाउन सकिँदैन ।

तसर्थ यी २ देशको सम्बन्धद्धिपक्षीय हित र फाइदाका आधारमा तय गरिनुपर्छ । नेपाल र भारतबीचको वार्ताकोटेबुलमानेपालले स्पष्टताका आजसम्म गरिएका सम्पूर्ण ऐतिहासिक सन्धि, दस्तावेज र नक्साको आधारमा सीमाको सम्पूर्ण मुद्दालाई कुटनीतिको माध्यमबाट समाधान गर्न प्रतिबद्ध छौं भन्ने विश्वास भारतलाई दिलाउन अडिग हुनुपर्छ ।

नेपालले विगतमा भारतसँग निर्वाह गरेका भूमिका माथि निर्मम आत्मचिन्तन र निष्पंक्ष समीक्षा जरुरी छ । भारतले नेपालमक्ष उठाउँदै आएका राष्ट्रिय सुरक्षाको सवाल, नक्कली नोटको समस्या, लागुपदार्थको ओसार पसार, सीमानियमन, जलस्रोतको उपयोग आदिमुद्दामा भारतलाई विश्वस्तपार्दै मित्रवत सहकार्यको भावना र वस्तुनिष्ठ मूल्यांकनका आधारमा अगाडि बढाउनु पर्ने देखिन्छ ।

नेपाल र भारतबीच विद्यमान करिब २ दर्जनभन्दा बढी असमान सन्धि र सम्झौतामध्ये सन् १९५० को सन्धि विवादको मुख्य जरो भएको अवस्थामा उक्त सन्धिको छिनोफानो अब हुन जरुरी छ । उक्त सन्धिको समाधान बिनाआत्मीय सम्बन्धको किरण काठमाडौं र दिल्लीले प्राप्त गर्न सक्ने छैन ।

तसर्थ उक्त सन्धिका बाध्यकारी धाराहरू २, ५, ६, ७ मा गहनसमीक्षाका साथ एक विश्वसनीय राजनीतिकवार्ताको माध्यमबाट नयाँ निष्कर्ष निकाल्न भारत तयार हुनुपर्छ । यदि यस अभियानमा नेपालले सफलताप्राप्तगर्न सके नेपालभारत सम्बन्धको इतिहास स्वणर््िाम अक्षरले लेखिएको नयाँ युगको प्रारम्भ हुनेछ ।

खुला सीमाना नियन्त्रण गर्ने र जलस्रोतलाई व्यवस्थापन गर्ने सवालमा गरिएका एकोहोरो र हेपाह प्रवृत्तिका विरूद्धमा सैद्धान्तिक सहमतिका साथ अगाडि बढ्न आवश्यक छ । भाषा र नागरिकताको सन्दर्भमा दुबै देशको प्रयास इमानदार हुन जरुरी छ नत्र रोटी र बेटी सम्बन्ध नारामा रहने छ ।

दुबै देशमा सांस्कृतिक र धार्मिकरुपमा महत्वपूर्ण मानिएको रामायण सर्किट योजना र रक्सौल काठमाडौं रेल लिंक परियोजना समयमा नै कार्यन्वयन गर्न तत्परता प्रर्दशन गर्न सके दुई देशको सम्बन्ध प्रगाढ हुँदै जाने विश्वास लिन सकिन्छ ।

भारतले नेपालसँगको सम्बन्धमात्र नभइकन सम्पूर्ण छिमेकी राष्ट्रहरूका लागि बनाएको नीतिमाथि बहस गर्दै चीनजस्तै नेपाल पनि एक स्वतन्त्र राष्ट्र भएको हैसियतमा उसले विश्व रंगमञ्चमा हरेक कुरा राख्न स्वतन्त्र अधिकार छ भन्ने कुरालाई भारतीय कुटनीतिले महसुस गरी नेपालप्रतिको भारतीय नीतिलाई दुरदर्शी बनाउन जरुरी छ ।

दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन नेपालले आफ्नो गौरवमय इतिहासलाई साक्षी राखी संयमितसाथ भारतसँग विगतदेखि हालसम्मका समस्यालाई समाधानतर्फ उन्मुख हुने गरी आफ्ना एजेन्डा राख्नुपर्छ ।

यही जिम्मेवारी आज समयले वर्तमान नेपाल सरकारको काँधमा बोकाएको छ ।

भन्ने गरिन्छ, राजनीतिमाअसम्भव खेलहरू पनि सम्भव हुनसक्छ। हरेक राजनीतिक छिद्रहरूबाट षडयन्त्रका तानाबुनाहरू एकैक्षणमा निस्कन सक्छन् ।

कसले सोचेको थियो, सिक्किमभारतमा र तिब्बतचीनमा विलय हुन्छ भनेर?विश्वको इतिहासबाट पाठ लिँदै नेपाल सरकार र नेपाली जनता आफ्नो राष्ट्रियताप्रति सदैव संवेदनशील बन्नुपर्छ । ठूलो रूख ढल्दा अवश्यपनि आसपासका क्षेत्रहरूमा कम्पनहुने मान्यताबमोजिम भारतमा हुने हरेक गतिविधिले नेपालको माटोमा प्रभाव राख्ने भएको हुँदा नेपाल त्यतिकै चनाखो रहनुपर्छ । वर्तमान राजनीतिले वर्तमान समस्या समाधान गर्न सक्दैन भने पनि गलत सम्झौतामा हस्ताक्षर गर्नु हुँदैन ।

दुवै देशको सम्बन्ध मित्रताको इतिहासले सजाएको भएतापनि वर्तमान समय र राजनीतिले यसलाई पुनर्मूल्यांकन गर्न खोजेको कुरा सत्य हो ।

नेपालभारतबीचको आपसी सम्बन्ध व्यापारिक वा राजनीतिक क्यानभासको रङबाटमात्र कोरिएको चित्र भएको भए आजसम्मआइपुग्दा यसको परिदृश्यमा ठूलो परिवर्तन भइसक्थ्यो । तर यीदुई देशबीचको सम्बन्ध सदियौंदेखि जनजनकोभावना, आस्था, सम्बन्ध, नाता, संस्कृति, धर्म र परम्परा तथा भूगोलबाट तयार भएको सजिव वृक्ष हुँदा यसलाई न त कमजोर बनाउन सकिन्छ न समाप्त नै गर्न सकिन्छ ।

एउटा स्वस्थ सोचका साथ सम्बन्धका कदमहरुलाई अगाडि बढाउन सकिएमा सदियौं देखिको सम्बन्धले एउटा सार्थक गन्तव्य प्राप्त गर्न सक्नेछ ।

जसलाईदुवै देशले आत्मासात समेत गर्नेछन् । समयको परिवर्तनसँगै इतिहासको धार सदा अगाडि बढिरहेको हुन्छ । कुनै पनि शक्तिले इतिहासको अगाडि बढ्ने पांग्रालाई रोक्न सक्दैन । बाटो लामो भएपनि हिँडिरहे अवश्य पुगिन्छ, । कामगाह्रो भए पनि गरि रहे अवश्य पुरा हुन्छ ।

सहकार्य मात्रै गर्दै जानुपर्छ,अवश्यपनि हामीहाम्रा लागि र विश्वकालागिअझ सुन्दर र नवीन भविष्यनिर्माण गर्न सक्छौं । तसर्थ नेपाल भारत सम्वन्धमा महान् साहित्यकार अल्र्बट कामुको भनाइलाई आत्मसात् गर्न सक्यौं भने लाग्छ ।

नेपाल भारत सम्बन्धको इतिहासमा नयाँ आयाम कोरिनेछ ।‘मेरो अगाडि नहिँड, म पछ्याउन नसकूँला, मेरो पछाडि नहिँड, म नेतृत्व गर्न नसकूँला, बस्मसँगै हिँड, साथी बन।’

सम्बन्धित खबर