सोमबार, १५ मङि्सर २०७७
samadhannews
Baba Hardware Header add

सञ्चारको लगानीले राम्रै पाठ सिकें

आइतबार, ०७ मङि्सर २०७७

लेखबहादुर गुरुङ

२०५२ मा जागिरे जीवन छाडें । जागिरे जीवनपछि पूर्ण स्वतन्त्र भएको अनुभूति भएको थियो । पहिले ब्लक फ्याक्ट्री १ लाख लगानीमा सुरु गरें ।

त्यही फ्याक्ट्रीमा बनेकोे ब्लकबाट पूरा कलेज भवन बनायौं । साथै एक मिस्त्री राखी वेल्डिङ वर्कसप पनि बनाइयो । सम्पूर्ण झ्याल ढोका र कलेजलाई चाहिने टेबल बनाए ।

सोलार पानीको हिटर, निर्माणमा प्रयोग हुने कराइ, पानीमा प्रयोग हुने सामान बनाएर बजार अध्ययनका साथसाथै विभिन्न क्षेत्रमा सप्लाई गरेको थिएँ ।

लङ निपल, सट निपल सवै बनाउथ्यौं । यसको लगानी १ लाख जति नै थियो । यो धेरै राम्रोसँग चलेको थियो । तर काम गर्ने मान्छेको अभावले ५ वर्ष जति चलाएर बन्द गरियो । भवन निर्माण गर्न टर्न कि को माध्यमवाट सुरुआत गरियो ।

सामान ढुवानीका लागि मिनी ट्रक ऋणमा किनियो र कन्सल्टेन्सीको कामको लागि टाटा जीप पनि किनियो । ठूलो ट्रक, मिनी ट्रक, जीप, ट्रयाक्टर सबै जम्मा गरी विश्वकर्मा पूजा गर्दा मन हर्षले विभोर भएको थियो ।

कहिले कहिले फिल्ड वा काठमाडौं जाँदा जीपमा जान्थें । सोच्थें म भाग्यमानी रहेछु । कहाँ खेतमा पर्म लगाउँदै हिँड्ने केटो आफ्नै मोटरमा हिँडेको छु, भनी मख्ख पर्थें ।

५ वर्षपछि मैले पुरानो टोयटा कार पनि किने । घरमा चाहिने ब्लक, बालुवा, गिटी, ढुंगा साथै मेटलका सबै सामान आफ्नै वर्कसपमा बनाउँथे । सबैलाई सेक्सन बनाएको थिएँ ।

कन्सल्टेन्सी १, टर्न कि प्रोग्राम १, खानेपानी सरसफाई कार्यक्रम सञ्चालन १, क्लम फेक्ट्री १, मेटल १, शिक्षा (इन्टिच्युट) १, एफएम १, यातायात १, पत्रकारिता १ र पछि आएर कलेज १, गरी १० वटा शाखाहरु सञ्चालनमा थिए तर मेरो कार्य व्यस्तताले हेर्न नसकेपछि विस्तारै विस्तारै बन्द गर्दै आएँर अहिले कलेज र कन्सल्टेन्सी मात्रै सञ्चालनमा छन ।

पत्रकारिता मलाई चलाउन खुब रहर थियो । २०२९/०३० सालतिर कृष्ण भन्ने पर्वतका दाइ पत्रकार हुँ भन्दै जताततै पुग्नुहुन्थ्यो र समाचार लेखी सम्प्रेषण गर्नुहुन्थ्यो । पोखरामा जनमत पत्रिका सञ्चालन गर्न पत्रकार नारायण कार्की, न्यायाधीशनवदत्त ढुंगाना लगायत २१ जना मिली चलाइरहेका थियौं ।

त्यस समय राष्ट्रिय समाचार समितिबाट अवकाश लिई नारायण कार्की सर उद्योग वाणिज्य संघमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँलाई म आफै भेटी आफ्नो पेसा र पत्रकारिताबाट पन्छिनु उचित हुँदैन तपाइँ आउनुहोस् यस पत्रिकालाई नै ब्युँउझाऊँ र राम्रोसँग चलाऊँ भने ।

नदीपुरमा रहेको कार्यालयलाई महेन्द्रपुलमा सारी व्यवस्थित बनाउन पहल गरियो । तर २ वर्षपछि उहाँहरु मलाई छाडी समाधान दैनिक बनाउन लागियो भन्नुभयो ।

उहाँ बिबिसीमा पनि कार्यरत हुनुहुन्थ्यो । सरसल्लाह केही पनि थिएन । बैठक कहिल्यै पनि बोलाइएन । २ वटा कम्प्युटर, स्टिल दराज, टेबल, कुर्सी मैले किनेको थिएँ । केही वर्षपछि सिडिओ साहेबले बोलाउनुभयो, गएँ ।

केशवराज पराजुली र घरमालिकबीच झगडा भएको रहेछ । सिडिओले के गर्नुहुन्छ भनी सोध्नुभयो । मैले बाँकी रहेको बाँडीचुँडी खानु, लैजानु मलाई केही चाहिएन भनी हस्ताक्षर गरिदिएँ । सिडिओ साहेबले तपार्इं दिलदार हुनुहुँदोरहेछ, भन्नुभयो, मैले धन्यवाद भनें र त्यहाँबाट बिदा भएँ ।

सञ्चार माध्यम आजको आवश्यकता हो र हामी लागि रहनुपर्छ भन्ने धारणा म सँधै लिन्थे ।

बिबिसी नेपाली सेवाको प्रशारण अनुमति नलिई रिले गरेको भनी उजुरी परेको रहेछ । त्यसैका लागि सिडिओदेखि मन्त्रालयसम्म पुगें ।

कलेजको सुरुआतपछि साथीहरु सबैलाई सोधें र इच्छा व्यक्त गरेपछि एफएम खोल्ने निधो गरियो । यसबारेमा आफूलाई ज्ञान नभएकोले साथीहरुसँग सोधपुछ गरें, पोखराकै पहिलो र नेपालको तेस्रो नम्बरमा सामुदायिक रेडियोका रुपमा पोखरा बहुउद्देश्यीय एफएम दर्ता गरियो । नेपालको पहिलो सामुदायिक एफएम सगरमाथा र दोस्रो लुम्बिनी हो ।

त्यतिखेर सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ता हुनुहुन्थ्यो । सरकारको प्रवक्ता पनि उहाँ नै हुनुहुन्थ्यो । एक पटक एफएमको चक्करमा मन्त्रालय गएको थिएँ ।

त्यतिकैमा पत्रकार किशोर नेपाललाई भेटें । उहाँले सामान म तुरुन्तै मगाइदिन्छु भन्नुभयो र साँझ कुरा गरी हुन्डीमार्फत् सिँगापुर पैसा पठाइदिने र २ साताभित्र सामान आइपुग्छ भन्ने कुरा भयो । भन्सारमा सामान आयो तर नियम नबुझेर भन्सारमा नै अल्झियो ।

एलसी खोली ल्याउनुपर्ने रहेछ । १ महिनापछि जरिवाना तिरी ल्याइयो । स्टुडियो र उपकरण फिट गर्नका लागि इन्जिनियर (ईलेक्ट्रिोनिक्स) लाई कन्सल्टेन्ट बनाई काम थालियो ।

पत्रकार मित्र किशोर नेपालले केही सहयोग गर्नुभएको हो नगरेको भन्न मिल्दैन । मेरा साथीहरु पत्रकार सेतो हात्ती हुन् पाल्न सक्छस् भनी जिस्क्याउँथे । मैले पछिमात्रै बुझें । आखिर भयो पनि त्यस्तै ।

कलेजमा पढाउने सरहरुलाई एफएममा सदस्य बनाएँ । तोकिएको शुल्क २५ हजार पनि तिर्न धेरै राजी भएनन् । अन्त्यमा शेरबहादुर गुरुङ र जीवन गुरुङ सरले पैसा राख्नुभयो । वडो राम्रोसँग एफएम ल्याइयो ।

बजारमा दैनिक ४५ सय देखि ५ हजारसम्म पत्रिका छापिन्थे, त्यतिखेर नै स्पेसटाइम, कान्तिपुरजस्ता ठूलो पत्रिका छँदै थिए । हिमालय टाइम्सर अन्नपूर्णभन्दा नयाँ सडक बढी प्रचारमा थियो ।

बिबिसी नेपाली सेवाको प्रशारण अनुमति नलिई रिले गरेको भनी उजुरी परेको रहेछ । त्यसैका लागि सिडिओदेखि मन्त्रालयसम्म पुगें ।

त्यस समयमा कार्यक्रम कसरी चलाउने भनी स्टाफलाई तालिम दिने र कार्यक्रम दिई सहयोग गर्ने रघु मैनाली सरप्रति अभारी छु । जेनतेन एफएम चलिरहेको नै छ । एफएम सहकारीमा दर्ता गरेको हुनाले सहकारी ठूलो छोराले चलाइरहेको छ ।

एफएममा पैसा राखेका शेरबहादुर दाइको पूरै पैसा फर्काएँ । जीवन सरको ५ लाख एफएममा छ । उहाँ हाल अमेरिकाको बासिन्दा हुनुभएको छ । कर्म गुरुङबहिनीको २५ हजार रुपैयाँ पनि छ । मेरो धेरै पैसा एफएमले खायो । ५०/६० लाख रुपैयाँ जति डुबाएँ । तर पछि विभिन्न स्रोतबाट पूर्ति गरें ।

यसै सिलसिलामा राष्ट्रिय पत्रिका पनि चलाऔं भन्ने हौसला र सुझाव केही साथीहरुले दिए । ‘नयाँ सडक’ भन्ने पत्रिका मेरो अध्यक्षतामा दर्ता गरियो । नयाँ सडक पत्रिका ३ महिना राम्रै चल्यो ।

त्यसपछि विस्तारै विस्तारै लगानी अभाव र प्रत्यक्ष निगरानीको कमीले होला मलाई सञ्चालन गर्न धेरै गाह्रो भयो । प्रमुख सम्पादक किशोर नेपाल हुनुहुन्थ्यो ।

बजारमा दैनिक ४५ सय देखि ५ हजारसम्म पत्रिका छापिन्थे, त्यतिखेर नै स्पेसटाइम, कान्तिपुरजस्ता ठूलो पत्रिका छँदै थिए । हिमालय टाइम्सर अन्नपूर्णभन्दा नयाँ सडक बढी प्रचारमा थियो ।

स्पेसटाइम र कान्तिपुरले घर घरमा फाल्दै हिँड्थे । तर म बबुरो त्यो गर्न कहाँ सक्थें । त्यसैले पछि हट्न वाध्य भएँ । प्रायजसो शुक्रबार र शनिबार बिहान ९बजे नेकोन एअरमा गएर साँझ ५ बजे पोखरै फर्कन्थें ।

त्यतिबेला मसँग प्रशस्तै धन थियो । काठमाडौंमा हिड्नका लागि सेतो टोयोटा कार किनेको थिएँ । टाइसुटमा सजिएर हिँड्थे । एक कप कफी पिउन किङ्स वे अन्नपूर्ण होटल पुग्थें ।

दैनिक ४÷५ हजार पत्रिका प्रकाशन गरियो । मज्जाले चल्यो पनि । तर विस्तारै ओरालो लाग्यो । ओरालो लाग्ने बाटो के रहेछ भनेर खोज्न थालें ।

विज्ञापन कहिले कहिले ३०/४० हजार रुपैयाँसम्मको हुन्थ्यो । तर विज्ञापनको पैसा बीच बाटोबाटै हराउँदो रहेछ । बडो मुस्किलले लगानी गरेको थिएँ । जे सुकै होस मर्दको लगानी १ पल्ट डुव्यो त भनेर त्यहाँबाट निस्कने प्रयास गरें । तर बडो गाह्रो भयो मलाई त्यहाँबाट निस्कन ।

अडिटर पोखराको नै राखेको थिएँ । तर उनीहरुले अडिटर पनि हात लिइसकेको रहेछ । मार्केटिङ पनि किनिसकेको रहेछन । एकाउन्टेन्ट पनि पोखरातिरकै थिए । अलि अलि उनले गरेका थिए मलाई ।

पत्रकार वसन्तकेशव पराजुलीले धेरै सहयोग गर्नुभयो । ठूला ठूला मानिस जस्तै नेकोन एयरका मालिकले मलाई पोखरा काठमाडौं प्लेन टिकट निशुल्क गरिदिनुभएको थियो ।

उहाँ हृदयघात भई बित्नुभयो । दुख सुख जे भए पनि मर्दको छोरा कहिले डुबिन्छ, कहिले उडिन्छ र कहिले दौडिन्छ । घाटा भयो भनेर दुख व्यक्त गर्नुको साटो त्यहाँबाट फुत्की नयाँ काममा लागें ।

पत्रकारिताको घाँडो त्याग गरे र शिक्षामा नै लागे । त्यस समयमा पत्रकारिता आवद्ध नवयुवक सबै पत्रकार महासंघका अध्यक्ष समेत भए । सबै पत्रकार ज्यूहरुको सहयोग र सद्भावलाई धन्यवाद् नदिइरहन हुन्नँ। सबैलाई धन्यवाद् ।

केही बेरमै धनाढ्य सडकमुखी हुनपुग्छ भन्ने धारणा आउन साथ मैले पत्रकार साथी कुशुमकेशव पराजुलीको साथ पाएँ । उहाँको मार्ग निर्देशन अनुसार बल्लबल्ल नयाँ सडकबाट पुरानो सडकमा आइपुगें ।

सञ्चारमाध्यममा लगानी गरेर मैलै राम्रै पाठ सिकें । पत्रिका कसरी चलाउने, एफएम कसरी सञ्चालन गर्ने र पत्रकारहरु कति भरपर्दा हुँदा रहेछन् बुझें । पत्रकार सबै नराम्रा होइनन् ।

पौडी खेल्न गएको मान्छे पौडिन नजान्दा ज्यान गुमाएजस्तो र माछा–माछा भ्यागुतो जस्तै भएँ । त्यहि बेलाको सेरोफेरोमा टिभी सञ्चालन गर्ने भनेर चाइनाबाट उपकरण र कार्यालयमा चाहिने सामग्री सबै कोटेसन लिइसकेको थिएँ ।

सञ्चारमाध्यमबाट हुन्न भन्ने आशा पत्रिका, एफएमबाट सिकिसकेको थिएँ । फेरि हाम फाल्नु हुन्छ भनी साथीहरुले सोधे । दोष पाउँदा पाउँदै मैले गल्ती गर्नुहुन्न भनी सोचेर काम रोकें ।

सञ्चारमाध्यममा लगानी गरेर मैलै राम्रै पाठ सिकें । पत्रिका कसरी चलाउने, एफएम कसरी सञ्चालन गर्ने र पत्रकारहरु कति भरपर्दा हुँदा रहेछन् बुझें । पत्रकार सबै नराम्रा होइनन् ।

पत्रकारिताको सिद्धान्त र दायित्वकासाथै कर्तव्यनिष्ठ हुने पनि धेरै छन् । पहिलेका पत्रकारहरु पढे लेखेका, वुद्धिजीवी हुन्थे । उनीहरुले वास्तविकताका आधारमा सुनेर मात्रै होइन, आफ्नै नजरबाट पनि हेर्थे र सन्तुलित समाचार बनाउँथे । उनीहरुको भाषा पढ्न योग्य हुन्थ्यो । साथै शुद्धता पनि ।

अहिले हेर्ने हो भने चालक लाइसेन्स लियो तर साइड लाइट कहाँ बाल्ने ?हाईवे र सहायक बाटोको प्राथमिकता पनि केही थाहा नभए जस्तो देखिन्छ ।

जति पनि ठूला ठूला पत्रिका छन्, त्यसका रिपोर्टर, सम्पादक सबै पढेका हुन्छन् । पत्रकारको तह नै निर्धारण नै गरिदिए सुनमा सुगन्ध हुने थियो ।

विवेचना गर्न सक्ने, समालोचना गर्न सक्ने पत्रकार आज देशको निमित्त आवश्यक छ जस्तो लाग्छ मलाई । एफएममा कोही बोल्यो, २ शव्द मौखिक रिपोटिङ ग-यो भने सबै पत्रकार भएको भान हुन्छ । त्यसकारण पत्रकार महासंघले योग्यता तोकी पत्रकारको पदवी दिन सुहाउँछ जस्तो लाग्छ ।

शनिबार दिवंगत लेखबहादुर गुरुङको प्रकाशोन्मुख आत्मवृतान्तबाट । गुरुङको आत्मवृतान्त पत्रकार भानु पराजुलीले लेखन तथा सम्पादन गरेका छन् ।

सम्बन्धित खबर