शनिबार, ०३ माघ २०७७
samadhannews
Baba Hardware Header add

भोलिदेखि महानगरको सेवा सुचारु

शनिबार, १३ मङि्सर २०७७

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिकाको सेवा भोलि आइतबारदेखि सुचारु हुने भएको छ ।

नगर कार्यपालिकाको कार्यलय र वडा कार्यालयहरुमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आंशिक रुपमा बन्द गरिएको महानगरको सेवा भोलिदेखि सुचारु हुने महानगरका सूचना अधिकारी भरत पौडेलले जानकारी दिए ।

उपमेयर मञ्जुदेवी गुरुङ र केही कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि अत्यावश्यकबाहेकका सेवाहरू बन्द भएको थियो ।

सम्बन्धित खबर