शुक्रबार, ०९ माघ २०७७
samadhannews
Baba Hardware Header add

नेपाली विभागमा ‘चरी लैजा समाचार’

सोमबार, १५ मङि्सर २०७७

समाधान संवाददाता
पोखरा

पृथ्वीनारायण क्याम्पस पोखराको नेपाली विभागमा शनिबार ‘चरी लैजा समाचार गीतको निहितार्थता विश्लेषण’ विषयमा छलफल गरिएको छ ।

प्राध्यापकहरुको प्राज्ञिक उन्नयनका निम्ति विभागले गरेको यो नवौं गोष्ठी हो । विभागकै सदस्य उपप्राध्यापक श्रीधर न्यौपानेले गोष्ठीपत्र प्रस्तुत गरेका थिए । ‘चरी लैजा समाचार’ शीर्षकको प्रस्तुत गीत संगीत श्रोताले रचना गरेका हुन् । यो गीत सातवटा अनुच्छेद र पचासवटा पंक्तिमा संरचित छ ।

यो गीत अञ्जान बाबु र संगीत श्रोताले स्वर दिएको भिडियोमा पनि संरक्षित छ । यस गीतमा प्राकृतिक विपत्तिले मानववस्ती र तिनको जीवनलाई क्षति पु¥याएको कुरालाई मुख्य विषय बनाइएको छ ।

न्यौपानेले गोष्ठीपत्रमा गीतले व्यक्त गरेका अर्थलाई निहितार्थताका कोणबाट विश्लेषण गरेका छन् । विश्लेणका निम्ति संकेत निर्मिति, पाठसंसार निर्मिति, कार्यकलाप निर्मिति, सामाजिक सांस्कृतिक निर्मिति, राजनीतिक निर्मिति, सम्बन्धगत निर्मिति गरी छवटा कोणलाई आधार बनाएका छन् ।

प्रस्तुत गरिएको उक्त गोष्ठीपत्रमाथि डा.वासुदेव भण्डारी टिप्पणी गरेका थिए । टिप्पणी पछि डा.लक्ष्मीशरण अधिकारी, प्राडा यदुनन्दन ढकाल, डा. भूमिराज बस्ताकोटी, पशुपति न्यौपानेलगायतका व्यक्तिले छलफलमा भाग लिए ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख उपेन्द्र पौडेलले विश्वविद्यालयलाई समयसापेक्ष गतिशील बनाउनका निम्ति यस्ता प्राज्ञिक गोष्ठीहरु गर्दै अगाडि बढेमा विश्वविद्यालयले गति लिने कुरा व्यक्त गरेका थिए । यसै क्रममा नेपाली विभागले गरेका गतिविधि उदाहरणीय रहेको रहेको भन्दै प्रशंसा गरेका थिए ।

विभागीय प्रमुख प्राडा कुसुमाकर न्यौपानेको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा विभागीय सदस्य उपप्राध्यापक निर्मल सापकोटाले स्वागत मन्तव्य र उपप्राध्यापक यादवराज उपाध्यायले कार्यक्रम सञ्चालन गरेका थिए । यस्तै प्रतिवेदनलेखकनको जिम्मेवारी उपप्राध्यापक नारायण न्यौपानेले वहन गरेका थिए ।

यस विभागले हालै मदनपुरस्कार प्राप्त महारानी उपन्यासमा केन्द्रित भएर आगामी शनिबार गोष्ठी गर्ने तयारी गरिरहेको छ ।

सम्बन्धित खबर