बिहिबार, २० फागुन २०७७
samadhannews
सुनको मूल्य ७ सय रुपैयाँ घट्यो

सुनको मूल्य ७ सय रुपैयाँ घट्यो

बुधबार, २४ मङि्सर २०७७

काठमाडौं

सुनको मूल्यमा बुधबार ७ सय रुपैयाँले गिरावट आएको छ।

मंगलबार ९४ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज ९३ हजार ४०० कायम भएको हो।

यसअघि मंगलबार एकैदिन तोलामा १५ सय रुपैयाँले वृद्धि भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा सात सयले घटेको छ।

मंगलबार तेजाबी सुन तोलामा ९३ हजार ६५० मा कारोबार भएको थियो। आज ९२ हजार ९५० तोकिएको छ।

चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार एक हजार २३५ मा कारोबार भएको चाँदी आज एक हजार २१५ मा कारोबार भइरहेको छ।

सम्बन्धित खबर