बिहिबार, ०८ माघ २०७७
samadhannews
Baba Hardware Header add

चुनाव चिह्नः बयलगाडा

आइतबार, १९ पुष २०७७

अब बुलेट होइन, ब्यालेटले राजनीति बदल्नुपर्छ । प्रचण्ड–माधव कमरेडद्वय जनतामा जान डराएका छन्

अशोक विष्ट

भनिन्छ, बच्चालाई सिकाउनआफैले सिक्नुपर्छ । राजनीतिक संस्कारमा मट्ठू हाम्रा नेताले ससानाबच्चालाई गलतनारा सिकाए ।

युवालाई भ्रष्टीकरण सिकाए । नेकपाकी नेतृ देवी खड्का भन्छिन्, ६४÷६५ सालमा प्रचण्डले युवालाई गाउँगाउँमागएर कृषिकर्म गर्न अह्राएका भए मुलुक बन्थ्यो तर युवालाई सहरमै थुपारेर भ्रष्ट हुन सिकाइयो ।

भ्रष्टाचार नगरेकैले संस्कृतिकर्मी मणि थापा मन्त्री बनेनन् ।

पोलिटब्युरोका उनका सबै साथी मन्त्री भएका थिए । मणि कमरेडलाई मन्त्री हुन संसद भंगकै अवस्था कुर्नुप¥यो ।

जय नेपालको नाराले दुःखपाए साराले !

मेरो मुखमा सानैदेखि झुण्डिएको नारा यही हो । क्याम्पसको पढाई सिध्याउन थाल्दाअहिले हाँसो उठ्छ । जय नेपाल भन्न काँग्रेसी बुद्धिजीवी अझै डराउँछन् । प्रचण्ड–माधव समूह अहिले त्यही नाराको नक्कल गर्दैछन्, ‘केपी तिम्रो पाराले दुःख पाए साराले !’ मलाई हाँसो उठ्यो ।

केपी ओली बोका हो भनिँदा चाहिँ रन्को छुट्यो । ०७७ पुस ९ गतेको पृथ्वीनारायण क्याम्पसको गेट अगाडि अनेरास्ववियूको भव्य कार्यक्रम हुँदा पीडाको आक्रोशमा मैले कतै सुनेको मुक्तक सुनाएँ ः

कसको भर छ र जेसुकै खाग भैराखोस्
अहा, कस्तो मीठो चिसो, सधैं पुसमाघ भैराखोस्
प्रचण्ड मुसो बन्छन् भने
जोसुकै बाघ भै राखोस् !’

नारायणमान बिजुक्छे, भरत दाहाल, सुरेन्द्र केसी, डा. दीक्षित, बालकृष्ण न्यौपाने आदि अनेक बुद्धिजीवी प्रचण्डको दुःखद अन्त्यको भविष्यवाणी गरिरहेका छन् ।

१७ हजारमध्ये ५ हजार मान्छे मारेको स्वीकार्ने प्रचण्डले कर्मको फल अवश्यै भोग्नेछन् ।

सामान्य मान्छेहरु सडकमा, बसमा, चिया पसलमा भनिरहेका छन्, ‘प्रचण्डले अति गरे, अब उनको खतिको बेला आयो !’

आफू प्रधानमन्त्री छँदा छोरीलाई चुनाव जिताउन प्रचण्डले प्रजातन्त्रको मर्म र सामान्य लोक लाजको समेत ख्याल गरेनन् । छोरोलाई अर्काको घर भाँड्न लगाए । सायद यसैले त बादलले छोडे, माधव नेपालले प्रचण्डलाई कति दिन च्याप्लान्? अब छिट्टै ससुरा–बुहारी गीत गाएर बस्लान् ः

सोँचे जस्तो हुन्नजीवन
खोजे जस्तो हुन्नजीवन
जस्तो भोग्यो उस्तै हुन्छ
रोजे जस्तो हुन्नजीवन !

मेरो पार्टी फुट्यो । जनताले ठूलो भरोसा गरेर भोट खन्याएको पार्टी फुट्यो । अब कता लाग्ने ? मैले आफ्नै विवेक छामेंँ । आफ्नो टाउको फुट्छ भने मीतको टाउको बेलै सरी ।

राष्ट्रपति, प्रधानमन्त्रीलाई लाञ्छित गरेर हटाउन खोजिँदा प्रधानमन्त्रीले बाध्यताको कदम चाले । निर्वाचन नै लोकतन्त्रको आधार हो

संसारैभरिको संसदीय व्यवस्थामा प्रधानमन्त्रीसँग भरिएको बन्दुक हुन्छ । त्यै देखाएर सांसदलाई अनुशासन सिकाइन्छ । आफैलाई जोखिम हुँदा प्रधानमन्त्रीले त्यो बन्दुक पड्काउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही गरे । वनमा बाघले आक्रमण गर्न थाल्दा आफूसँग भएको बन्दुक सबैले पड्काउँछन् । प्रायः अरु देशमा चार÷चार वर्षमा चुनाव हुन्छ । हामी कहाँ चार वर्ष हुँदैछ ।

सधैंको ल्याङ्ल्याङ्भन्दा फ्रेस म्यान्डेड लिइनु उचित हुन्छ । नेताले पोल खोल्छन् । जनताको चेतना उकासिन्छ । भूपीले कविता लेखेका छन् ‘म एउटा भोट हूँ !’

अब बुलेट होइन, ब्यालेटले राजनीति बदल्नुपर्छ । प्रचण्ड–माधव कमरेडद्वय जनतामा जान डराएका छन् ।

भूकम्पपीडित, बाढीपीडित, पीडित किसान, कोरोना पीडितको पक्षमा वा भ्रष्टाचार विरुद्ध नेताहरु कहिल्यै सडकमा आएनन् । म सांसद रहिनँ भन्दै काँग्रेसी पूर्व सांसद अमरेशकुमार सिंहले लोगो लुकाएपछि बल्ल कमरेडहरु ‘हामीयहाँ छौं!’ भन्दै सडकमा आए । देख्ने लजाए । आफ्नो पदको चर्को मोह, समाजवादका कुरा ! झूटको आश्वासन र गलतनाराको सहारामा अबको राजनीति चल्दैन ।

अहिले राजा महेन्द्रको कू को हल्ला फिँजारिएको छ । प्रमाणले भन्छ, राजा महेन्द्रले पनि संविधानकै धारा ५५ प्रयोग गरेका थिए । अहिलेको संविधानमा बलियो बहुमतका प्रधानमन्त्रीले जनतामा जान नमिल्ने कतै लेखिएको छैन । आफ्नै प्रधानन्यायाधीशद्धारा गराइएको चुनावमा प्रचण्ड कमरेडले हार व्यहोर्नुपर्दा सायद केपी कमरेडकै प्रतापमा जिताइयो ।

अराजकता र आतंक रोक्ने केपी कमरेडको त्यो महानता नै थियो । गत चुनावमा केपी कमरेडकै साथ र सहयोगमा प्रचण्डले चुनाव जित्नुभएको जगजाहेर छ ।

नेपालमा संसद विघटनपछि जनअभिमतको होहल्लाले व्यापकता पाएको छ । निर्वाचनसँग डराउनेहरुले तत्काल स्यालहुइयाँ मच्चाए, प्रधानमन्त्रीको कदम जनअभिमत विरुद्ध छ।

पुस ५ गते विघटनको सिफारिसले स्वीकृति पाउनासाथ पोखरा, पृथ्वीनारायण क्याम्पसको गेट अगाडि झण्डै एकदर्जन युवाले टायर बाले । प्रधानमन्त्री केपीशर्मा ओलीको पुत्ला जलाए । भोलिपल्टदेखि यो क्रमचल्दै गयो ।

मान्छेको संख्या बढेन । तिन जना पूर्वप्रधानमन्त्रीले नेतृत्व गरेको जुलुसमा तिनहजारभन्दा बढी मान्छे भएनन् । हिजो यिनैद्वरा अरुलाई यहाँ निषेध गरिएको थियो ।

कठै, माधव नेपाल ओलीलाई सत्तोसराप गर्दै राजालाई दाम राखेर ढोग्नको औचित्य साबित गर्दैछन् ।

दशवर्षे जनयुद्धमा कांग्रेस खोजीखोजी एमाले रोजीरोजी मारिए । काँग्रेसको चित्त दुखेको पाइएन । होनहार एमाले नेता कार्यकर्ताको हत्याले कमरेड केपीओलीले चित्तदुखाए ।

आक्रोश पोखे, ‘राम्रो चिज जे देख्यो कब्जा ! एक माने माओवादी पाथीभएर पोखिँदैछ !’

पोखिएको माओवादीलाई फेरि केपी कमरेडले भने, ‘प्रचण्डरुपी बेलुन कटवालरुपी काँडाले घोचिँदा प्याट्टै फट्यो !’

वामदेव गौतमको माओवादी ढल्काइप्रति केपीले भने, ‘दिँदा नखाने, राती उठेर कोल चाट्ने !’ हारेका उनले र पाएका प्रचण्डले बढ्तै भाग खोजे । कथाका कागझैँ बाठा भए ।

फुटवादी नेताहरुले अन्तिम अस्त्र प्रयोग गरे, ‘चुनावचिह्न बयलगाडा !’

विसं २०६२ सालसम्मै नेपाली कांग्रेसले गणतन्त्रमा जाने निर्णय गर्न सकेको थिएन । काङ्ग्रेस तयार नहुँदै गणतन्त्रको यात्रा थाल्नु बयल गाडी चढेर अमेरिका प्रस्थान गर्नु जस्तै हुन्थ्यो । त्यो बिम्बमय भनाईको आशय नबुभ्mनेहरु अझै त्यही खिसीट्ँयुरीमा अल्झेका छन् । बयलगाडा मधेसको महत्वपूर्ण यातायात साधन हो ।

अब कसैलाई पनि चुनावमा बयलगाडा चिन्ह पर्न सक्छ । अहिल्यै त्यो चिन्हप्रति वितृष्णा फैल्याउनु राजनीतिलाई थप प्रदूषित पार्नु हो । बयलगाडा चलाउने कृषक,मजदूरप्रतिको ठूलो अपमान हो ।

माधव नेपाल–प्रचण्ड समूहको यो गैरजिम्मेवार अभिव्यक्तिले राजनीतिक संस्कार अझै बिटुलिन्छ । भीरमा जाने गाईलाई रामराममात्रै भन्न सकिन्छ । कमिलाको प्वाँख पलाएकै छ । गाजल धोएर सेतो हँदैन, साबनपानी मात्रै खेर जान्छ ।

सम्बन्धित खबर