नेपाललाई १०८ रनको लक्ष्य

समाधान संवाददाता २०७५ माघ १८ गते १५:०७

समाधान संवाददाता,काठमाडौं

युएईले नेपाललाई १०८ रनको लक्ष्य दिएको छ। दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरको खेलमा १९.२ ओभरमा सबै विकेट गुमाउँदै  १०७ रन बनायो।

Advertisement

युएईका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन बनाए। साइमन अनवारले १४ रन र मोहम्मद बोता ११ रनमा आउट भए। बाँकीले दोहोरो रनको स्कोर छुन सकेनन्।

नेपालका लागि अभिनास बोहोराले ३ विकेट लिँदा सन्दीप लामिछाने, करन केसी र सोमपाल कामीले समान २-२ विकेट लिए।

Advertisement

तपाईको प्रतिक्रिया