राकेश शर्मा, म्याग्दी
खोरमा आगलागी हुँदा सबै बाख्रासहित लाखौंको क्षति व्यहोरेका गुल्मीका एक युवालाई म्याग्दीका बाख्रापालक युवाले सहयोग गरेका छन ।
चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका विरेन्द्र शाहको एसथ्री बाख्रा फर्ममा गत पुस २३ गते राति आगलागी हुँदा ३२ लाखको क्षति भएको थियो । आगलागीबाट उनी व्यवसायबाट पलायन हुने अवस्थामा पुगेका थिए ।
आगलागीबाट गोठमा रहेका २६ बाख्रासहित खोरको सबै संरचना जलेर नष्ट भएको थियो किसान शाहलाई म्याग्दीका बाख्रापालक किसानले ४ बाख्रासहित १५ हजार नगद सहयोग गरे ।
बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर श्रीस, वडा नम्बर २ हुलाकेका नरबहादुर थापा, वडा नम्बर ६ चुत्रेनीका कृष्ण मल्ल र वडा नम्बर ४ का महेन्द्र बानियाँले १÷१ बाख्रा प्रदान गरे । बाख्रापालक किसान नारायण जिसीले १५ हजार नगद सहयोग गरे ।
गुल्मीबाट बेनी आएका शाहलाई बागलुङका चिरञ्जिवी केसीले समेत १ बाख्रा उपलब्ध गराए । किसान कृष्ण मल्लले आगलागीबाट ठुलो क्षति व्यहोरेका शाहलाई व्यवसायबाट पलायन हुनबाट जोगाउन क्षमता अनुसारको सहयोग गरेकोबताए ।
किसान शाहले म्याग्दीका किसानको सहयोगले व्यवसायलाई पुरानै अवस्थामा फर्काउन सहयोग पुग्ने उल्लेख गरे ।
‘क्षमता विस्तार गरी संख्या बढाउँदै लगेको वेलामा अपरिचित व्यक्तिले खोरमा लागो लगाएपछिसबै बाख्रा मरे, खोरको पुरै संरचना ध्वस्त भयो,’ शाहले भने, ‘सहयोगपछि व्यवसायलाई पुरानै अवस्थामा फर्काउने योजना बनाएको छु ।’