बुधबार, ०८ बैशाख २०७८
samadhannews
यसकारण हामी एमाले भयौैं

यसकारण हामी एमाले भयौैं

आइतबार, ०१ चैत २०७७

सूर्यप्रसाद गैरे ‘पारस’

जनवादी राज्यसत्ता स्थापना गर्ने उद्घोष गर्दै ०५२ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सुरु गरिएको जनयुद्धको नेतृत्व गरेका वा लागेका हामी लाखौं नेता तथा कार्यकर्ता आज धेरै पार्टी, गुट, खेमा र समूहमा बाँडिएका छौं ।

हिजो सशस्त्र जनयुद्ध हाँकेका नेतृत्व प्रचण्ड, किरण, बाबुराम, बादल र विप्लवले आज छुट्टाछुट्टै पार्टी वा समूहको नेतृत्व गरेका छन् । सबै नेतृत्वले एकले अर्कोलाई गलत भएको आफूहरु मात्रै सही रहेको तर्क÷कुतर्क गर्ने गरेका छन् । हिजो दर्शन, विचार, राजनीति, दृष्टिकोण, व्यवहार र प्रवृत्ति मिलेका हाम्रो आज धेरै कुरा नमिलेको जस्तो देखिएको छ ।

माओवादी आन्दोलनको समीक्षा

तत्कालीन माओवादी आन्दोलनको विकास हुने क्रममा पैदा भएको नयाँ शक्ति सन्तुलनमा मुल नेतृत्वले सम्झौता गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई आफ्नो मुल कार्यनीतिको रुपमा अगाडि सा-यो । जुन राजनीतिक मार्ग हुँदै तत्कालीन अवस्थामा अस्तित्वमा रहेका सबै राजनीतिक दलको सहभागितामा पहिलो र दोस्रो संविधान सभा हुँदै हामी वर्तमान राज्य व्यवस्थाको स्वरुपमा आइपुग्यौं ।

आन्दोलनको नेतृत्व गरेको व्याक्तिले अग्रभागमा देखेको सम्भावना र चुनौतीलाई मूल्यांकन गरेर नै नयाँ पूर्व घोषित मार्ग वा नयाँ राजनैतिक कार्यदिशालाई आत्मसात वा स्वीकार गरेको होला भनेर सकारात्मक हिसाबले पनि सोच्न सकिन्छ ।

त्यसैले माओवादी आन्दोलनले मुल कार्यनीतिक लक्ष्यका रुपमा अगाडि

बढाएको जनवादी क्रान्तिको विषय तत्काल पूरा हुन नसक्ने अवस्थामा नेतृत्वले तत्कालको न्यूनतम अग्रगामी कार्यक्रमको रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अगाडि सारेको हुन सक्छ ।

माथि उल्लिखित मूल्यांकनलाई स्वीकार गर्दा र वर्तमान व्यवस्था माओवादी आन्दोलनको कोणबाट हेर्दा महत्वपूर्ण उपलब्धिको रुपमा हो भनेर भन्न वा आत्मसात गर्न सकिन्छ । तर जनवादी वा राष्ट्रिय पुँजीवादी कार्यक्रम कार्यान्वयन गर्दै पछिल्लो अवस्थामा विकसित भएको शक्ति सन्तुलनका आधारमा सबै पक्ष अट्न सक्ने समाजवादी व्यवस्थातर्फ अगाडि बढ्न भने राजनीतिक आन्दोलन वा अभियान जारी राख्नुपर्ने अवस्था कायमै छ ।

यथार्थ यही हो र यसरी मूल्यांकन गर्दा तत्कालीन माओवादी आन्दोलनको नेतृत्व गरेका र आन्दोलनमा सहभागिता जनाएका नेता वा कार्यकर्ताको राजनीतिक समृद्धिको आवश्यकता छ भन्न सकिन्छ । अर्थात् हिजो एकल कम्युनिस्ट अधिनायकवादसहितको जनवादी व्यवस्थाका लागि आन्दोलन गरेका हामीले सम्झौतामार्फत् स्थापित व्यवस्थामा कसरी क्रान्तिकारी भइरहने भन्ने विषयमा गम्भीर हुन र त्यसलाई कार्यान्वन गर्न जरुरी थियो ।

तर त्यसो हुन सकेन । शान्ति प्रक्रियामा आएसँगै नेतृत्व नै आफ्नो आन्दोलनप्रति संवेदनशील बनेन । पार्टीभित्र गुटगत र व्याक्तिगत स्वार्थहरुको गुणात्मक हिसाबले विकास हुन पुग्यो । जुन स्वार्थ र प्रवृत्तिहरुको नेतृत्व तहले नै संरक्षण र विकास गर्ने कार्यमा जुट्यो ।

जसको फलस्वरुप विभिन्न आवरणमा माओवादी आन्दोलन ५ चिरामा विभक्त हुन पुग्यो । विभक्त गुट वा समूहको नेतृत्व गरेका नेताहरुमा व्यक्तिगत स्वार्थ, समूहगत स्वार्थ, गद्दारी चेतना, आत्मसमर्पणवाद, शून्यवाद र थकान जस्ता कुराले घर गर्न पुगे ।

जसकारण मध्यम स्तरका नेता र कार्यकर्ताको तहबाट माओवादी पार्टीलाई एक ठाउँमा राख्न र आन्दोलनलाई निरन्तरता दिन असम्भव बन्न पुग्यो ।

ओली र प्रचण्ड नेतृत्वको नेकपामाथिको बुझाइ

पछिल्लो आधुनिक राजनीतिक समय ०७ देखि हालसम्म अवस्थालाई हेर्दा करिब ३ पुस्ता नेपालीले राजनीतिक आन्दोलनमा नै आफ्नो समय व्यतित गरेको छ । राजनीतिक स्थिरता, विकास र सामाजिक सुरक्षासहितको व्यवस्था सञ्चालनको विषय सधै नै भाषण र राजनीतिक आन्दोलनको विषयमात्रै बन्ने गरेको यथार्थ हाम्रासामु छ । त्यसैले पछिल्लो संविधान निर्माण भइसकेपछि सामाजिक एवं राष्ट्रिय स्वार्थमा केन्द्रिकृत भएर सबै राजनीतिक दलहरु लाग्नुपर्ने वातावरण निर्माण हुन आवश्यक थियो । जुन कुरा आम जनताको चाहना पनि थियो ।

तत्कालीन अवस्थामा रहेका २ ठूला कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक हुने कुराले राजनीतिक स्थायित्व र समृद्धिका लागि वामपन्थी विचार भाव राख्ने जनता र आम नेता तथा कार्यकर्तालाई निकै खुसीको विषय थियो ।

राष्ट्रिय आवश्यकताको कोणबाट हेर्दा विचारधाराका आधारमा वा कार्यक्रमको आधारमा सबै राजनीतिक दलबीचमा एकता आवश्यक छ । धेरै राजनीतिक दल बन्नुभन्दा उचित विधि स्थापित गरी थोरै राजनीतिक दल बनाउन सकेमा सबै कोणबाट राष्ट्र र जनताको हितमा हुन सक्छ ।

आजको दिनमा जुनसुकै गुटमा वा पार्टीमा विभक्त भएको भए पनि अधिकांश नेता वा कार्यकर्ता भएको भए पनि हिजोका दिनमा हुने गरेका चियागफ वा अनौपचारिक छलफलमा अन्र्तसंघर्षको मुल विषयमा नै आफ्नो असहमति रहेको धारणा साटासाट गर्ने गर्दथे ।

त्यसैले सबै कम्युनिस्ट आदर्शवादी आन्दोलन वा देश र जनताको हितको दृष्टिकोण दुबै तर्फबाट हेर्दा एमाले र माओवादीबीचको एकता सही थियो । तर समस्या त्यो त्यो एकतासँगै नेकपाभित्र निहित स्वार्थ सुनियोजित हिसाबले प्रवेश ग¥यो र आफूलाई विकास ग-यो ।

नेकपाको एकतासँगै प्राप्त भएको सरकारलाई एतिहासिक रुपमा उपलब्धिपूर्ण बनाउने विषयले महत्व पाउन सकेन । नेकपाभित्र राम्रा र सुधार गर्नुपर्ने पक्षको विषयमा छलफल भएन । जनता र राष्ट्रका निम्ति के काम गर्ने भन्ने विषयमा छलफल भएको हामीले कहिल्यै सुनेनौं, जानकारी पाएनौं । एउटा पक्षले सरकारको निरन्तर आलोचना गर्ने र अर्को पक्षले बचाउ गर्ने कार्यमा नै नेकपाको अन्र्तसंघर्षले स्थान लियो ।

नियुक्ति र भागबण्डाका विषयले अन्र्तसंघर्षमा स्थान पाउनु तर पार्टीको नीति तथा कार्यक्रम वा समाजवाद उन्मुख विषयको चर्चा नहुनुले आम जनतालाई नेकपा भित्रको अन्र्तसंघर्षमा खासै रुचि भएको पाइएन । विशेषतः निरपेक्ष रुपमा अमुक नेतृत्वलाई देवत्वकरण गर्न मन पराउने सिमित कार्यकर्ता बाहेकले अन्र्तसंघर्षमा जोडतोडले भाग लिएको पाइएन ।

आजको दिनमा जुनसुकै गुटमा वा पार्टीमा विभक्त भएको भए पनि अधिकांश नेता वा कार्यकर्ता भएको भए पनि हिजोका दिनमा हुने गरेका चियागफ वा अनौपचारिक छलफलमा अन्र्तसंघर्षको मुल विषयमा नै आफ्नो असहमति रहेको धारणा साटासाट गर्ने गर्दथे ।

नेकपा विभाजनसँगै अब हामी एमाले

अहिलेको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भइसकेर पनि सर्वोच्च अदालतको निर्णय अनुसार पुराना २ ठूला कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुनर्जीवित हुन पुगेका छन् ।

सामान्य राजनीतिक बुझाइ अनुसार हेर्दा पनि कुनै पनि राजनीतिक दल वा पार्टी अदालती प्रक्रियाद्वारा स्थापना हुने वा त्यसको अन्त्य हुने भन्ने हुँदैन । तर नेकपाभित्र गहिरिदै गएको अन्तर्विरोध र अदालतमा विचाराधीन अवस्थामा रहेको नेकपा नामको मुद्दाले यो अवस्थाको सिर्जना गर्न सघाउ पुगेको कुरालाई सजिलै स्वीकार गर्न सकिन्छ ।

जसले नेकपाको अन्र्तविरोध र राष्ट्रिय राजनीतिक ध्रुविकरणलाई सहज बनाइदिएको छ ।

अदालतले हामीलाई पूर्ववत् अवस्थाको पार्टीमा जाने आदेश गरेता पनि हिजो माओवादी आन्दोलनमा लागेका हामी हजारौं कार्यकर्ताले भने सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपा (एमाले) मा नै रहने निर्णय गरेका छौं । हिजो माओवादी आन्दोलनमा सँगै सहकार्य गरेका र अहिले पनि सहकार्यको

निरन्तरतामा नै रहेका कतिपय साथीलाई भने हाम्रो यो भूमिका नौलो लागेको वा मन परेको छैन । तर हामी लागेका छौं । किन हामीले हाम्रो विरासतमा नयाँ मोड ल्याउने साहस ग-यौं त ? केही साथीले हामीलाई अवसरवादीको बिल्ला पनि भिराइदिएका छन् भने केही साथीले गद्दारसमेत भन्न भ्याएका छन् ।

के हामी अवसरवादी वा गद्दार भएर ओली नेतृत्वक

जनीतिक कित्तामा उभिएका हौं त ? के हामी हिजोको अवस्थामा रहेको त्यही एमालेमा मिसिएका हौं त ? मलाई लाग्छ यी गम्भीर एवं महत्वपूर्ण हामीतर्फ सोझिएका प्रश्न हुन् ।

अन्यथा सन्दर्भ र सन्तुलन अनुसार अगाडि बढ्न नसक्ने राजनीतिक आन्दोलन वा पार्टी इतिहासबाट नामेट हुनुपर्ने अवस्था आउँछ ।

यी प्रश्नको सही जवाफ के हो भने, सधै नै समय र सन्दर्भ महत्वपूर्ण र मुख्य विषय हो । दर्शन, इतिहास, राजनीति, विचार, पार्टी, राज्यसत्ता, सरकार, नीति र कार्यक्रम सँधै नै समय र सन्दर्भ सापेक्ष ढंगले अगाडि बढ्छन् र बढ्नुपर्छ ।

अन्यथा सन्दर्भ र सन्तुलन अनुसार अगाडि बढ्न नसक्ने राजनीतिक आन्दोलन वा पार्टी इतिहासबाट नामेट हुनुपर्ने अवस्था आउँछ । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्कालीन एमाले अध्यक्ष ओलीलाई आफूभन्दा सिनियर अध्यक्ष स्वीकार गरेर तत्कालीन एमालेको नेपाली राजनीतिक आन्दोलनमा सकरात्मक योगदान रहेको कुरा स्वीकार गरेर पार्टी एकता गरेको सत्य हामी सबैका सामु छर्लङ छ ।

मानिसका लक्ष्य एउटै हुन सक्छन् तर लक्ष्य प्राप्तिको तरिका र बाटो फरक हुन सक्छ भन्ने आम सामाजिक मान्यतालाई हामी सबै स्वीकार गर्छौं । कम्युनिस्ट पार्टीले अपनाउने कार्यनीतिक लक्ष्य र कार्यदिशाको सन्दर्भमा विश्वव्यापी एकरुपता रहेको पाइदैन ।

त्यस्तै नेपालमा रहेका सबै कम्युनिस्टले पनि समाजवाद र साम्यवादको रणनीतिक लक्ष्यमा असमान धारणा राखेको पाइँदैन । तर जब राज्यसत्तामा पुगेपछि अपनाइएको रणनीतिक लक्ष्यतर्फ सोझ्याउनुपर्ने यात्रा हुन्छ, त्यसमा भने अनेकन असमानता नेतृत्व तहमा भेटाउने गरिएको छ । यही सन्दर्भमा अध्यक्ष ओली, प्रचण्ड, नेपाल र खनालमा रहेका व्यवहारिक भिन्नतालाई केलाउनु महत्वपूर्ण हुन्छ ।

वर्तमान व्यवस्था स्थापनाको विषयलाई जोडेर कमरेड प्रचण्डलाई धन्यवाद दिइसकेपछि सोही व्यवस्थाको दिगोपनाका लागि उहाँले निर्वाह गर्नुपर्ने जिम्मेवारीको विषयलाई प्रश्न बनाउने हो भने उहाँका अथाह कमी, कमजोरी सतहसम्म आइपुगेको हामीले देखेका छौं । तर अध्यक्ष ओलीले राज्यसत्ताको नेतृत्व गर्ने अवसर पाएको सन्दर्भमा राजनीतिक स्थायित्व, राष्ट्रियता र समृद्धिप्रति देखाउनुभएको लगाव र प्राप्त भएको नतिजाले तुलनात्मक रुपमा उहाँ दूरदर्शी, सफल र सक्षम नेतृत्व पुष्टि गरेको छ ।

सन्दर्भ र शक्ति सन्तुलन फेरिएको छ । हामीले नेपाली राजनीतिमा सिर्जना भएको संघर्षबाट नयाँ अनुभव हाँसिल गरेका छौं । नेपाली राजनीतिमा नयाँ सम्भावना र चुनौतीको जन्म भएको छ । समग्र नेपाली राजनीति नयाँ सन्दर्भमा प्रवेश गरेको छ ।

त्यसैले अदालतले पार्टीहरुको पूर्ववत अवस्थाको सिर्जना गरिदिए पनि पूर्व एमाले वा पूर्व माओवादीको रुपमा उभिएर हामी नेपाली समाजको आवश्यकता अनुसारको नेतृत्व प्रदान गर्न सक्दैनौं । त्यसैले परिवर्तित सन्दर्भमा विचार/राजनीतिको समृद्धिसहित संघर्षको बीचबाट स्थापित नेतृत्व ओलीको नेतृत्वमा एमालेमा केन्द्रिकृत हुँदामात्रै हामीले कम्युनिस्ट आन्दोलनलाई सफल बनाउने र देशमा समाजवाद स्थापना गर्ने विषयमा सफल हुनेछौं ।

सम्बन्धित खबर