आइतबार, २६ बैशाख २०७८
samadhannews
Sanima Bank New year offer

दुवै हातमा थिए लड्डु, जुन खाए पनि गुलियाे

शुक्रबार, १७ बैशाख २०७८

रामकृष्ण ज्ञवाली

हिन्दीमा एक कहावत छ– "जब देता हे उपरवाला देता झप्पड फाडके " ।

राजीव गुरुङ विहीबार गण्डकी प्रदेश सरकारकाे युवा तथा खेलकुद मन्त्रीकाे सपथ खाएर बाहिरिदै गर्दा कतिपय एमालेका सांसदहरुले गम खाइरहेका थिए । मन न हाे, सरकार जाेगिएकाे सम्झन्छ फुरुङ्ग हुन्छ, मनाङे मन्त्री भएकाे सम्झन्छ भरङ्ग हुन्छ।

दीपक मनाङे हतियार सहितकाे पिएसओ गाडीमा राखेर झण्डा हल्लाउदै पदस्थापनका लागि मन्त्रालय जाँदै गर्दा जीवनभर एमालेकाे राजनीति गरेर दाह्री कपाल फुलाएका प्रदेश सांसदहरु सपथ ग्रहण स्थलबाट पैदल बाहिरिदै थिए ।

सायद यसैलाई भन्छन्– "जब देता हे उपरवाला देता झप्पड फाडके " । नही देता है ताे ‍‍‍…

देश कै नामुद गुण्डा लिडरमा कहलिएका राजीव गुरुङ उर्फ दीपक मनाङे ०७४ काे निर्बाचनमा मनाङ जिल्लाबाट प्रदेश सभा सदस्यका रुपमा विजयी भ‍‍‍‍‍‍ए । अपराधिक गतिविधिमा संलग्न भएकाे अभियाेग पटक पटक प्रमाणित भैसकेका उनी मनाङका जनताकाे भाेटले माननीय बने ।

उनी माननीय राजीव गुरुङ भैसक्दा पनि उनलाई त्यस रुपमा नस्वीकार्ने ठुलै जमात थियाे । त्यसैले कतिपयले उनलाई मानीयकाे साटाे हाननीय भन्थे, खिल्ली उडाउेथे ।

भयाे कस्ताे भने, उनी माननीय भैसकेपछि पनि जेल जानु पर्याे । जनताले प्रत्यक्ष मत दिएर जिताए पनि उनलाई आफ्नाे पृष्ठभूमिले पछ्याउन छाेडेकाे थिएन । फलस्वरुप प्रदेश सांसदमा निर्बाचित भएपछि सपथ ग्रहण गर्न नपाउदै उनकाे जेलयात्रा भयाे ।

यसअघि पनि पटक पटक थुनिएका मनाङेलाई जेल बस्नु कुनै ठुलाे कुरा थिएन । पहिले पहिले जेल पर्दा गुण्डा नाइकेका रुपमा जेल भित्र पनि राज गरेकै हुन्थे । यस पटक भने उनकाे नामकाे अगाडि उपमा थपिएकाे थियाे, माननीय । उनी जेलमा बस्दा पहिले पनि भिआइपी जस्तै हुन्थे, अन्तिम पटक त भिभिआइपी ।

६ महिना जेल जीवन बिताएर निस्के लगत्तै प्रदेश सांसदकाे सपथ खाइ पाउन मागे । सभामुखले ख्वाए । बल्ल उनकाे संसद यात्रा सुरु भयाे ।

सांसद भए पनि उनी सदनमा कहिले बाेलेनन् । भन्थे– त्यहा गफाडीले मात्र गफ लगाउने हाे, बाेलेर के हुन्छ, तिनकाे गफ कसले सुन्छ, हामी त काममा विश्वास गर्ने मान्छे ।

मनाङबाट स्वतन्त्र उठेर जितेका उनी सपथ ग्रहण गरे लगत्तै तत्कालिन नेकपा प्रवेश गरे । उनकाे पार्टी प्रवेशकाे खासै महत्व थिएन प्रदेश सभामा । नेकपाकाे एक्लै प्रचण्ड बहुमत थियाे। एक थान सांसद न थपिएकाे थियाे ।

परिस्थित यस्ताे निर्माण भयाे कि एकाएक नेकपा भंङ्ग भयाे । एमाले र माओवादी केन्द्र अलग भए । अल्पमतमा पर्ने पृथ्वीसुब्बा गुरुङलाई जनमाेर्चाकाे साथ थियाे र बलिया थिए ।

एमालेकाे चुनाव चिन्ह लिएर निर्बाचन लड्न नपाए पनि दीपक मनाङे एमाले कै समर्थनमा निर्बाचित भएका थिए । त्यसैले बेला बखत उनले आफुलाई एमाले भन्थे । गुरुङ सरकारलाई उनकाे साथ समर्थन थियाे ।

तर एकाएक जनमाेर्चाले समर्थन फिर्ता लिने निर्णय लियाे । अब गुरुङ सरकार अल्पमतमा पर्याे । यही परिस्थितमा विपक्षी गठबन्धन कांग्रस–माओेवादी–जसपाले अविश्वासकाे प्रस्ताव दर्ता गरे । त्यसमा जनमाेर्चाले साथ दिएपछि सरकार स्वत अल्पमतमा पर्थ्याे, ढल्ने थियाे ।

विपक्षी गठबन्धनलाई यत्तिले चित्त बुझेन । उनीहरु मुख्यमन्त्री र एमालेलाई झनै कमजाेर पार्ने रणनीति बनाउन जुटे । एमालेमा रहेका २८ जना मध्ये २ जनालाई मन्त्री बन्न अफर गरे । ती थिए–इन्द्रलाल सापकाेटा र राजीव गुरुङ ।

एमालेमा माधव नेपाल समुहका नेताका रुपमा स्थापित इन्द्रलालले त्याे प्रस्ताव ठाडै अस्वीकार गरे । तर दीपककाे दिमागलाई याे प्रस्तावले हल्लाई दियाे, लाग्याे मन्त्री बन्ने माैका यही हाे । उनलाई विपक्षी गठबन्धन कै अगुवाले सिकाएका हुन्, प्रदेश सभामा स्वतन्त्र सांसदकाे हैसियतमा छुट्टै बस्ने सिट माग गर्न । यसरी एमालेकाे साथ छाेडेपछि मन्त्री बन्ने बाटाे खुल्थ्याे ।

दीपकले स्वतन्त्र सांसदकाे हैसियत माग गरेपछि मनाङे समुदायले दवाव दिन थाल्याे । एउटा गुरुङ मुख्यमन्त्री हटाउन अर्काे गुरुङ लाग्न नहुने चाैतर्फी दवाव आयाे । एक थान मन्त्री त पृथ्वीसुब्बा गुरुङले पनि बनाई दिन्छन् भन्ने प्रस्ताव पुगेपछि मनाङे फेरि अलमलिए । त्यसैले अविश्वासकाे प्रस्तावमा मतदान गर्ने दिन उनी सम्पर्कविहिन भए, सबै माेवाइल स्वीच अफ गरेर ।

यही बीचमा खिमविक्रम शाही काण्ड आयाे । खिमविक्रम भाेट हाल्न नआएपनि दिपक मनाङेकाे साथ पाएकाे भए अविश्वासकाे प्रस्ताव पारित हुन्थ्याे, गुरुङ सरकार ढल्थ्याे । यसैले उनकाे व्यापक खाेजी भयाे । मनाङे खाेज्न निस्किएकाहरुले उनलाई भेटाएनन् । परिस्थिति यस्ताे बनेकाे थियाे कि मनाङेले गृह मन्त्रालय अर्थात आन्तरिक मामिला मन्त्रालय मागे पनि दिनु पर्ने । सरकार, जाे ढाल्नुछ ।

खिमविक्रम शाहीकाे अनुपस्थितिमा निर्णायक भूमिकामा रहेका मनाङेलाई मुख्यमन्त्रीले गुमाउन चाहेनन् । त्यसैले उनले तत्कालै मन्त्रीकाे अफर गरे । मनाङेले पनि विपक्षीसँग उधाराे सम्झाैता गर्नु भन्दा मुख्यमन्त्रीसँग नगदै सम्झाैता गर्नु ठिक ठानें । अर्काेतिर जनमाेर्चाले विपक्षी गठबन्धनलाई अन्तिममा आएर साथ दिन्न कि भन्ने शंका मनाङेलाई पनि छदै थियाे ।

मुख्यमन्त्रीसँग २ वटा मन्त्रालय खाली थियाे । आन्तरिक मामिला र कृषि । मुख्यमन्त्रीले मनाङेलाई कृषि मन्त्रालय अफर गरे । उनले त्याे मन्त्रालय स्वीकार गरेनन् । मागे–…युवा तथा खेलकुद मन्त्रालय । आफ्नाे क्षेत्र र अनुभव यही मन्त्रालयका लागि सही छ, मलाई दिने भए यही मन्त्रालय मन्त्रालयय दिनुस् ।

गजबकाे कुरा के थियाे भने उनले विपक्षी गठबन्धनसँग पनि युवा तथा खेलकुद मन्त्रालय नै मागेका थिए र दिन पनि तयार भएका थिए। सायद यसैलाई भन्छन्–दुवै हातमा लड्डु । मुख्यमन्त्रीले सामाजिक विकास मन्त्रालय फुटालेर मनाङेकाे माग पुरा गर्दै युवा तथा खेलकुद मन्त्रालय बनाए ।

अब केही दिन नेपाली मिडियामा दीपक मनाङे छाउने छन् । उनकाे विगत मात्र हाेईन आगत केलाइनेछ । उनले के खाए, के बाेले, के गरे, मिडिया पछि लाग्नेछ । किनकी उनी मिडियाका लागि बिकाउ छन् ।

राजनीतीमा नैतिकता हुन्छ भन्ने कि हुन्न भन्ने, आफ्नाे स्वार्थ अनुसार व्याख्या हुन्छ । हिजाे दीपक मनाङेले मागेमा आन्तरिक मामिला मन्त्रालय दिन पनि तयार भएका नेताले नै आज उनकाे ज्यान मार्ने अभियुक्त हुने बेलाकाे फाेटाे सामाजिक सञ्जालमा पाेष्टेर मुख्यमन्त्रीकाे उछिताे काड्दै छन् । सत्ता पाउन र जाेगाउन आवश्यकता अनुसारकाे खेल खेल्ने मैदान भनेकै संसद हाे ।

एउटा सांसदका हैसियतले दीपक मनाङेले जे गरे ठिकै गरे । मान्छे महत्वाकांक्षी हुन्छ नै । हरेक सांसद मुख्यमन्त्री मन्त्री बन्न प्रयास गर्छन् । मनाङेले जस्तै अरुले पनि गरे । पासा खेले जस्तै त रहेछ राजनीति, कसैकाे भागमा चिट पर्याे कसैकाे भागमा पट । तर मनाङेकाे हातमा यस्ताे पासा थियाे जुन पासामा चिट पनि उनकै नामकाे थियाे, पट पनि उनकै नामकाे । उनले त्यही पासा फाले र मन्त्री बने।

अन्तमा,
मनाङेले राजनीतिका खेलाडीलाई एउटा पाठ चाहि सिकाएका छन्–खान पाउदैमा आफूलाई अपाच्य हुने कुरा खानु हुँदैन ।

सम्बन्धित खबर