आइतबार, २६ बैशाख २०७८
samadhannews
Sanima Bank New year offer

म्याग्दीका संक्रमितको मृत्यु

मङ्गलबार, २१ बैशाख २०७८

समाधान संवाददाता, पोखरा

कोरोना संक्रमणबाट म्याग्दीका एक पुरुष संक्रमितको मृत्यु भएको छ । म्याग्दी जिल्ला मंगला गाउँपालिका ६ का ७६ वर्षीइ कोरोना संक्रमित पुरुषको आज चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएको छ । उनमा वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३३ पुगेको छ । सोमबारसम्म गण्डकीमा १९ हजार ४ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये २१८३ जना सक्रिय संक्रमित छन् । सबैभन्दा बढी सक्रिय संक्रमित १३१५ जना कास्कीका छन् ।

सम्बन्धित खबर