शनिबार, ०५ असार २०७८
samadhannews
Sanima Bank New year offer

सभामुखलाई कृष्ण थापाको प्रश्नः माओवादीले पठाउँदैमा जे गर्न नि पाइन्छ ?

बिहिबार, २७ जेठ २०७८

समाधान संवाददाता, पोखरा

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले सभामुख नेत्रनाथ अधिकारीमाथि कटाक्ष गरेका छन् । माओवादी भएकाले अर्काको फल खाँदै हिँडेको भन्दै उनले व्यङ्ग्य गरेका छन् ।

सभामुख अधिकारी सांसद थापाको पद पुनर्बहाली भएपछि अदालत गएका थिए । त्यसमा प्रतिक्रिया जनाउँदै थापाले आफूले फलाएका फल माओवादीको करकापमा एउटा स्वतन्त्र पदको व्यक्ति आएर खाइदिएको उनको भनाइ छ ।

‘मैले आफ्नो बारीमा फलफुल फलाएको थिएँ ।आफन्त र परिवारलाई पु¥याउन अप्ठेरो भइरहेको थियो। त्यही पनि छेउमा दुई काँक्रा जोगाई राखेको थिएँ। स्वतन्त्र पदीय मर्यादामा बसेको व्यक्तिले आएर खाइदिन मिल्छ र ? माओवदिले पठाउँदैमा ?’ उनले लेखेका छन् ।

सम्बन्धित खबर