शनिबार, ०५ असार २०७८
samadhannews
Sanima Bank New year offer

‘राजनीतिक चलखेलका लागि’ पोखरा आएका डन गणेश लामा प्रहरी नियन्त्रणमा

बिहिबार, २७ जेठ २०७८

समाधान संवाददाता, पोखरा

डनको छवि भएका नेपाली कांग्रेसका युवा गणेश लामालाई बिहीबार पोखरामा प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञाका बेला लामा अचानक काठमाडौंबाट पोखरा आइपुगेका थिए । पोखरा आएर उनी लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका थिए ।

निषेधाज्ञा उल्लंघन गर्दै पोखरा आएका उनी होटल पोखरा बुटिकबाट भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका बेला घेरा हालेर प्रहरीले नियन्त्रणमा लिएको हो । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची भएका बेला लामा पोखरा आउनुलाई उनले राजनीतिक चलखेल गर्न आएको आशंका गरिएको छ ।

उक्त आशंकाका बीच युवा तथा खेलकुद मन्त्री दीपक मनाङे विश्वासको मतदानका बेला बिहीबार प्रदेश सभा गएनन् । विगतमा गुन्डाको छवि भएका गणेश लामा अहिले कांग्रेसको राजनीतिमा छन् । उनी कांग्रेसबाट चुनावसमेत लडेका थिए ।

यता त्यस्तै छवि भएका मनाङेले भने मनाङबाट चुनाव जिते । प्रहरी स्रोतले सांसद मनाङे बिहीबार दिनभर सम्पर्कविहीन भएकै बेला लामालाई पक्रनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सम्बन्धित खबर