आइतबार, १७ साउन २०७८
samadhannews
Sanima Bank New year offer

मुस्ताङः जलवायु परिवर्तनले संकटमा पर्दै माटोका घर

आइतबार, २० असार २०७८

एसके थकाली \ मुस्ताङ
कुनै जमाना थियो , हिमाली जिल्ला मुस्ताङमा वर्षा एकदमै कम हुन्थ्यो । कालिगण्डकी तटीयक्षेत्रमा मान्छेनै उडाउने उन्मादको हावा चल्छ ,तर हावा बढी चलेपनि यहा कहिलेकाही मात्र क्षणिक वर्षा हुन्थ्यो ।
तर पछिल्लो समय मुस्ताङीले युग फेरिएको फरक अनुभुती गर्न थालेका छन् । पानीनै नपर्ने मुस्ताङमा लामो समयसम्म भारी वर्षा हुन थालेको छ । पछिल्लो एकदशक यता हिमालीक्षेत्रको हावापानी ,रहनसहन , जिवनशैलीमा आएको फेरबदलले मुस्ताङ जिल्लाको धार्मिक र सांस्कृतिक सभ्यता समेत रुपान्तरित हँुदै जान थालेको छ ।
अन्धाधुन्द पूर्वाधार विकासले वातावरणक्षेत्रमा परेको दुष्प्रभावका कारण जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमालीक्षेत्रका बासिन्दाले भोग्न बाध्य परेका छन् । विश्वमा बढ्दै गईरहेको कार्वन उत्र्सजन तथा हरितगृह ग्याँसको प्रभावले मौसम प्रतिकुल बन्दै जान थालेको स्थानीय बताउँछन् । जलवायु परिवर्तनले हिमालीक्षेत्रको जैविक विविधता लोप हुने खतरा समेत उक्तिकै बढेको उनीहरुको भनाई छ ।
सदिंयौवर्ष अघि मुस्ताङका अधिकाश घर—टहरा तथा पशुपालन गर्ने खोरका पर्खालहरु माटोलेनै निर्माण गरिएका छन् । यस्ता घरहरु वर्षोवर्षसम्म टिकाउ हुन्थ्यो । ढुङ्गा माटोले प्राचिन शैलीमा एकआपसमा जोडेर निर्माण गरिएका माटोका घरहरुमा कंक्रिटको प्रयोग हुने थिएन । माटोले निर्मित यस्ता घरहरुको छत माथि ३ ईञ्चसम्म सख्खर माटो बिच्छ्याईन्यो । सख्खर माटोको छानो भएका यस्ता घरहरुमा वर्षौवर्षसम्म पानी चुहिने थिएन । यस्ता घरहरु निर्माण गर्दा लागत समेत कम हुने र घाम र पानीलाई सन्तुलित राख्न सक्ने भएकाले माटोको घरमा बस्दा न्यानो हुन्छ । पहाडको पंmेदमा पाईने सख्खर माटो छत माथि बिछ्याउदा कंक्रिट ढलान भन्दा बलियो हुने गथ्र्यो ।
पछिल्लो समय प्राचिन शैलीमा निर्माण गरिएका यस्ता घर आधुनिकताको प्रभावसंगै मौसममा आएको फेरबदलले संकटमा पर्न थालेको स्थानीयको भनाई छ । हिमाली जिल्लाको मौलिक कलासंस्कृतिसंग जोडिएका यस्ता घरहरुमा पछिल्लो समय अविरल वर्षाले क्षति पु¥याउन थालेको छ । माटोले बनेका यस्ता घरहरुमा छत माथि लटरम्म दाउरा पाँज्ने चलनले यहाको सांस्कृतिक सम्यताले उजागर गथ्र्यो ,यहाँको मौलिकता अवलोकन गर्न पाउँदा मुस्ताङ आउने पर्यटक मोहित हुन्थे । मुस्ताङमा माटोले बनेका यस्ता घरहरु अझै जिवितै छन् तर यस्ता घरहरुको संरक्षणमा वातावरणको प्रभाव चुनौती बन्न थालेको छ ।
गत वर्ष थासाङ गाउँपालिका—२ कोवाङ नाउरिकोटमा अविरल वर्षाका कारण माटोले बनेका केही घर भत्किन पुगे । नाउरिकोटमा घर भत्किदा एक युवाले ज्यानै गुमाएका थिए । यसवर्ष पनि एक सातासम्म परेको अविरल वर्षाले मुस्ताङका विभिन्न स्थानमा माटोले बनेका घरहरु भत्किन पुगेका छन् । अविरल वर्षाले मुस्ताङको घरपझोङ—२ मार्फा गाउँको एक दर्जन दलित बस्ती माटोका घरहरु भत्किदा बिस्थापित भएका छन् । अविरल वर्षाले घर भत्किदा उनीहरुलाई मार्फा समाजघरमा स्थान्तरण गरिएको छ ।
यस्तै,घरपझोङ—५ ढुम्बामा माटोले बनेका ७ घरहरु पनि अविरल वर्षा थेग्न नसक्दा धमाधम भत्किएर क्षति भयो । सदरमुकाम जोमसोममा पनि माटोले बनेका कतिपय स्थानीयका घर—टहरा र पशुपालन गर्ने खोर ÷पर्खाल भत्किन पुगे । बढ्दो प्राकृतिक दोहनका कारण मुस्ताङका प्राचिन माटोले बनेका घरहरु जोखिममा पर्न थालेको थासाङ—२ का स्थानीय सोजन हिराचनले उल्लेख गरे ।
“पछिल्लो समय हिमालीक्षेत्रमा मौसम प्रतिकुल बन्न थालेको छ । यहाँ पानी उस्तो पर्दैनथ्यो,उनले भने,“ जलवायु परिवतनको असरले असमान प्रकारको हिमपात र वर्षा हुन थालेको छ । यो यहाँका लागि चिन्ताकै बिषय हो ।’ उनले सदियौं देखि माटोले बनेका घरहरु जिवन्त ईतिहास रहेको बताए ।
मुस्ताङका सरकारी कार्यालय समेत माटोले बनेका छन् । तर माटोले बनेका यस्ता कार्यालयहरुमा वर्षाले पानी चुहिन थालेपछि कार्यसम्पादनमा समेत असहज हुन थालेको बतार्ईएको छ । केहीवर्ष यता मुस्ताङका घरहरुमा पानी चुहिने र भत्किने क्रम बढ्न थालेको छ । अव मुस्ताङको सांस्कृतिक धरोहरको रुपमा रहेका माटोका पुराना घरहरु जोगाउन सरकारले ठोस कार्यक्रम ल्याउनु पर्ने उनले सुझाए ।
विदेशी पर्यटकका लागि आर्कषक पहिचान बन्दै आईरहेको यसप्रकारका माटोले बनेका घरहरु वातावरण प्रभावसंगै आधुनिकताको चपेटामा पर्न थालेको लोघेकर दामोदरकुण्ड गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले दावी गरे । पछिल्लो समय मुस्ताङका पुराना संरचना मासिन थालेको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष बिष्टले यस्ता संरचना पुस्तौसम्म जिवन्त राख्न आजको आवश्यकता रहेको बताए ।

उनले भने “ धमाधम पुराना घरहरु मास्दै कंक्रिट घरहरु बन्ने हाडबाजी चलेको छ । आधुनिक र वातावरणले संस्कृति र मौलिकता संकटमा पर्न थाल्यो ।’
उनले जलवायु परिवर्तनको असरले हिमालीक्षेत्रको जैविक विविधिता,कृषि ,पर्यटन र संस्कृति माथि नकरात्मक प्रभाव पर्दै गईरहेको दुखेसो सुनाए ।

सम्बन्धित खबर