आइतबार, १७ साउन २०७८
samadhannews
Sanima Bank New year offer

आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहारको आरोपमा पोखरा भुम्दीकोटका प्रअ पक्राउ

शनिबार, २६ असार २०७८

समाधान संवाददाता, पोखरा

पोखरामा आफ्नै विद्यार्थीमाथि यौन दुराचारको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । पोखरा महानगरपालिका २२ को ओखलेडाँडा भुम्दीकोट माविका प्रधानाध्यापक विश्वराज बास्तोला बाल यौन दुराचारको आरोपमा पक्राउ परेका हुन् ।

१५ वर्षीया छात्रामाथि उनले दुराचारको आरोपमा पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताए । हमालका अनुसार ती छात्रा पछिल्लो समय मानसिक समस्याबाट गुज्रिएकी थिइन् । उनलाई अभिभावकले पटकपटक अस्पताल लगेपनि शारीरिक अस्वस्थता भने नदेखिएपछि घरमै सोध्दा शिक्षकले दुव्र्यवहार गर्ने गरेको ती बालिकाले बताएको प्रहरी बताउँछ । ‘शारीरिक बिरामी केही रहिनछन्, जोक्र्याउने मात्र हुने भएपछि अस्पताल लैजाँदा केही नदेखिएपछि फकाएर सोध्दा दुव्र्यवहार बारे बोलिछन्,’ हमालले बताए ।

प्रअले दुव्र्यवहार गरेको बताएपछि परिवार र गाउँले मिलेर बास्तोलालाई कुटपिट गरेका थिए । बास्तोलामाथि कुटपिट भएको जानकारी पाएपछि छोरेपाटन प्रहरी गएर बास्तोलालाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगेको थियो । बालिकाको परिवारसँग कुटपिट बारे सोध्दा दुव्र्यवहार भएको बताएपछि प्रहरीले जाहेरी दिन लगाएको थियो ।

बालिकाको परिवारले बुधबार प्रहरीलाई जाहेरी दिएको थियो । जाहेरीमा आफूमाथि पटकपटक यौन दुव्र्यवहार भएको, प्रअले म्यासेजमा अश्लिल सन्देश पठाउने गरेको उल्लेख छ । प्रअ बास्तोलालाई प्रहरीले पक्राउ गरी प्रारम्भिक बयान समेत लिइसकेको छ । बयानमा बास्तोलाले दुव्र्यवहार नगरेको बताएको प्रहरी बताउँछ । ‘बयानमा त मैले गरेको होइन भनेको छ,’ प्रवक्ता हमालले बताए ।

सम्बन्धित खबर