समाधान संवाददाता, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७ घारीपाटनस्थित सफल बचत तथा ऋण सहकारी सस्था लिमिटेडले नव बर्षको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा भित्तेपात्रो लोकार्पण समेत गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका उपसभामुख सृर्जना शर्माले सहकारी समृद्धिको मुख्य आधार भएको बताइन् । उनले सहकारी उत्पादनसंग जोडिनुको विकल्प नरहेको उल्लेख गरिन् ।
सुन्दरकुमार थकाली, जोमसोम । घरपझोङ गाउँपालिकाले विना पूर्वाधार मुस्ताङको जोमसोमका फुटपाथका व्यापारीसंग कर लिन थालेको छ । पालिकाको त्यस कार्यबाट धार्मिक तथा पर्यटकीय क्षेत्रमा फुटपाथमा पसल थापेर व्यापार दैनिक जिविकोपार्जन चलाएका व्यापारीहरु यतिबेला तनाबमा छन् । ति महिला व्यापारीहरु बिहानै उठेर सडकको छेउमा बसेर साँझसम्म मुस्ताङको कोशेली बिक्री गर्छन् । उनीहरुलाई सामान बिक्री गर्ने र
समाधान संवाददाता, पोखरा । नेपाली नयाँ वर्षमा पश्चिमाञ्चल होटल संघ पोखराले बर्सेनि गर्दै आएको फेवा नव वर्ष महोत्सवलाई कोभिडका कारण परिमार्जन गरेको छ । यसपटक नयाँ वर्षका अवसरमा प्रविधिलाई विशेष प्राथमिकता दिंदै जाउँ है पोखरा अभियान सञ्चालन गरिने भएको हो । कोभिड– १९ को संक्रमणका कारण यसपटक भौतिक महोत्सव आयोजना नगरी प्रविधिमा आधारित क्युआर कोडलाई
समाधान सम्वाददाता, पोखरा । नेपाल सरकार पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्डले जापानका लागि पर्यटनदूतमा राजनकुमार पौडेललाई नियुक्त गरेको छ । स्याङ्जा जिल्लाको टक्सारमा जन्मेर पोखरामा हुर्के बढेका राजनले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण तथा क्षेत्रीय विकासमा स्नातकोत्तर गरेका छन् । राजनले नेपाल सरकारको विशेष अनुसन्धान ब्युरोमा करीब ५ वर्ष अनुसन्धान अधिकृतको रुपमा
समाधान संवाददाता, पोखरा रुपा गाउँपालिकामा ३ वर्षअघिसम्म करिब २० वटा कृषि तथा पशुपंक्षी फार्म थिए । १५ वटा जति किसान समूह थिए । अहिले रुपामा २ सय ५५ कृषि तथा पशुपंक्षी फार्म दर्ता भएर उत्पादन र बजारीकरण गरिरहेका छन् । ७३ किसान समूहले व्यावसायिक कृषि कर्म गरिरहेका छन् । २० वटा कृषि सहकारी सञ्चालनमा आइसकेका
पोखरा, ८ चैत (समाधान)— क्लासिक लिजेन्ड्सको उत्पादन ‘पेराक’ मोटरसाइकलको पोखरामा पनि सोरुम खुलेको छ । नयाँबजारस्थित श्रेष्ठ मोटसाइकल पार्टस्को सिस्टर कम्पनी श्रेष्ठ मोटर्सले जावाको सोरुम खोलेको हो । हालै आयोजित कार्यक्रममा प्रदेश सांसद विन्दुकुमार थापाले जावाको पेराक बाइक सार्वजनिक गरेका थिए । कम्पनीले जावा मोटरसाइकलका बिएस ६ इन्जिनयुक्त जावा पेराक ल्याएको कम्पनीका सिजन श्रेष्ठले बताए ।
समाधान संवाददाता पोखरा, ८ चैत जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको सेयरको सार्वजनिक निष्कासन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियुक्ति सम्बन्धी सम्झौता चैत ५ गते शुक्रबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रधान कार्यालय सिमलाचौर पोखरामा सम्पन्न भयो । सम्झौतामा जाल्पा
काठमाडौं इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा ५० कित्तासम्म आवेदन दिने सबैले पाउने भएका छन् । सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले प्रि–अलोटमेन्टमार्फत् १४ लाख ७५ हजार ८ वटा आवेदनलाई योग्य ठहर गरेको हो । जसअनुसार ५० कित्तासम्म आवेदन दिने सबैले पाउनेछन् भने केही भाग्यशालीले ६० कित्तासम्म सेयर प्राप्त गर्नेछन् । प्रि अलोटमेन्टमा ६ हजार २७६
पोखरा, ३ माघ (समाधान) पोखरा इलेक्ट्रिकल एसोसिएसनको शनिबार भएको २१ औं साधारण सभा तथा ११ अधिवेशनबाट मुक्तिनाथ आचार्य अध्यक्ष निर्वाचित भएका छन् । अध्यक्षसहित सबै पदाधिकारी र सदस्य सर्वसम्मत निर्वाचित भएका हुन् । कार्यसमितिको वरिष्ठ उपाध्यक्ष ऋषिराज बराल, द्वितीय उपाध्यक्ष शिशिर मिश्र, तृतीय उपाध्यक्ष गिरिराज बराल, महासचिव केशव ढकाल, सचिव नीलबहादुर भुजेल, कोषाध्यक्ष कृष्णमणि भण्डारी
समाधान संवाददाता पोखरा पोखरा हार्डवयर एसोसिएसनको अध्यक्षमा शेषकान्त ढकाल निर्वाचित भएका छन् । संस्थाको शनिबार भएको २७ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनले ढकालनको नेतृत्वमा समिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष र सदस्यको बैठकले शनिबार नै पदाधिकारी तया जिम्मेवारी बाँडफाँट गरेको छ । उपाध्यक्षमा पृथ्वीराज तिमिल्सिना र अर्जुनबहादुर थापा, महासचिवमा कृष्णप्रसाद कोइराला,