एसके थकाली, जोमसोम कालिगण्डकी नदी दीर्घकालसम्म नियन्त्रण गर्ने उद्दश्यले प्रारम्भिक अध्ययन गरिएको छ । गण्डकी प्रदेशको रुपाकोट संरक्षण एकीकृत विकास परियोजनाले मुस्ताङको वारागुङ मुक्तिक्षेत्रको छुसाङदेखि थासाङ गाउँपालिकाको पैरोथाप्लासम्मको क्षेत्रमा केही हप्ताअघि यसबारे अध्ययन गरेको थियो । अध्ययन टोलीले मुस्ताङको वारागुङ, घरपझोङ र थासाङ गाउँपालिकामा प्रारम्भिक अध्ययन गरेको छ । यसका लागि रुपाकोट परियोजनामा कार्यरत इन्जिनियर
केशवशरण लामिछाने, पोखरा पोखरा विश्वविद्यालयले नेपालमै पहिलोपटक उद्यमशीलता विकाससम्बन्धी विषय पढाउने भएको छ । स्नातक तहमा ब्याचलर या आन्टरपे्रन्युअरसिप डेभलपमेन्ट (बेड) कार्यक्रम पढाउन उसले भर्नासमेत खोलिसकेको छ । विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले उक्त कार्यक्रम शुक्रबार सार्वजनिक गरे । उपकुलपति अर्यालले आवश्यकताका आधारमा कार्यक्रम सुरु गरेको बताए । उनले बेरोजगारीका समस्याले विदेशिनुपर्ने अवस्थालाई गम्भीर हुनुपर्नेमा
अमृत सुवेदी, धनगढी १९ वर्ष पहिलेसम्म पनि नेपालीलाई पर्यटक मानिदैनथ्यो । पर्यटक भनेकै विदेशी र त्यसमा पनि गोरा छाला भएका हुन् भन्ने मान्यता बढी थियो । यो धारणालाई चिर्न पश्चिमाञ्चल होटल संघले एउटा अभियान ल्यायो, ‘जाऔं है पोखरा ।’ देशका विभन्न ठाउँमा पुग्ने र पोखरा घुम्न निम्तो बाँड्ने अभियान संघले चलायो । तत्कालीन संघका अध्यक्ष
समाधान संवाददाता, पोखरा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको आयोजनामा गण्डकी प्रदेशभित्र संघ, प्रदेश र स्थानीयतहमाकार्यरत सहायक स्तरका कर्मचारीका लागि ३० दिने कार्यालय सञ्चालनतथाव्यवस्थापन तालिम बुधबार सुरु भएको छ । तालिम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकार कर्मचारीको क्षमता विकासका सन्दर्भमा संवेदनशील रहेको बताए । उनले यसका लागि ऐन तर्जुमा गरी
समाधान संवाददाता, पोखरा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल गण्डकी प्रदेश समन्वय समितिले बुधबार गण्डकी प्रदेशको शैक्षिक अवस्था र आगामी कार्यदिशाबारेगण्डकी प्रदेश स्तरीय नीतिगत संवाद कार्यक्रम गरेको छ । कार्यक्रममा अभियानको गण्डकी प्रदेश स्तरीय समन्वय समिति गठनसमेत गरिएको छ ।अभियानको विधान तथा नियमावली अनुसार गठन भएको समितिको संयोजकमा इन्दिरा पौडेल छन् । उनी अभियानको १० औं
समाधान संवाददाता, पोखरा पोखरा १७ घारीपाटनमा रहेको एसओएस स्कुल पोखरामा बुधबार विद्यार्थी परिषद्को पदस्थापन तथा सपथग्रहण भएको छ । कोभिडका कारण यसवर्ष ढिला गरी गठन भएको परिषद्को नेतृत्व चयनसँगै पदस्थापन गरिएको प्रिन्सिपल फुर्बु थिन्लेले जानकारी दिए । परिषद्को क्याप्टेनमा छात्रतर्फ कक्षा १० का तेन्जिन हिसे र छात्रतर्फ छोइङ साङ्मो लामा चयन भए । क्याप्टेन द्वयलाई
तार भूमिगत बनाउने महानगरको योजनै भूमिगत भएजस्तो छ, के भइरहेको छ कसैलाई थाहा छैन अनिष भट्टराई, पोखरा पोखरासहित नेपालका सबै सहरमा बिजुलीका पोल र सोलार बत्ती नजिकै राखिएका छन् । सडक छेउका बिजुली पोलमा तारैतारको गुजुल्टो देखिन्छ । भद्रगोल बिजुली तार, भौतिक संरचना नै छुने गरी सोलार बत्ती राखिएका छन् । बिजुलीमा प्रयोग हुने करेन्ट
दैनिक साढे ६ घण्टा गाडी आउजाउ पूर्ण रुपमा बन्द एसके थकाली, जोमसोम उत्तर—दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसोमकोरला सडक आयोजना अन्तर्गत बेनी—जोमसोम सडकखण्डमा मंगलबारदेखि टाइमकार्ड लागू भएको छ । टाइमकार्ड लागू भएसँगै मुस्ताङ आउजाउ गर्ने सबै प्रकारका सवारी साधनलाई सडक निर्माणका क्रममा आउजाउमा रोक लगाइने भएको छ । राष्ट्रिय गौरवको बेनी जोमसोम ७६ किमी निर्माणाधीन
समाधान संवाददाता, जोमसोम आसन्न नेपाल पत्रकार महासंघको ३ तहको निर्वाचन प्रयोजनका लागि मुस्ताङमा बुधबार निर्वाचन समिति गठन भएको छ । शाखा अध्यक्ष सुन्दरकुमार थकालीको अध्यक्षतामा बसेको बैठकले महासंघको विधान २०६० पाचौं संशोधन ( २०७५) बमोजिम सर्वसम्मत निर्वाचन समिति गठन गरेको हो । महासंघको २६ औं महाधिवेशनमा संघ, प्रदेश र जिल्लाको एकैसाथ प्रत्यक्ष निर्वाचनका लागि पत्रकार
अनुप पौडेल, पोखरा पोखरा महानगरपालिका र प्रदेश सरकार मिलेर २०७५ माघ दोस्रो साता फेवातालबाट गेग्य्रान झिक्न सुरु गरे । त्यतिबेला गाईघाट, खहरे लगायतका ठाउँबाट १० दिन लगाएर २० हजार घनमिटरभन्दा बढीमाटो, बालुवा निकालियो । त्यही वर्ष चैत अन्तिममा खपौंदी क्षेत्रबाट पनि माटो निकाल्न सुरु गरियो । त्यहाँबाट निकालेको माटो सीमसार क्षेत्रमा थुपारेपछि विरोध भयो ।