समाधान संवाददाता, पाेखरा पोखरा महानगरपालिकाको प्रज्ञा प्रतिष्ठानमा ७ जना नियुक्त भएका छन् । मेयर मानबहादुर जिसीले प्रतिष्ठानमा सदस्य चयन गरेका हुन् । प्रतिष्ठानको कुलपतिमा पदमराज ढकाल नियुक्त भएका छन् । सदस्यमा कृष्ण भण्डारी, प्रकाश ज्ञवाली, जीवन दाहाल, मिलन शेरचन, सरस्वती श्रेष्ठ सरु र दिलीप गायक चुनिएका छन् । सबैलाई मेयर जिसीले बुधबार नियुक्ति दिएका हुन्
पाेखरा विश्व सिग्देल आफ्ना किशोरवय सम्झँदा किताबहरु खासै सम्झन पाउँदैनन् । हुन पनि उनका पालामा बालबालिका र किशोरकिशोरीले पढ्ने किताबै पाइनन्थ्यो । भन्छन्, ‘आसामका नेपालीले लेखेका किताब लाहुरेहरुले ल्याउँथे । एउटै किताब दसौं हजारले पढ्थे ।’ सिग्देल आफ्ना पालामा मधु मालतीका कथा, सुब्बा होमनाथ र केदारनाथहरुले लेखेका धार्मिक किताब आफ्ना बाबुले पेटारोमा राख्ने गरेको सम्झन्छन्
समाधान संवाददाता, पोखरा साहित्यकार जीवन सागर भण्डारीको मुक्तक कृति ‘असुरक्षित गुलाब’ मंगलबार लोकार्पण भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा पोखरामा मंगलबार कृति साहित्यकार सरुभक्तले लोकार्पण गरेका हुन् । साहित्यकार सरुभक्तले जीवन र साहित्यलाई अब छुट्टाछुट्टै लिन नसकिने बताए । मुक्तक संग्रहमा प्रस्तुत मुक्तकले उत्कृष्ट कृतिको रुपमा परिचय बनाउने विश्वास पनि उनले व्यक्त गरे
समाधान संवाददाता, पोखरा चलचित्र पत्रकार संघ कास्कीले घान्द्रुक ‘सिनेमा संवाद’ कार्यक्रमको आयोजना गर्ने भएको छ । माघ १२ र १३ गते पर्यटकीय गाउँ घान्द्रुकमा हुने कार्यक्रमको तयारी पूरा भएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले जानकारी दिए । उनले लामो समयको बन्दाबन्दी पश्चात माघ १ गतेबाट खुलेको पर्यटकीय गाउँ घान्द्रुकको प्रचारप्रसार र चलचित्र क्षेत्रको
समाधान संवाददाता, पोखरा छुरा धस्नेलाई पनि अवसर आइरहनुपर्छ मैले यसर्थ पिठ्युँ त फर्काइरहनुपर्छ बास्ना त तिमीले चपाएको चुइगम हो तीतो हुँदै जान्छ एकछिन चपाइरहनुपर्छ । प्रस्तुत सेयर हुन, गजलकार प्रदीप रोदनका । आइएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करणका अवसरमा सोमबार आयोजित शुभारम्भ साँझमा रोदनले गजल वाचन गरिरहँदा फेस्टिभलको माहोल तात्दै थियो । सराङकोटस्थित सराङकोट माउन्टेन
समाधान संवाददाता पोखरा पृथ्वीनारायण क्याम्पस पोखराको नेपाली विभागमा शनिबार ‘चरी लैजा समाचार गीतको निहितार्थता विश्लेषण’ विषयमा छलफल गरिएको छ । प्राध्यापकहरुको प्राज्ञिक उन्नयनका निम्ति विभागले गरेको यो नवौं गोष्ठी हो । विभागकै सदस्य उपप्राध्यापक श्रीधर न्यौपानेले गोष्ठीपत्र प्रस्तुत गरेका थिए । ‘चरी लैजा समाचार’ शीर्षकको प्रस्तुत गीत संगीत श्रोताले रचना गरेका हुन् । यो गीत
समाधान संवाददाता पोखरा लामाे समय प्राध्यापनमा बिताएका साहित्यकार पीताम्बर नेपालीले लेखेको उखरमाउलो निबन्धसंग्रहमाथि सोमबार पृथ्वीनारायण क्याम्पस पोखराको नेपाली विभागले परिचर्चा गरेको छ । नेपाली विभागकै पूर्व प्राध्यापक हुन् । विभागकै सदस्य उपप्राध्यापक गिरबहादुर खड्काले उखरमाउलो निबन्ध संग्रहमा केन्द्रित भएर ‘वैचारिक कोणबाट उखरमाउलो संग्रहकोे विश्लेषण’ शीर्षकमा गोष्ठीपत्र प्रस्तुत गरेका थिए । निबन्धसंग्रहमा म बाहुन हुन चाहन्नँ,
समाधान संवाददाता पत्रकार एवं लेखक ददि सापकोटाको नयाँ कृति ‘वनको वैभव’ मंगलबार सार्वजनिक भएको छ । विश्वमै बढिरहेको कोरोना संक्रमणका बीच औपचारिक कार्यक्रमबिनै पुस्तक बजारमा ल्याइएको हो । यसअघि ‘पन्छी जगत’्, ‘त्यो नेपाल’ र ‘दुखेको युरोप’ लेखेका सापकोटाको यो चौथो पुस्तक हो । यो पुस्तक चराचुरुंगी एवम् वन्यजन्तुको उमेरको मनोविज्ञान बुझ्न मात्र होइन, उनीहरूका यौनका
बिन्दुकुमार थापा सांस्कृतिक क्षेत्र, साहित्यिक क्षेत्र तथा प्राज्ञिक क्षेत्रलाई संरक्षण र पर्वद्धन गर्ने उद्देश्यनुरुप प्रतिष्ठान तथा बोर्ड गर्ने अवधारणा छ । यसैक्रममा प्रदेश सभाबाट विधयक बनेर गठनको क्रममा रहेको गण्डकी प्रज्ञा प्रतिष्ठान र चलचित्र विकास बोर्ड, गण्डकी प्रदेश गठनको प्रक्रियामा छन् । पोखरा प्रज्ञा प्रतिष्ठान (महानगरस्तरीय) गठन हुन लागेकाे छ । जसमा हाम्रै प्रदेश सभाका
समाधान संवाददाता पोखरा पृथ्वीनारायण क्याम्पस पोखराको नेपाली विभागले शनिबार ‘भाषाको पारिवारिक वर्गीकरण’ विषयमा छलफल गरेको छ । विभागमा नयाँ नेतृत्व आएपछिको यो सातौं शृंखला हो । उक्त विषयमा विभागकै सदस्य डा.यमनाथ तिमिल्सिनाले गोष्ठीपत्र प्रस्तुत गरेका थिए । गोष्ठीपत्रमा भारोपेली, चिनिया तिब्बती, अस्ट्रिक, द्रबीड, अमेरिकी, पापुई, अस्ट्रेलेयाली, बुसमैन, बान्टु, सुडानी, काकेसियाली, यरालअल्स्ताइक, जापानीकोरियाली, बास्क, मलयपोलेनिसियाली, हाइपरबोरी