काठमाडौँ फाइनप्रिन्टले गण्डकी प्रदेशको नवलपुर जिल्ला गैंडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा यही फागुन २८ देखि २९ सम्म फाइनप्रिन्ट फिभर आयोजना गर्ने भएको छ । जहाँ फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका प्रायः लेखकको उपस्थिति रहने भएको छ । उनीहरूका रोचक एवम् बौद्धिक विमर्शका सत्रहरू पनि सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ
समाधान संवाददाता, पाेखरा पोखरा महानगरपालिकाको प्रज्ञा प्रतिष्ठानमा ७ जना नियुक्त भएका छन् । मेयर मानबहादुर जिसीले प्रतिष्ठानमा सदस्य चयन गरेका हुन् । प्रतिष्ठानको कुलपतिमा पदमराज ढकाल नियुक्त भएका छन् । सदस्यमा कृष्ण भण्डारी, प्रकाश ज्ञवाली, जीवन दाहाल, मिलन शेरचन, सरस्वती श्रेष्ठ सरु र दिलीप गायक चुनिएका छन् । सबैलाई मेयर जिसीले बुधबार नियुक्ति दिएका हुन्
कृष्ण थापाप्रदेश सांसद, राजमो लामो समयसम्म देशमा अस्थिरता थियो । बहुमत र कम्युनिस्टको सरकार बनेकाले जनतामा ठूलो भरोसा थियो । नेकपामा स्वार्थका कारण अहिले अस्थिरता आयो । स्वार्थ पूर्ति गर्न पार्टी फुट्ने, संसद विघटन गर्ने काम नेपाली जनताका लागि सैह्य थिएन । अहिले अदालतले यसलाई पुनर्स्थापना गर्यो यो स्वागतयोग्य छ, आगामी दिनमा कसैले विघटन गर्नु
रामकृष्ण ज्ञवाली यतिबेला सञ्चार माध्यम र सामाजिक सञ्जालका भित्ताहरु देशको पछिल्लो राजनीतिको क्रियाप्रतिक्रियाले भरिएका छन् । सर्वोच्चले गरेको फैसलापछि खुसी मनाउनेहरु बुरुक्कै उफ्रिएका छन् । उनीहरुको खुट्टा अहिले त भुइँमा छैनछैन, हेर्दा यस्तो लाग्छ अब कहिले पनि भुइँमा ओर्लिनै पर्दैन । अर्कोतिर मातम मनाउनेहरु छन् । उनीहरु कि त चुपचाप छन्, कि विभिन्न बहाना बनाएर
पाेखरा विश्व सिग्देल आफ्ना किशोरवय सम्झँदा किताबहरु खासै सम्झन पाउँदैनन् । हुन पनि उनका पालामा बालबालिका र किशोरकिशोरीले पढ्ने किताबै पाइनन्थ्यो । भन्छन्, ‘आसामका नेपालीले लेखेका किताब लाहुरेहरुले ल्याउँथे । एउटै किताब दसौं हजारले पढ्थे ।’ सिग्देल आफ्ना पालामा मधु मालतीका कथा, सुब्बा होमनाथ र केदारनाथहरुले लेखेका धार्मिक किताब आफ्ना बाबुले पेटारोमा राख्ने गरेको सम्झन्छन्
समाधान संवाददाता, पोखरा साहित्यकार जीवन सागर भण्डारीको मुक्तक कृति ‘असुरक्षित गुलाब’ मंगलबार लोकार्पण भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा पोखरामा मंगलबार कृति साहित्यकार सरुभक्तले लोकार्पण गरेका हुन् । साहित्यकार सरुभक्तले जीवन र साहित्यलाई अब छुट्टाछुट्टै लिन नसकिने बताए । मुक्तक संग्रहमा प्रस्तुत मुक्तकले उत्कृष्ट कृतिको रुपमा परिचय बनाउने विश्वास पनि उनले व्यक्त गरे
हरिबहादुर चुमान, आन्तरिक मामिला तथा योजना मन्त्री हाम्रा काम तथा योजना हामीले अघिल्लो वर्ष पञ्चवर्षे योजना प्रस्तुत गर्यौं । त्यो योजना २०८०/८१ सम्म चल्ने गरी काम गर्ने योजना प्रदेश सरकारको हो । योजना अनुसार बजेट विनियोजन, कार्यान्वयन गर्ने पाटामा हामी अगाडि बढेकै छौं । यसै वर्ष हामीले अहिलेसम्मको स्थितिपत्र पनि सार्वजनिक ग-यौं । स्थितिपत्र भनेको
विकास लम्सालमन्त्री, उद्योग पर्यटन वन तथा वातावरण गण्डकी प्रदेशभित्र रहेका प्राकृतिक स्रोतको संरक्षण, सम्वद्र्धन, विकास, विस्तार र सदुपयोग गर्दै प्राकृतिक स्रोत र साधनको बुद्धिमतापूर्ण प्रयोग गरी प्रदेशको समृद्धि र विकास गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारको प्रतिनिधित्व गर्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय २०७४ माघ २२ मा स्थापना भएको हो । यस मन्त्रालयले मूलतः संविधानको
किरण गुरुङ, आर्थिक मामिला तथा योजना मन्त्री लामो संघर्ष र बलीदानीबाट प्राप्त संघीयताको मर्म अनुसार प्रदेश सरकार गठन हुँदा शून्यमा थियौं । कानुन, संरचना, कर्मचारी केही पनि थिएनन् । फागुनमा सरकार गठनपछि हामीले यस्तो अवस्थामा नीति तथा कार्यक्रम ल्यायौं । जम्मा २ अर्बको बजेट प्रस्तुत ग-यौं । कति बजेट भन्नुभन्दा पनि त्यो हाम्रो जग थियो
चन्द्रप्रकाश बानियाँ उही लहरमा दुरुस्त त्यसरी नै उभिने अवसर मिलेको छ, जसरी झन्डै आठ दर्जन विद्वान् साहित्यकारहरू यसअघि उभिनुभएको थियो र आफ्ना पवित्र पाइलाहरूले यो भूमिलाई गौरवान्वित बनाउनुभएको थियो । तिनै आदरणीय अग्रजहरूका पवित्र पावन पदचिह्नमाथि उभिनु पर्दा मेरा गोडाहरू लगपकाएका छन्। तीव्र गतिमा मुटु स्पन्दित भइरहेको छ । मेरो ठुटे कलमलाई मदन पुरस्कारले अकल्पनीय